[Show all top banners]

neta no 101

More by neta no 101
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मसँग मान्छेलाई धनी बनाउने मेसिन छ : केशव स्थापित
[VIEWED 6406 TIMES]
SAVE! for ease of future access.
Posted on 06-02-13 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'गाउँमै बसेको भए उपेन्द्र महतोले पान दोकान खोल्थ्यो'

काठमाडौंका पूर्वमेयर एवं उपत्यका प्राधिकरणका आयुक्त केशव स्थापितलाई कसैले हावा त कसैले गफाडीको संज्ञा दिन्छन् । अधिकांशले चाँहि उहाँले मेयर हुँदा गरेको सडक विस्तारलगायतका कामलाई लिएर राम्रो नेताका रुपमा पनि लिने गर्छन् । हुन पनि स्थापितसँग शहरी विकासका योजना यति धेरै छन्, कि उहाँले भनेजस्तै गर्ने हो भने काठमाडौं एकदुई वर्षमै स्वर्ग बन्थ्यो होला ।

KEHSAV-1त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको स्विमिङ पुलमा आइतबार बिहान फेला पर्नुभएका स्थापितले पुलको छेऊमा बसेर आफ्ना हवाइ योजनाहरु अनलाइनखबरलाई सुनाउनुभयो । कुरा गरेर मख्खै पार्ने क्षमता भएका स्थापितले संगीतकार अम्बर गुरुङ दार्जीलिङमा नभएर लम्जुङको घले गाउँमा जन्मेको भए होमस्टे चलाएर बसिरहेका हुन्थे होला भन्दै गाउँका सबै मान्छेलाई सहरमा ल्याउनुपर्ने योजना सुनाउनुभयो । आफूसँग मान्छेलाई धनी बनाउने मेसिन रहेको दाबी पनि स्थापितले गर्नुभयो । ‘उपेन्द्र महतो जनकपुरमा बसिराखेको भए पान दोकान खोल्थ्यो होला ।’-स्थापितले भन्नुभयो ।

राजेश हमाललाई एक दिन डोको बोकाएर फोटो खिचाउँदैमा बाग्मती सफा नहुने उहाँले बताउनुभयो । साथै काठमाडौंका विभिन्न स्थानको नाम परिवर्तन गर्नुपर्ने उहाँले तर्क गर्नुभयो ।

अबदेखि आफूले हल्ला थोरै गर्न थालेको भन्दै उहाँले केही महिनापछि नै बाहिरी रिङरोड बनाउन थाल्ने बताउनुभयो । त्यस्तै साँखुसम्म शहर विस्तार गर्ने योजना पनि उहाँले अघि सार्नुभयो । यसका लागि सबै पार्टीका मान्छेलाई मिलाएर नेपाल डेभलपमेन्ट फोरम गठनको तयारीमा लागेको स्थापितले खुलासा गर्नुभएको छ ।

एमाले आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि जिम्मेवारीविहीन रहेका स्थापित विभिन्न दल र समुदायका युवा नेताहरुलाई मिलाएर फोरम गठनको तयारीमा जुट्नुभएको हो । उहाँले आफ्नो टीममा सद्भावना नेता सरिता गिरीलाई पनि राख्ने बताउनुभएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त समेत रहेका स्थापितले अनलाइनखबरसँग भन्नुभयो-’हामी अहिले मस्यौदा निर्माणकै चरणमा छौं । यो फोरम सबै पार्टी र समुदायका युवा नेताहरु अटाउनेछन् ।’ उहाँकाअनुसार फोरममा नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरीदेखि तानेसनका पूर्वमेयर अशोक साही र बृहतर चितवन भ्यालीका संयोजक विजय सुवेदी १ सयभन्दा बढी युवा नेता एवं अगुवाहरु रहनेछन् । महात्वाकांक्षी योजना बनाउनमा चर्चित स्थापितको भनाइ र सपना उहाँकै शब्दमा :

मैले आठौं महाधिवेशनपछि एमालेमा केही जिम्मेवारी पाएको छैन । ३४/३५ सालदेखि लागेकाहरु पनि जिम्मेवारीविहीन छन् । कांग्रेसभित्र रहेेको त त्यहाँ जिम्मेवारी नै नहुँदो रहेछ । म कांग्रेस भन्नुबाहेक के छ र ? मधेसका साथीहरुसँग पनि बसेँ । माओवादीभित्र पनि खाइपाई आएकाहरु बाहेकको पनि के छ र ? यसरी हेर्दा राप्रपाभित्र पनि राष्ट्रवादीहरु छन् ।

यो त नयाँ विचार आयो यार !

सबै कुरा गर्दा खास प्रवृत्ति के देखियो भने मेरो गाउँ बनाउनुपर्छ । बँगुर पाले के होला ? । पहिला यस्तो थिएन । एउटा पार्टीले केही गर्‍यो कि विरोध हुन्थ्यो । अहिले धेरै कुरामाथि तैरिएको छ । यो के तरकारी होला ? बंगुर पाले के होला, सबैमा एउटा छटपटी छ ।

यो भन्दामाथि मैले होलिष्टिक एप्रोच भएका मान्छेहरु देखेँ । जस्तो बृहत चितवन भ्यालीको नारा आयो । काठमाडौं उपत्यका विकास प्राधिकरण भो । अखण्ड सुदूरपश्चिम भन्ने आयो । पहिले थिएन । जिल्लामा पनि वडा, गाउँ, टोलमा विभाजित थियो । लिम्बुवानले लिम्बु क्षेत्र यस्तो छ भनेर देख्न थाले ।

अब यसलाई विभाजित रुपमा हेर्ने कि यसलाई एक ठाउँमा ल्याउने भन्ने कुरा आयो । यसलाई एक ठाउँमा ल्याउने काम अब पार्टीले गर्न सक्दैन । माओवादीले लिम्बुवानलाई बसाऔं भन्यो भने कुनै कुरामा सहकार्य होला तर, सबै कुरा मिल्दैन । मधेसी पनि बस्दैन । कोही पनि बस्दैन । त्यसैले सबैलाई समेट्ने एउटा एपेक्स बडी चाहियो भनेर मैले कल्पना गरेको हुँ । जसले बृहत्तर कुरा उठाउन सक्छ । मैले सबै पक्षसँग कुरा गरेँ, उनीहरुले यो त नयाँ विचार आयो यार भनेका छन् ।

फोरममा सबै दल अट्छन्

नेपाल डेभलपमेन्ट फाउन्डेसन भए पनि मानौं, यसमा एमाले पनि होस्, कांग्रेस पनि होस, माओवादी पनि होस्, मधेसको मान्छे पनि होस् । हामी सबै एउटै ठाउँमा बसेर तदर्थ समिति बनाउने भन्यौं । देशव्यापीरुपमा संगठन विस्तार गर्ने र मूल नारा के भने विकासका कुरा गर्नुपर्‍यो । अब देश विकासको चरणमा गयो । पुँजिवादी-जनवादी क्रान्ति पूरा गर्ने नारा चाहियो । उनीहरु एमाले नै भइरहुन्, माओवादी नै भइरहुन्, मलाई मतलव छैन । पार्टीभित्र हाम्रो एजेण्डा लिएर जाँदा अखण्ड सुदूरपश्चिम भनेको के ? कसरी हुन्छ ? अथवा चितवन भ्याली भनेको हो ? किनभने केरुङमा पार्टीले बोल्दैन ।

१४ वटा प्राधीकरण

केरुङ हुँदै रेल आउँदैछ । गल्छी हुँदै सुरुङ मार्ग जान्छ । यो चाइना र इण्डियाको सर्किट बनिसक्यो । किनभने नारायणी नदीको किनारा त शहर बनाएपछि त साङघाइको फुदुङ शहर जस्तो भयो भनेर उनीहरुले देखिसक्यो । कुनै पार्टीले देखेको छैन । तर, सबै पार्टी एकै ठाउँमा आएपछि त देखिने रहेछ नि । त्यो कारण भोलि चाइनाबाट लुम्बिनीसँग रेल लैजाने कुरा होला । कसले गर्ने भन्दा त उनीहरुले गर्ने हो । पार्टीले नगर्ने रहेछ । भोलिको राजधानी भनेको त्यहाँ अर्को प्राधिकरण जन्मन सक्छ । त्यसैले फोरमबाट हामी १४ वटाजति प्राधिकरणको वकालत गर्छौं ।

हामी ४ घर भएको ठाउँमा हामी विकास पुर्‍याउँछौं, बाटो, पानी, विजुली भन्छौं । अहिल्यै हुन्छ । सबै पार्टीहरुले धर्म निर्वाह गरेनन्, वेइमानी गर्ने । हुँदै नभएको कुरा गरेर सपना देखाइदिने । उनीहरु पलायन हुन वाहेकको विकल्प छैन । त्यसैले मैले भनेको चितवन भ्यालीमा नवलपरासी र चितवनको सुदूर ठाउँमा बसेकालाई राख्ने । तिमी यहाँ आउ । तिम्रो गाउँको जमिन छोड्देउ । त्यो जमिनमा चिया खेती होला कि, अलैंची खेती होला । त्यो जग्गाको सट्टापट्टा हामी यो उपत्यकामा किन नदिने ?

नारायणी नदी किनारको सरकारी जग्गा अहिले कठ्ठाको ५० हजार होला । त्यहाँ उसलाई एक कठ्ठा जग्गा दिएर ५ हजार मान्छेको बस्ती बसायो भने १० परिवारले ग्यासँ बेच्ने, १० परिवारले मासु बच्ने, १० परिवारले तरकारी बेच्ने । सबैले भागबण्डा गर्‍यो भने ५ हजारमध्ये २५ सयले त्यही रोजगारी पाउने रहेछ । एकैठाउँमा बसेपछि उसको स्वाथ्य, शिक्षा, पानी सबैसँग एप्रोच हुने भने । सबै सुविधायुक्त र विगर इकोनोमी जोनमा बसेपछि उसको चेतनास्तर पनि माथि जान्छ । जसले महिला हिंसा जस्ता समस्या पनि अन्त्य गरिदिन्छ ।

गाउँका मान्छेलाई शहरमा ल्याउनुपर्छ

अर्को कुरा उपत्यकामा कसैले मः म खान जाँदा तपाई दमाई हो कि साकी हो कसैले सोध्छ ? हाम्रो मनमै छैन । तर, गाउँमा बसुन्जेल त्यो सामाजिक विभेद रहन्छ । त्यसैले उसलाई शहरमा ल्याउनै पर्छ । हामीले उसलाई न्याय दिने भए तल शहरमा ल्याउनै पर्छ । यसले सार्की, दमई सबै हराउँछ र जसले प्रतिस्पर्धा गर्छ, उसैले जित्छ ।

जस्तो उपेन्द्र महतो परिस्थितिले पञ्चायतले नाकावन्दी गरेर जनकपुरमा बसेको भए के गथ्र्यो होला । उनको चेतना एउटा सानो उद्योग खोल्यो होला । ठक्कापट्टा गर्थ्यो नभए पान दोकान खोल्थ्यो होला । तर, भाग्दै आएर इन्जिनियरिङ क्याम्पस आयो, यहाँको माहोलले रुसमा पढ्न जाने मौका पायो । बेलारुस गयो । त्यो विगर इकोनोमी देख्यो । अनि युरोप भन्ने पनि देख्यो र सोभियन युनियन कोलाप्स हुँदा त विजनेस गर्ने मान्छे नै थिएन । प्रतिपर्धामा आएको देख्यो, झ्याप गर्नासाथ खर्बपति बन्यो ।

मान्छेको सम्भावना भनेको गाउँमा बसेर हुँदैन । उसको घेरा नै सानो हुन्छ । गाई हुन्छ, एक दिन कहीँ जानु पर्‍यो भने पनि गाईको मायाले जानै सक्दैन । गोबर कसले सोर्ने, कसले पानी खुवाउने भन्छ । जिन्दगी सिध्दियो ।

त्यसैले मेरो सोच भनेको ठूलो-ठूलो इकोनोमिक जोन क्रिएट गर्ने । जुन ठाउँमा उसलाई ल्याउने । नसकिने भए राज्यले प्रटेक्सन दिनुपर्‍यो । ब्यांकले लोन देउ न । मैले भनेको एउटा केही नभएको भइफुट्टा मान्छे, दुईआना जग्गा पनि नभएको, अरुकोमा हली बसेको उ हामी कहाँ आयो भने के हुन्छ भने १० हजार परिवारभित्र आयो भने केही पैसा लिएर जग्गा र घर दिने र यसलाई ग्यास बेच्न दिने । यसलाई ८ प्रतिशत ब्याज लिने हो भने ८० हजार त तिर्नुपर्‍यो । जसले जिन्दगीमा १० हजार गनेको छैन, उसको खनाखर्च गर्दा त महिनामा १/२ लाख त हुन्छ । जुन गाउँमा बसेर सम्भवै छैन । तर, उसले यहाँ आएर बसेपछि ग्यास बेच्छ, हजार परिवारले किन्छन् । महिनामा लाख रुपैयाँ कमाएपछि ऋण तिर्छ । अर्को १ वर्षमा १२ लाख कमाएपछि उसको लाइसेन्स खोसिदेउ, किनकि उ धनी भइसक्यो ।

मसँग मान्छेलाई धनी बनाउने मेसिन छ

मसँग मानिसलाई धनी बनाउने मेसिन छ । त्यो मिसनमा खाली कागज हालेपछि नोट भएर आउँछ । मेरो प्रयास के हो भने सबैलाई तान्ने । यसका लागि एउटा सत्ता चाहियो, जसले यसको बारेमा बोल्छ, एड्भोकेसी गर्छ ।

शहर आएको माओवादी पनि करोडपति भए । राप्रपा पनि करोडपति भए । बीचका सबै पनि करोडपति भए । दुई करोडपति परिवार बसेर राष्ट्रिय चिन्तन हुन्छ । बिहान उठेर २ घण्टा पानी लिन जाने, अनि फर्किएर जागिरमा जाने, पकाएको खाने । मीठो र नमीठो भनेको मान्छेलाई थाहा छ । तपाई तामाङ गाउँमा जानुस्, ढिँडो पकाएको हुन्छ । अलिकति गुन्द्रुक हुन्छ र एउटा खुसार्नी हुन्छ । त्योभन्दा अर्को छैन । किनभने त्यो सोच्ने फुर्सद नै छैन उहाँहरुलाई । त्यही तामाङ सिन्धुपाल्चोकमा बस्यो भने वनपाखामा गएर मात्र गीत गाउँछ । अनि दार्जीलिङ गयो भने मुलुकको गोपाल योन्जन बनाइदिन्छ । अम्बर गुरुङकै कुरा गरौं न । घले गाउँमा बसेका भए होमस्टे चलाएर बसेका हुन्थे होला । त्यसैले अहिलेको चेतनाको लेभल उछिन्ने, १० छलाङ मार्ने चेतनाको स्तर ल्याउने हो ।

हल्ला गर्न छाडें, अब बाहिरी रिङरोड शुरु गर्छु

मैले पछिल्लो समय हल्ला गर्न छाडेको हो । हिजोमात्रै एउटा मिटिङ भो । आउटडोर रिङरोडको कुरा भएको १० वर्ष भो तर, अहिलेसम्म केही भएको छैन । कहाँ बन्छ, कसैलाई थाहा छैन । चोभारदेखि सतुङ्गलसम्म बनाउने भनेको सतुङ्गलमा समस्या भएको रहेछ । अब यो मेरो जिम्मामा आउन लागेको छ । मैले छाँडी गोकर्णेश्वरतिरको ३ गाविसका मानिसहरुसँग अन्तरक्रिया गरेँ । विरोध नै छैन । कहिले गर्ने, छिटो गर्नुपर्‍यो भन्ने छ । मलाई लाग्छ, अबको दुई अढाई महिनामा मैले कुनै एक ठाउँबाट आउटडोर रिङरोड सुरु गर्छु ।

बाबुरामजीको पालामा सडक विस्तार सुरु भो । त्योबेला हरेक दिन डोजर चल्ने, पुलिस जाने, तोडफोड हुने भन्ने हो । तर, अहिले वागबजारबाट पुतलिसडक हुँदै जानुस्, सबै ठाउँमा आफैं भत्काउँदैछन् । सोह्रखुट्टेदेखिमाथि बालाजु क्षेत्रमा आफैं भत्काउँदैछन् । पहिले त त्यहाँ त आतंक थियो । कारण के हो भन्दा राजनीतिक दबाव दिने, सीडीओ लगाउने भन्दा मजस्तो मान्छेको काम भनेको जनताको बीचमा जाने हो । प्रत्येककोमा जाने नमस्कार गर्ने, घुसपैठ गर्ने । कुरा नमिलेसम्म भत्काइने छैन, डोजर आउँदैन । चिनो लगाउने हो । भनेपछि जसजसको अनुकुल छ, उनीहरुले भत्काए । उहाँहरुको आग्रह के छ भत्काएको पैसा दे न केशव भन्छन् । अझ उनीहरु त मलाई प्राधिकरण भन्दैनन्, मयेरसाव भन्छन्, मेयरसाव भत्काएको पैसा दे न । हामीसँग छैन भन्छन् । अब ५/७ सय घर आफैं भत्किन्छ । पुलिस लगाएर दुईपटक डोजर लगेर हाइहुई गर्‍यो भने त पत्रिका टीभीभरि मै हुन्छु नि । तर, टीभीमा आउने कुरा प्रधान हो कि शान्तिपूर्ण रुपमा भत्काउने ?

साँखुसम्म शहर बनाइन्छ

अरनिको राजमार्गको जडिबुटीदेखि साँखुसम्म एउटा शहर बनाउनेमा गृहकार्य गदैछौं । बाग्मती सभ्यतासँग बसेर १/२ दिनमै टुङ्ग्याउँछौं । बाग्मतीले नदीको कुरा गर्ने र एउटा शहर बनाउने । अर्को बाग्मतीलाई फलो गरेर ७ गाउँको फिनल्याण्ड बनाउने लगभग टुङ्गएिको छ । यो सबै हल्ला गरेर हुँदैन । ब बाग्मती सफा गर्छु भन्यो, मन्त्री लग्यो, राजेश हमाल लग्यो । राजेशलाई जोकर बनाउन मिल्छ ? उनलाई थाहा छ यो गर्नुपर्छ । तर, गर्नुपर्ने संयन्त्रले काम नगर्ने अनि राजेश हमाललाई एक दिन डोको बोकाएर फोटो छपाएर हुन्छ ? त्यसैले मैले आफ्नो वर्किङ स्टाइल नै चेन्ज गरेको छु ।

काठमाडौंको नाम फेर्नुपर्यो

तपाईले गरेको काम देखिएन भन्नु मुर्खता हो । सिंगो उपत्यका तताउन त २/३ महिना लाग्छ नै । मैले खोजेको गुणमा परिर्वतन हो । बीचको अवधि कहाँ गयो भनेर खोज्ने हो भने काम नै हुँदैन । मेरो नेतृत्वमा भएको अर्को काम भनेको थानकोट-कलंकी क्षेत्रमा उहाँहरु सबै घर भत्काउन तयार । जत्रो लेन बनाउन पनि तयार । एक चरणको मिटिङ सकेपछि काम सुरु हुन्छ र होल प्याकेजमा यो काठमाडौं दक्षिण-पश्चिम वा कुनै एउटा नामाकरण गर्नुपर्‍यो । कीर्तिपुरभन्दा त मान्दैनन् । त्यसैले दार्जीलिङमा जाँदा नर्थ, साउथ प्वाइन्ट भनेजस्तो साउथ वेष्ट भन्ने कि ? त्यो सबैलाई मेट्रोपुलिस बनाउँ भनेको हो । उहाँहरुका पछाडि वन, पानी सबै छ । र, त्यो गोलढुंगादेखि बाँडभञ्ज्याङ क्षेत्र रक बेस हो । ५० हजार विघा त्यो क्षेत्रमा हङकङको हाइरेन्जको भन्दा चर्को विल्डिङ बनाए हुन्छ । भोलि सबैलाई त्यहाँ लान सकिन्छ ।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters