[Show all top banners]

ashishme

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  एमाले नेता कुईँकेलसहित ९ जनाविरुद्ध भ्रष्टचारको मुद्दा
[VIEWED 6687 TIMES]
SAVE! for ease of future access.
Posted on 01-23-15 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एमाले नेता कुईँकेलसहित ९ जनाविरुद्ध भ्रष्टचारको मुद्दा

पशुपति क्षेत्र विकास कोषको करोडौं रकम दुरुपयोग गरेको अभियोग

प्रकाशित मिति: 5:10:25 pm, January 23, 2015

काठमाडौं, माघ ९– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोश्रो संविधानसभाको निर्वाचनमा कांग्रेस नेता गगन थापा तथा एमाओवादी नेता नन्दकिशोर पुन पासाङसँग चुनाव लडेका एमाले नेता निर्मल कुइँकेलसहित ९ जनाविरुद्ध भ्रष्टचार गरेको ठहरसहित मुद्दा दायर गरेको छ ।
पशुपति क्षेत्र विकास कोषमा रहँदा कुँइकेलसहितले मिलेमतोमा करोडौं आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

काठमाडौंको गोठाटारस्थित वडा नम्बर ३ मा रहेको कित्ता नम्बर ५९ र ८४ तथा वडा नम्बर ४ मा रहेको कित्ता नम्बर ८ मा अवैध रुपमा बालुवा उत्खनन गरेर उनीहरुले कोषलाई ४६ करोड ५६ लाख ८७ हजार १ सय ५८ रुपयाँ ४६ रुपयाँ नोक्सान पारेको अख्तियारको ठहर छ ।

अख्तियारले मुद्दा दायर गरेका व्यक्तिहरुमा कुइँकेलसहित खानी उत्खननकर्ता बच्चुराम दाहाल मिठाराम दाहाल, तत्कालिन सदस्यसचिव सुशील नाट्टा, उपनिर्देशक राजुकुमार रेग्मी, तत्कालिन स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठ र गोपाल प्रसाद पराजुली, प्रेमलाल श्रेष्ठ, तत्कलिन योजना अनुगमन तथा प्रशासन अधिकृतरहेका छन् ।
भ्रटचारको अभियोग लागेका तत्कालिन सदस्य सचिव कुइँकेल दोस्रो संविधानसभामा काठमाडौं ४ मा एमालेका उम्मेदवार थिए । उनी कांग्रेसका नेता गगन थापासँग पराजीत भएका हुन् ।

तयतिबेला कुइँकेल एमालेकै सिफारिसमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव बनेका थिए ।

एमाले नेता कुइँकेलमाथि २०६३ मंसिर देखि ०६५ कात्तिक सम्म सदस्य सचिव हुँदा सुचना चुहावट, खानी ऐन आकर्षित गर्ने प्रयास, प्रतिष्पर्धाको सिद्धान्त विपरित बोलपत्र कम मूल्यमा सम्झौता, अवैध खानी सञ्चालन कार्यादेश, लाईन लेभल र अवैध वन कटानी लगाएतका विषयमा वदनियत कार्य गरेको अख्तियारले जनाएको छ ।
यस्तै महेन्द्र लाल श्रेष्ठमाथि २०६४ देखि ०६४ सम्म स्थानीय विकास अधिकारी हुँदा बच्चुरामले मात्र उत्खनन गर्न पाउने गरि पत्राचार गरेको, ६ महिना उत्खनन नभएको अवस्थामा नविकरण, खानी निर्देशनको अपव्याखा एआइए नगराउँदै अवैध खानी सञ्चालन, भूसंरक्षणको सहमति नहुँदै क्वारी क्षेत्र थप गरेको, अवैध वन कटानी र राजश्व छली लगाएतका कार्यगरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

बच्चुराम दाहालमाथि अवैध खानी सञ्चालन, लाईन लेभल नै नगरी जथाभावी उत्खनन, वनकटानी, तोकिएको परिणाम भन्दा बढी बालुवा उत्खनन्, सम्झौता, माइनिङ, स्किम, खानी विपरित खानी उत्खनन् कोषलाई क्षती लगाएतका बदनीयत कार्य गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ,

त्यस्तै सुशील नाहटामाथि एआइए नगराई खानी सञ्चालन, सम्झौता रद्द पश्चात पनि जथाभावी खानी सञ्चालन तथा उल्लंघन गरिएकै शर्त राखी पुन सम्झौता गरेको, तोकिएको परिमाण भन्दा बढी बालुवा उत्खनन तथा निकासी गरेको लगाएतका आरोप उल्लेख गरिएको छ ।

http://www.ratopati.com/2015/01/23/202425.html
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters