[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Top two sycophants
[VIEWED 6690 TIMES]
SAVE! for ease of future access.
Posted on 11-05-05 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


One can get an indication of both where the country is heading towards,
and why we have such a mess --from the statements of the two top sycophants
of King Canyut below who were part and parcel in the past in creating the mess, and now again in sustaining the mess.

Your thoughts?

================================================
राजाको अधिकार कटौती हुन सक्तैन?

कास/Kantipur daily

वीरगन्ज, कार्तिक १८ - राजाका 'अधिकारहरू' जन्मसिद्ध भएको दाबी गदर्ैै शाही पाश्र्ववर्ती भरतकेशर सिंहले त्यो कुनै पनि हालतमा कटौती हुन नसक्ने बताउनुभएको छ ।
राजतन्त्र र हिन्दु शासन पद्घति मुलुकको दुई आधारस्तम्भ भएको विचार व्यक्त गर्दै विश्व हिन्दु महासंघ अध्यक्षसमेत रहेका सिंहले विश्वको एक मात्र हिन्दु राष्ट्र र हिन्दु सम्राट् नेपालीको गौरव भएको बताउनुभयो ।

'हिन्दु राष्ट्रमा दलहरू बोल्नै नहुने बोलिरहेका छन् र युवाहरू पथभ्रष्ट भएका छन्,' महासंघको रजतजयन्ती स्तम्भ शिलान्यासमा उहाँले भन्नुभयोे- 'वर्तमान शिक्षा पद्घतिमा परिवर्तन गर्न आवश्यक भएको छ ।'

माघ १९ 'कर्तव्यअन्तर्गत' चालिएको कदम भएको उल्लेख गर्दै उहाँले भन्नुभयो- 'अब राजाको होस्टेमा हैंसे गर्नु

प्रजाकोे कर्तव्य हो ।' राजाले जनताको आँसु पुछ्न खोज्दा दलहरूले विरोध गरेको आरोप लगाउँदै उहाँले 'विदेशीको बुई चढेर आउनेसित सावधान रहनुपर्छ' भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषद् उपाध्यक्ष कीर्तिनिधि बिष्टलेे उहाँका भनाइको समर्थन जनाउनुभयो । 'भरतकेशरजी हाम्रो प्रेरणास्रोत हुनुहुन्छ,' बिष्टले भन्नुभयो । सक्रियतासाथ राजाको कदमको वकालत गर्दै हिँडेका सिंहबाट आफूहरूले प्रेरणा लिने गरेको उहाँको भनाइ थियो ।

उहाँले सिंहलाई आफूहरूको प्रेरणास्रोत भएको बताउनुभयो । 'राजाको साहसपूर्ण कदमलाई सघाउनु नै हाम्रो कर्तव्य हो,' उहाँले थप्नुभयो ।

बिष्टले निर्वाचनमा भाग नलिए दलहरूलाई प्रजातन्त्रवादी भन्न नसकिने पनि बताउनुभयो । 'प्रजातन्त्रको आत्मा निर्वाचन हो तर बहिष्कार गर्छु भन्नेलाई कसरी प्रजातन्त्रवादी भन्न सकिन्छ ?' उहाँले भन्नुभयो- 'तत्कालीन सरकारहरूले माग बेवास्ता गरी घाँटी निमोठ्न खोजेकाले माओवादीहरू जंगल पसेका हुन् ।'



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters