[Show all top banners]

RajaHarischandra
Replies to this thread:

More by RajaHarischandra
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

houstonguys
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Kabita nai Kabita
[VIEWED 9541 TIMES]
SAVE! for ease of future access.
Posted on 07-24-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति दरबारबाट निस्केका,
एकहुल मुसाहरु,
पिपिरो बजाउदै थिए,
एकोहोरो राग अलापेर

सहर शुन्य छ फेरि,
पिपिरो लुकाएर,
चुप् चाप् छन् दुलोभित्र मुसाहरु,

तर हिजो सिंहदरबारमा एउटा पिपिरो बज्यो अरे,
बिरालाको घाटिमा घन्टि बाद्छु भन्नेहरु पनि
जात जनाउन के बाकि राख्थे र,
त्यसैले त,
लहै लहै मा पिपिरो बजाइछाडे।
 
Posted on 07-24-06 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow wow wow.......
 
Posted on 07-24-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ

खै अब आएन अर्को लाइन, भागें यहाँबाट म

हाहाहाहाह
लुते
 
Posted on 07-24-06 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

loote, kabita bhaneko ki police ma report gareko ? :O
 
Posted on 07-24-06 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raja ko chai.....whoa wa wa wa

loote ko chai.....chyaaa chyaaa chyaa chyaaaa
 
Posted on 07-24-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म र मेरो एक्लोपन"
============

म र मेरो एक्लोपन अक्सर आपसमा यो कुरा गर्छन...

तिमी साथ हुँदा कस्तो हुन्थ्यो होला
तिमी यो भन्थिउ, तिमी त्यो भन्थिउ
तिमी यो कुरामा अचम्मित हुन्थिउ होला
तिमी त्यो कुरामा कति हाँस्थिउ होला
तिमी साथ भये यस्तो हुन्थ्यो,
तिमी साथ भये त्यस्तो हुन्थ्यो
म र मेरो एक्लोपन अक्सर आपसमा यो कुरा गर्छन...

यो रात हो वा तिम्रो खुलेको केश हो
हो पुर्णिमा वा तिम्रो आँखाले मेरो रात धोइएको हो
यो जून हो वा तिम्रो चुरा
ताराहरु हुन् वा तिम्रो आँचल
हावाको झोँका हो वा तिम्रो शरीरको सुगन्ध
पातहरुको हो सर्सराहट्, वा बिस्तारै तिमीले केही कुरा गरेकी हौ

यो सोच्छु म गुमसुम् भएर,
कि मलाई पनि थाहा छ, तिमी छैनौ, कतै छैनौ
तर यो मुटुको धड्कन् भनिरहेको छ, तिमी यहीँ छौ, यहीँ कतै छौ


हाहाहाहाहा
लुते
 
Posted on 07-24-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good translation! SkinnyDog (WeakDog??)

AmriT
 
Posted on 07-25-06 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शान्ति

जता ततै अशान्ति भा'को बेला,
शान्ति चाहिं कहां गा'को होला।
खोज्दै जादां स्वयम्भू पुगें
दूर्बिन् ले पूर्ब तिर् हेरें
शन्ति त थाइ चढेर
स्थाइ रुपमा क्यानाडा तिर् लागेको देखें।

अस्तु!
 
Posted on 07-25-06 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loote trying to be funny by posting sh*t,eh??I didnt use to laugh at such jokes(that kabita umm..line aayena jpt) when I was 10 and I still dont find any of these attempts any funnier...just an opinion...anyway thanx for bringing back those class 5 memories.
 
Posted on 07-25-06 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीमीलाई पर्खी बसे धेरै राती अबेर सम्म
तर मलाई के थाहा तीमी त अघी नै शहीध भैइ सकेछौ
खै कता हो रोल्पा रुकुम तीर
जानु अघी ता लागेको थियो कतै यही त हुने हैन हाम्रो अन्तीम् मीलन भनेर
तर पनी बुज्न सकीन
मलाई कत्ती पनी थाहा भएन की तिमी आउँदैनौ भनेर
आज म एक्लो भए
हुन त धेरै एक्लो भएका छन यहाँ
मेरो मात्र के कुरा गराइ भो र
आखीर एक्लै त आएको थिए म यस् धर्ती मा
मेरो के अधीकार छर तीम्रो साथ् माग्ने
तर बाच्नु को पीडा जीउदैछ यहाँ
एक्लै एक्लै
ती एक्ला आमा हरु सगै
केवल तीम्रो सम्झना मा
 
Posted on 07-25-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आई लव् यू भन्न खै आँट छैन
फुर्ति फार्ति गर्न नी गाँठ् छैन
एउटीलाई मायालु नभन्या त हैन
ऊ पनि टास्सिएकि त अलि अलि हैन
चिलायो अचेल् कतै कि कम्ति डर लाग्दैन।
 
Posted on 07-25-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani bhyaidiyeko po??

AmriT
 
Posted on 07-25-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमिलाइ के थाहा?
ऐनामा हिलो छ्याप्दा, दागि आफु हुन्छु भनेर,
घाइते अरु हुदा, पिडामा आफु डुब्छु भनेर,
तेसैले त तिमि,
काँचको घरमा बसेर,
गुलेलि चलायौ।

फेरि,
तिमिलाइ के थाहा?
सपना बुन्ने धागो चुडाल्दा, सियो छुड्छ भनेर,
तेहि सियोले फेरि तिम्रो मुटु घोच्छ भनेर,

तेसैले त तिमि
काँचको झ्यालमा बसि फेरि
गुलेलि चलायौ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters