[Show all top banners]

salokya
Replies to this thread:

More by salokya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Magic of Artilce 127 of our Constitution
[VIEWED 8364 TIMES]
SAVE! for ease of future access.
Posted on 06-14-05 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धारा १२७ को जादू
हाम्रो संविधानमा धारा १२७ पनि गजब कै जादूको छडीजस्तो धारा रहेछ बा । अरु धाराबाट त पानीमात्रै आउँछ । तर यो धाराबाट त जे चाहियो त्यही झार्न मिल्ने रहेछ । पौराणिक कथामा कल्पवृक्ष भन्ने एउटा रुख थियो रे, चिताएको कुरा त्यो रुखले पूरा गर्थ्यो रे । अहिले धारा १२७ ले पनि जे चितायो, त्यही पूरा हुने रहेछ । भ्रष्टाचार नियन्त्रण शाही आयोग धारा १२७ अनुसार बहाल रहने र त्यसमा काम गर्नेहरु पनि धारा १२७ अनुसार बहाल रहने रे । अनि यसबीचमा जारी भएका आदेश पनि धारा १२७ अनुसार नै रे । जननिर्वाचित प्रधानमन्त्रीलाई अक्षम भनी बर्खास्त गर्न पनि धारा १२७, त्यही प्रधानमन्त्रीलाई फेरि त्यही पदमा नियुक्त गर्न पनि धारा १२७, अनि फेरि बर्खास्त गर्न पनि धारा १२७ । बीचमा कतिपय प्रधानमन्त्री नियुक्त गर्न र बर्खास्त गर्न पनि धारा १२७ । बीचमा प्रधानमन्त्री बन्नको लागि निवेदन दर्ता गर्न नारायणहिटीमा लाम लागेर बसेको अलौकिक दृश्य हेर्न पाउनमा पनि यही धारा १२७ कै देन थियो । धन्य छ धारा १२७ तिम्रो महिमा ।
दुःखको कुरा, धारा १२७ को प्रयोग गर्न पाउने अधिकार तपाइँ हामीमा छैन । नत्र सोच्नुस् त, कति रमाइलो हुन्थ्यो होला, जब ट्याक्सीमा सर्रर चढेर आफूलाई चाहिने गन्तव्यमा पुगिन्थ्यो र चालकले पैसा माग्दा भन्न पाइन्थ्यो- धारा १२७ अनुसार यस पटकको भाडा शुल्क तिर्न पर्दैन । भोक लाग्दा रेस्टुरेन्टभित्र पसेर टन्न खाइन्थ्यो र बिल आउँदा ङिच्च हाँसेर उही धारा १२७ तेर्स्याउन पाइन्थ्यो । नगरकोटको होटलमा मस्तीका साथ रात बिताएको केही हप्तापछि गर्लफ्रेन्डले पेट बोकेको कुरा सुनाउँदा पनि दोष उही धारा १२७ लाई दिन पाइन्थ्यो । हे भगवान्, तिमीले हाम्रा लागि चाहिँ किन धारा १२७ को व्यवस्था गरेनौ ? फेरि भगवानले रिसाएर धारा १२७ कै प्रयोग गरी मलाई माथितिर बोलाएर मारसित भकुर्न लगाउनुहोला नि । रिसानी माफ होस् है ।
- http://merosansar.blogsome.com
 
Posted on 06-14-05 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That's a cool one.
 
Posted on 06-14-05 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Salokya-jyu,

तीन वर्ष उँधो अल्लि साहसी नेपाली व्यङ्गकारहरुको प्रिय विषय रहेको धारा १२७ माथि अर्को जोडदार व्यङ्ग । तपाईको कलम अझ तिखारिदै जाओस् !
 
Posted on 06-14-05 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pilot jee,

There is nothing wrong in Dara 127. It does not give a discretionary power to the King, forget an unlimited one.

It is the extra-constitutional power of the monarchy, which we were in denial for long, that has been making ridiculously false interpretation of the dhara.

We need to scrape the monarchy, not dhara 127, off the Constitution.
 
Posted on 06-14-05 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe said,

"We need to scrape the monarchy, not dhara 127, off the Constitution."


लौ जा त मैले नि सहि थपिदिएँ! धारा # १२७ चाही जोगाई राखौ, मेलंची बनेसी पानी आउला.
तर राजा चाँही माँसौ माँसौ, सारै दूख दियो बज्?याले!

राजतन्?त्र मास्?छौं मास्?छौं! धारा मा पानी ल्?यौछौं ल्?यौछौं!

Bond-007
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters