[Show all top banners]

SSK

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाहुनको जन्ती ( यात्रा संस्मरण )
[VIEWED 9599 TIMES]
SAVE! for ease of future access.
Posted on 08-27-20 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


गणतन्त्र पछि पहिलो जन्ती जाने अवसर एकजना गुरुजी ( पण्डित ) कोमा मिल्यो । office थियो काभ्रे भकुण्डेबेसी । पण्डितको घर थियो रामेछाप मन्थली, जन्ती जानु पर्ने पनि तेतीकतै गाऊतिर । पंडितले unit को चुलै निम्ता दिए । काठाको चुरीफुरी अलि ज्यादा नै थियो । एक साधारण कर्मचारीले ४० ४५ जनाको डफ्फा लाई बस नै रिजर्व गरेर लान खोज्नु साधारण कुरो थिएन । बाहुनको बिहेमा दारु पानी माछा मासु खासै केहि नहुने भएकाले ८ ९ जना बाहेक जाने कोहि पनी भएनन । फेरी सबै लाई छुट्टि नि मिल्दैन । यी पण्डितले चै खसीको मासु आफ्नो तिर चल्ने र दारु पानीको बेवस्था पनी मिलाई दिने भने पछि ९ जनाको टोलि बाहुनको बिहे खान रवाना हुने भयो ।

१२ १५ हजार तलब खाने टिके बाहुनको येत्रो चुरीफुरी देख्दा हाम्रा केटाहरु जिल्ल । हुनत सरकारी जागिर कतिले prestige को लागि खाको हुन्छन, गाऊतिर टन्न जग्गा जमिन भाका मान्छे होलान भन्ने लाग्यो । कुरो बुज्दै जादा पछि थाहा भयो, यिनको हुने वाला बेहुली अलि पढे लेखेकी रैछन, सरकारी nurse । उबेला नर्सको केहि महत्तो थियो, त्यो माथि सरकारी । सरकारी काममा पेन्सन हुन्छ टेन्सन हुन्न भन्ने मान्यता ऐले पानी छ।

तेस्ता साधारण कर्मचारी लाई नर्स केटि पर्नु भनेको भाग्यको कुरा थियो । मेरो अनुमानमा तेही चुरी फुरी देखाउन उनले चुलै निम्तो गरेका थिए ।
जेहोस अब ४ दिनको छुट्टि लिएर बिहे मनाउना जाने भैयो । ९ जना मात्र भए पछि बस रिजर्ब गर्नु नपर्ने भयो । अफिसका २ महिन्द्रा जीप मै जाने भैयो ।
टोलि हास्खेल गर्दै ११२ किमिको बाटो पार गर्न अगि बढ्यो । सबै अल्लारे केटा थिए , बाटो ज्यादै राम्रो थियो । BP राजमार्ग, सिन्धुली बर्दिबास सडक ऐले पानी नेपालको नमुना राजमार्ग हो । चिल्लो बाटो, बाटो तल अविरल बगेको सुनकोसी , किनारामा खेत, बगर , मिलेका घर , द्रिस्ये मनमोहक । बेहुलाको पैसामा बीच बीचमा दारु पानी थप्दै हिडियो । म आफु एउटा गाडीको driver थिए, हाकिमको गाडी लिएर हिडेको दारु खाने सौभाग्य मिलेन , बाटो भरि sprite ले चित्त बुझाइयो । जाठो बाहुन दारु पानी केहि खान्न भन्थ्यो, ताक परेको बेला सुँगुर लतार्ने पाराको रैछ, संगत गरे पछि थाहा पाई हालियो । रमाइलो संग बेहुलाको गाऊ पुगियो । रामेछाप ज्यादै सुन्दर ठाउँ रैछ, गुरुजी पनी हुने खाने कै छोरो रैछ, बिहेको तयारी हेर्दा थाह भै गयो।

दुलाका बाउ (बि नि ) , बिद्यालय निरिछ्यक , यो राम्रै सरकारी पद हो , छोरि चेली सबै साछ्यर, मनमा लाग्यो कहाँ बाट यो काठा यता जागिर खान आइपुग्यो । अलिकति मेहेनत गर्य भए सिधै लोकसेवा अधिकृत हुने थियो । हाम्रो खातिरदारी राम्रै भयो , बाहुन भए नि ५ ६ ओटा लाम्काने रामेछापे खसी ढालेका । दारु खाने लाई छुट्टै बिसेस बेवास्था । मेरा लागि अझ बिसेस, कारण मैले गाडी चलाउदा केहि खान पाको थियिन। घरमा २ ३ ओटा सरकारी गाडी राख्दा बुडा दङ्ग । हाम्रो उपस्थितिले उनको गाऊमा सान बढेको उनले अनुभूति गरेका थिए । हाम्रो खातिरदारीमा केहि कमि नगर्न बुडाको उर्दी थियो । येति भए पछि हाम्रा केटा लाई के चाहियो जाड र मासु मै डूबे ।

भोलि पल्ट बुडाले हाम्रो एउटा गाडी बेहुला बेहुला ओसार्न दिन अरुनोध गरे । सरकारी गाडी ब्यतिगत प्रयोग गर्न गैर कानुनी थियो फेरी राजनीतिक पार्टीले बिरोध गर्ने डर थियो । ऐलेको जमान भए त youtoube हरुले viral बनाउने थिए । तेस्तो केहि नहुने आस्वासन पाए पछि अनुमति दियियो, फेरी पनी ड्राइवर आफै । हाकिमको नया गाडी थियो केहि भए जिम्मा आफै लिनु पर्ने थ्यो । टोलि अब १२० जति को लावा लस्कर सहित निस्कियो सिन्धुली तिर बेहुली लिन । अगि अगि नौमती बाजा, अनि 120 जना जतिको लस्कर । मैले ऐले सम्म गाऊको बिहे देखेको थिएन, ज्यादै रमाइलो हुदो रैछ । २ घण्टा यात्रा पछि सिन्धुलीको कुनै गाऊमा पुगियो । उताको तयारी केटाको जस्तो भब्य थिएन ।

घरको श्रीगार पटार राम्रै थियो । बेहुला बिहेको कार्यमा ब्यस्त, हाम्लाई हल्का भोक लागेको थियो । अब त्यहाँ दारु पानी नहुने त निश्चित थियो त्यो भन्दा नि सामान्य खाना पो कहिले खान पाहिने हो भन्ने चिन्ता लाग्न थाल्यो । काठमाडौँको बिहेमा हल्का snacks हरु serve हुन्थ्यो, गाऊमा त्यो सुबिधा त कहाँ पाउनु । हाम्रा केटा हरुलाई चै खान पिन भन्दा नि दारु कता पाहिन्छ भन्ने ध्याउन्न थियो । ठाउँ अलि गाऊ नै थियो , दुकान पसल, खासै नजिक थिएन । केटाहरुले गाडी लिएर दारु किन्न जाऊ भनेर सोधे मैले हुन्न भने, तल माथि केहि भए जिम्मेवारी आफ्नै थाप्लोमा आउने थियो । नाच गान ले थाकेका केटाहरु भोक र तिर्खा ले लोत थिए ।

एकछिन मा खान सर्व भयो, केटा केटि पछि लाइनमा हामी नै बस्योउ, अगि म, पछि मेरा केटाहरु । खाना बेवास्थित र सफा थ्यो , येसो झट्ट हेर्दा मासु देखिएन , बाहुनको बिहेमा मासु नहुनु कुनै नौलो कुरो भएन ।

To my surprise , main course को पहिलो परिकार नै खिर थियो, विश्वास नै लागेन, सलादको लाईनमा पो आए कि जस्तो भएर दाया बाया हेरे , हैन म ठिक ठाउँमै थिए । ए गाठे म बिहे भोजमा छु कि सराध्ये भोजमा छु जस्तो लाग्यो । नया सैलीको पुलाउ होकी जस्तो नि लाग्यो , तर काजु पेस्ता, सुकुमेल अनि दुधको पोखरीमा तैरि राखेको चामल हेर्दा खिर नै हो भन्ने पक्का भयो ।खिर लाई स्किप गरे, कतै चामल वा पुलाउ भेटिन्छ कि भनेर । तेस्पछि आलु, काउली , मटर, पर्वल , अचार आदि इत्यादी अनेक परिकार आए पुलाउ भेटिएन । मुला प्लेट तरकारीले भरियो । मैले त आफु लाई सम्हाले, म पछिका केटाहरु तर्सिन थाले। सबैले सराध्येकै जोक क्रयाक गर्न थाले । एउटाले मेरो प्लेट भरि तरकारी देखेर " पुलाउ नलिनु भाको " भनेर हास्यो ।

अब खिर लिन जाऊ कि नजाऊ भयो , खिर खाऊ , आफु लाई खिर संग नुन खायो कि उल्टी आउछ , नखाऊ तरकारीले ज्यान धान्दैन , फेरी भरे दुल्हा दुलही बोकेर फर्किनु छ । अनि येसो अलिकति खाएको जसो गरेर केटाहरु लाई लिएर हिडियो होटेल खोज्न । ठाउँ एस्तो गाउले परिबेसको थ्यो, किराना पसल भन्दा केहि नभेटिने । ४५ मिनेट गाडी चलाएर राजमार्गमा आइयो , टन्न कुखुराको मासु र भात अनि केटा हरुले दारु खाएर भोजको जोक हान्दै बिहे घर तिर लागियो ।

यो खिरको कुरा हाम्लाई मात्र होइन अरु धेरै लाई चित्त नबुजेको रैछ , यो कुरा दुलाहाको दिदिको काँनमा नि पुगेछ, वहा खिन्न भएर आखा बाट आसु झारेको मैले आफै देखे ।खाने कुरा र अरु बेवास्था सबै राम्रो थियो तर बिहे भोजमा खिर राखेको घटना मेरो लागि नौलो रह्यो र एक अबिसमरनिये बिहे भयो । दुलाहा राजा पछि सम्म नि ट्रोलको सिकार भयो । काठमाडौँमा आएर अरु काठा( बाहुन) को बिहे भोजमा नि खिर serve हुन्छ भेनेर सोध्दा खासै कसै बाट हुने जानकारी पाईएन । सायद त्यो गाऊको चलन नै तेस्तो थियो होला ।

बाहुनको बिहेमा कतै जानु पर्ने भयो भने अलि सचेत हुनु पर्ने रैछ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters