[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ThahaChaena

shirish

Geology Tiger
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जय शम्भु!
[VIEWED 13944 TIMES]
SAVE! for ease of future access.
Posted on 09-19-13 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

शुक्रबारको दिन मेक्सीकन रेस्टुरेन्टमा पेट भरी फिस टाकोज बजाएर आएर ओछ्यानमा डाइव देको थिएँ। एक्छिन अँध्यारो भाको थ्यो त्यसपछी के भयो थाहा छैन। धेरै बेर पछि स्वर्गलोक, पिर्थ्वीलोक, पातललोक सबै थर्किने गरी एउटा आवाज आयो "बालिके उठ!sssssss"। ओहो! यस्तो आवाज त मैले पहिले पनि सुनेको थिए भन्ने भयो। तर काँ सुनेको त? सोच्दै जाँदा मेमोरी लेनको धेरै पर पुगे पछी ठ्याक्कै सम्झे। महाभारत हेर्दा के त? कंसलाई यस्तै आवाजले त भनेको थियो नि देबकिको आठौं सन्तानले उस्लाई मार्ने छ भनेर। लौन मलाई आकाशबाणी भएछ! जर्याक जुरुक उठेर दुई हात जोड्दै "उठे प्रभु!" भने। 
 
बादल लागेको तर कता कता बाट घामका किरणहरु छिरेर उज्याला धर्काहरु बनाको ठाउँ थियो। त्यही ठाउँको बिच बाट कपाल ड्रेडलक गरेको, घाँटीमा ब्ल्याक कोब्रा बेरेको, कम्मरमा एनिमल प्रिन्ट स्कर्ट लगाएको, अनी दिनभरी नीर हालेको स्वीमिङ पुलमा पौडी खेलेर आएको जस्तो मानब आक्रिती प्रकट भयो। सुरुमा त बब मार्ले हो कि जस्तो लागेको थ्यो तर घाँटिमा बेरेको ब्ल्याक कोब्राले गर्दा चैं हैन यि त महादेव नै हुन भन्ने पक्का भयो।
 
"बालिके! म आज तँलाई एउटा मन्त्र भन्न आएको " फेरी उस्तै भयन्कर आवाज आयो। 
 
साक्षात महादेव नै प्रकट भएर मलाई भन्न लागेको मन्त्र कती ईम्पोर्टटेन्ट होला। फेरी यो जगतका सात सय करोड भन्दा बढी मान्छेलाई छोडेर मलाई मन्त्र भन्न महादेव आँफै आएका म कती ईम्पोर्टटेन्ट होला, सोचेर मन भुलुक्क उम्लियो। हतार हतार "मर्जी होस् न प्रभु!" भनें। फेरी यता आफ्नो मनोदशामा अल्झिएर बस्दा उता महादेव फुस्स बिलाए भने के गर्नु? मनले त "तँलाई पनि मर्जी होस् भन्न आउँछ? आज सम्म त कसैलाई भनेको सुन्न पाको थिन त " भन्दै थियो। अब कहिले नआउने मान्छे ए हैन भगवान आए पछी अली अली सत्कार त गर्नै पर्‍यो नि। 
 
""ल सुन! भनेर उनी भन्न थाले।

"$$@#$^&*())^%####%&&*(())(&*^&%##@%&&*(()))&^%$#@^*()___*&&%$@!&*((##@@@!!!!!!!!%%&&*((()@@*&^^)()_)____%%$#@(*&$#@&**(((___((^&&$$"
 
ब्रम्हाण्ड गुन्जायमान भै रह्यो अनी रोकियो। 
"यो मन्त्र तैले सधैं याद राख्नु" महादेवले अर्हाए अनी बिलाए।
अब भयो कि! मन्त्र त भनी सके छन। संस्क्रितमा पो भनेछन। सधैं सम्झिनु रे! एक शब्द त बुझ्न पाको हैन अब कसरी त्यती लामो संस्क्रितमा एक चोटि मात्रै भनेको मन्त्र सम्झिनु मैले? झनक्क रिस उथ्यो। फेरी "रीस हो सबको शत्रु, रीसले सब नासिने" भन्ने मन्त्र सम्झें। फेरी महादेवलाई एक चोटि पुकार गरेर "एक चोटि रिपिट गर्दिन न प्रभो म बरु लेखेर राख्छु" भनेर रीक्वेस्ट गर्नु पर्‍यो भनेर बोलाएँ।
 
"प्रभु!"
"प्रभु!" 
 
"के भयो बालिके? म यहीं छु" भन्ने आवाज आयो। तर यो आवाज अगिको जस्तो तिनै लोक थार्काउने खालको थिएन। नजिकै बाट आएको जस्तो थियो। 
 
एसो आँखा खोलेर हेरेको त छेवैमा महादेव चैं हैन पतिदेव चैं मुसुमुसु हाँस्दै "बालिके, तिमी त निन्द्रामा पनि मलाई पुकारा गर्दै थियौ। के बर चाहियो तिमीलाई भन म पुरा गर्दिन्छु" भन्दै रैछन। 
 
"हे! जे पायो त्यै" म झर्किए।

"किन बिहानै देखी बिच्केकी नि ?" उस्ले सोध्यो। 
 
मैले सपनामा महादेव आएको कुरा भनें। 
 
"सुत्ने बेलामा दुध, दही खाएर सुतेको भए पो कृष्ण जि आउँथे त! ३२ आउन्सको मार्गरिटा तन्काएर सुते पछी महादेव नआएर को आउँछन त सपनामा" उस्ले आफ्नै लजिक पस्क्यो।

मैले महादेवले संस्क्रितमा मन्त्र भनेको अनी सधैं सम्झिनु पनि भनेको तर आफुले केही नसम्झेको कुरा खल्लो मन पारेर भनें।
"महादेव पनि कस्ता? संस्क्रितमा भन्ने हो त? हिन्दीमा भनेको भए पो शोलेको डाइलग सम्झेको जसरी सम्झिन्थी त एस्ले। बुढा पनि कहिल्यै नसुध्रिने भए" रे।

"कत्तिन महादेव उस्को साथी नै भको जस्तो" मलाई चित्त बुझेन।

"साथी त हो नि। स्लेशमान्तक वनमा हामी सँगै सिकार गर्न जान्थेम।" भनेर उस्ले कुटिल मुस्कान छर्यो।

"हेर केटी, मलाई त्यो मन्त्र एक्ज्याक्ट थाहा नभए नि त्यस्को सार चैँ थाहा छ" उस्ले थप्यो।

"के हो सार?" मैले उत्सुक भएर सोधें।

"स्वामिको सधैं सेवा गर्नु, कहिल्यै भाँडा माझ्न नलगाउनु, मिठो मिठो पकाएर खुवाउनु, फुटबल खेल जती मन लाग्छ त्यती हेर्न दिनु, घरमा भ्याकुम लाउन नलगाउनु आदी इत्यादी...." यती भनी सकेर उ मुसुक्क हाँस्यो।

"कस्लाई के को धन्दा घरज्वाइँलाई खानको धन्दा" मलाई फेरी चित्त बुझेन।

"मलाई कती अन्याय भको छ भन्ने थाहा पाएर महादेव आँफै आएका तँलाई ज्ञान दिन, बुझे पो?" उ आँफै फत्फतायो।
उठेर फ्रेश भएर ब्रेकफास्ट खाइयो तै पनि मन खल्लो भै रह्यो।

बालाई फोन गर्नु पर्‍यो। सपनाको बारेमा केही भन्न सके भनी हाल्नु हुन्छ नभने पनि मन रमाइलो हुन्छ भन्ने बिचारले बालाई फोन गरें।

"हेलो! बा?"

"हेलो? नानु?"

"हजुर"

"के छ तेरो हालखबर? आज त चाँडै उठीछस त?" बाले मलाई ब्यङ गर्नु भो।

"आज मैले कस्तो अनौठो सपना देखें" मैले समय खेर फालिन।

"के?"

मैले सबै ब्रितान्त बाताएँ।

मेरो कुरा सुने पछी बाले "ए त्यो मन्त्र सम्झिन त्यस्तो गार्हो छैन। बा आमालाई धेरै माया गर्नु, बिजी भएँ भनेर फोन गर्न नबिर्सिनु, भेट्न आइ राख्नु भनेको हो।" भन्नु भयो।

"सबै को आफ्नै राम काहानी छ" मलाई झर्को लाग्यो।

"मैले भनेको नपत्याउने भए किन मलाई फोन गरेर सोधेकी त?" बा पनि कस्सिनु भयो।

"ल पेन र पेपर लेर आइज मन्त्र लेख्न" भन्नु भयो।

बाले के लेखाउन आँटे फेरी भन्ने सोच्दै पेन र पेपर ठीक्क पारेँ।

बाले मन्त्र भन्नु भयो मैले लेखें। मन्त्र एस्तो थियो।

नाक्षरं मंत्ररहीतं नमूलंनौषधिम् |
अयोग्य पुरुषं नास्ति योजकस्तत्रदुर्लभ: ||

"एस्को अर्थ चैं के नि?" मैले सोधें ।

"तिमिहरुलाई त्यत्रो पैसा खर्च गरेर पढाको के काम? आँफै खोज न" भन्नु भयो।

"हस" भनेर फोन राखेर गूगल गरें। अर्थ एस्तो रहेछ।
 
There is no letter which is not a mantra(which cant be used in mantra), there is no root, which can't form some medicine, there is no person who is absolutely useless. But persons who can identify their utility and put them in proper usage are rare.

अस्तु !

 
Posted on 09-19-13 1:56 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नक्कली सारै मज्जाको कथा ..... एकदुई ठाउँमा त रोक्दा रोक्दै पनि हाँसो खुस्किरा अपिसाँ पनि ....महादेवको वर्णन त क्या रमाइलो झन् .... लोल ..... कत्ति पछि पढ्न पाइयो तपाईंको लेख र त्यो पनि धेरै हाँसो अनि लास्टाँ गहिरो ज्ञान को समिश्रण भएको ...... 
 
- थाहा छैन (थाने)

 
Posted on 09-19-13 2:33 PM     [Snapshot: 91]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

The mantra has deep wisdom. I liked it. Thanks for sharing!
 
Posted on 09-19-13 5:07 PM     [Snapshot: 174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नक्कली को कथा पढेर आज "G " तान्न मन लाग्यो l
jai samvoo
 
Posted on 09-19-13 6:07 PM     [Snapshot: 204]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै सराहनीय लाग्यो मलाई त्यो मन्त्रको अर्थ! अनि, कथा को प्रस्तुतिको ढंग पनि! 
 
Posted on 09-20-13 9:38 AM     [Snapshot: 334]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एउटा उत्तम कथामा हुनु पर्ने सम्पूर्ण गुणहरु यस कथामा समाहित छन . भाषा, शैली , उपमा , पटकथा , सनसनी , यथार्थपरक सम्बाद र अन्तमा एउटा सकारात्मक संदेश ...............
 
Posted on 09-23-13 8:33 AM     [Snapshot: 584]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा शब्दहरु प्रती खर्च गर्नु भएको समय र प्रोत्साहनको लागि सबै जना प्रती आभारी छु।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters