[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Bhav-Smriti ------------ Deep

[Please view other pages to see the rest of the postings. Total posts: 39]
PAGE: <<  1 2  
[VIEWED 27884 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-21-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाव-स्मृती



“राम राम राम ------“
ट्वाकले आफ्नो सम्बादमा त्यो क्षणलाइ कैद् गरी छाड्यो।
--- --- --- ---
ल्याइस्? ट्वाकले सोध्यो।
ल्याएँ ल्याएँ एउटै कुरा कत्ति चोटि सोध्न मन् लाग्नी होला एल्लाइ? बाँङ्ग्या जवाफ आयो।

काँचो कि सुक्या?

दुइटै छ मिसाको।

कति वटा ल्याइस् त?

कुस्त छ – पुग्नी ल्या छ।

खै हेरम्?

ल हेर --- खल्ति बाट झिकेर देखायो बाँङ्गेले झर्केर।

पुग्छ त?

बाँङ्गेले घुर्यो मात्रै बोलेन यस पटक।

"पाप लाग्छ तिमेरु लाइ" सुपारीको चेतावनी आयो।

ऐले नै कुन् धर्म लाग्या छ र?

दीप अस्ति कौसि बाट लड्या देखि हालिस्---कस्सो बालुवामा पर्यो र मात्रै नत्र चेट भैसक्या। बाँङ्गेले उदाहरण सुरु गर्यो।

"आफु त्यस्तरी कौसिबाट लडिरा छु है तल बालुवा चाल्ने केटी चै उस्को बलुवामा परें रे म भनेर “कस्तो मात्या मान्छे रे छ” भन्छे फेरी -- जानि जानि त्यस्को बालुवा माड्या हो कि भन्या झैं--- आफ्नो कुरो निस्क्या बेलाँ मन्मा लग्या तर चित्त नबुझ्या कुरो भनियो आफुले नी।"

आफु अस्ति रेखाको भर्याङ्गबाट हुर्धुरीएर भाग्ने हुंदा गुट्मुटीएर क्या संग करङ्ग् बजारीयो तेस्को छिँडिमा भने ऐले सम्म नी लामो सास् तान्न हुन्न। बाङ्गेले अफ्नो उदाहरण नी दियो।

यो ट्वाक त झन् साढे सात बोकी बोकी हिन्छ अचेल्। अस्ति त्याँ ढल्कु नेर लिचि चोर्दा नि यसैलाइ समात्यो – बिशाल नगरमा आलुबखडा चोर्दा नी यै फेला पर्यो – जय नेपाल मा त्याँ सेकेन थर क्लास् बहिर त कति चोटि पि टी खेलि सक्यो --- बालुवा ओसार्नी ट्रकले तिन्कुनेमा लगेर छोड्या नि यसैलाइ –

अनि तँ नि तँ धर्मराज सुपारी --- अस्ति दीप संग चाबेलबाट आउंदा राती भत्क्या पुल् मुनि सन्क्या कुक्कुरले तलाइ नै कुरी रा रे छ रे हैन? तँ आइपुग्ना साथ सुपरीदाइ भनेर तेरो पछि लाग्यो रे नि? आमा र बा भन्दै रुंदै कराउंदै गर्दा नी आखिर त्यो कुक्कुरले दारेरै छोड्या हैन तँलाइ? तेरो चप्पल् मात्रै हैन पिंडौलाको एक दुइ जोर नसा नी छिन्या बिर्सिस्? बाङ्गेले सबै लाइ धर्म संग हाम्रो खासै लेन् देन् छैन भन्ने जानकारी दियो।

ल ल भो नकरा --- सुपारी लाइ झर्को लागेछ।

अनि के को पाप र सापको पुरान् सुनाउछस् त? बाँङ्गेले अलि ठुलै स्वरमा सोध्यो।

ल ल बाङ्गे लामो कुरो नगर-- आज मेरो दिन् हो के --- आजको कुरा गर्न आजको। ट्वाक्ले सम्झायो।

"आजको सबै ठिक छ, धन्ना नमान" बाँङ्गेले आस्वस्त पार्यो।

ढोकामा टक टक गर्यो कसैले। हामि सबै साम सुम भइम।

“दीप” बोलाए मलाइ।

काका रे छन् बोलाउनी। ढोका खोलें मैले।

के कुरा गरीरा तिमेरु हँ? काकाले सोधे।

केइ हैन। मैले भनें --अरुहरु पनि सबै साधु हुन् कि जसरी बसे।

तिमेरु यो शनिबार् ब्यान् ब्यान् देखि ह्याँ किन जम्मा नि? काकाको अर्को प्रस्न आइलग्यो मेरा साथि माथि। यतिन्जेल्मा केइ नबोलि हाम्रा बा पनि पृस्ठभुमिमा देखिए --- साबधानिको बतास चल्यो हामि माझ।

“पशपति जान ला” सुपारीले स्वरलाइ सके सम्म नरम पारेर भन्यो।

पर्दैन जान पश्पति सश्पति --- तिमेर्को पश्पति जानी था छ मलाइ सबै। काकाले फुर्ति गरे।

मलाइ झनक्क रिस उठ्यो --- पहिला त उन्लाइ कसैले सोधेकै थिएन् हामी जाम् की नजाम् भनेर --- त्यस माथि उनको भद्रगोल् दर्जामा हामि पुग्न अझै धेरै मेहनत् गर्न बाकि भा हामी सबैले नबुझ्या नी हैन तै पनि अझ उनि नै उपदेश् दिनि हाम्लाइ?

मैले बोल्नु अघि नै आमाको ओभरराइड आयो --- पश्पति जान्छु भन्ने मान्छेलाइ जान दिनु नी --- चन्दन चै लिएर आउनु नि फेरी ---

आमाको बोली खस्न पाउदा नपाउदै मैले "हस" भनें।

आमाको ओभरराइड पछि काका र बा तितर् बितर् भए। हामी पनि सामान्य अवस्थामा फिर्ता आएम् र बाटो लागिम् ।

कता बाट जानी? मैले सोधे डबलिमा आए पछि।

आज मालिगाउँ तिर बाट जाम्। ट्वाकको सुझाब् थ्यो।

ठिकै हो। गौशला भएर त जानु नै थियो। बिरोध् भएन।

मालिगाउँ बाट महेन्द्र भवन तिर बाट ओर्लेको कालो पत्रे बाटो भेटे पछि देब्रे लगिम् अनि कलो पुल् तरे पछि सिफलको उकालो तिर नलागि दाइने लागियो अनि ढिस्को चढेर भन्डारखालको पर्खालै पर्खाल् पुगियो गौशाला।

पैले पस्पति जाम् दर्शन् गरम् अनि जे जे मन लाग्छ त्यै त्यै गर्नु --- सुपारी बोल्यो।

जा न त जा-- तँ एक्लै पश्पतिमा गएर भजन् गाइ राख--- तनाबले हो कि के ले हो ट्वाकको आवाजमा कठोरता र रुखो पन थ्यो।

तँ किन झर्क्या नि फेरी --- थर थर हो कि के हो? बाङ्गेले हलुका हाँसेर सोध्यो ट्वाकलाइ।

के को थर् थर्? ट्वाकले आफ्नो स्वरलाइ मिलायो।

गौशाला चोक बाट अगाडी बढेर देब्रे लागियो पश्पति तिर – त्याँ पहिलो घुम्तिमा पुगे सि हामी निर्धरित कार्यक्रम अनुसर् अडिम। ट्वाक तलै बाटामा बस्यो – म, बाङ्गे र सुपारी भने बाटोको देब्रे पटीको पर्खाल माथि चडिम्। धडकन त बढ्ने नै भो हाम्रो मुटुको।

हामीले कुनै नौलो कुरा त गर्न ला थिएन तर अभ्यास् गर्न आँटेको चै पहिलो पटकै थ्यो। चिन्ता हुनु स्वभाबिकै हो त्यस्तो परिस्थितिमा। अभ्यासको चुनौतिमा ट्वाक बाँधिएको देखिन्थ्यो। उ कैले गौशाला तिर बाट आउदै गर्या मान्छे हेर्थ्यो कैले हाम्लाइ हेरेर फिस्स हाँस्थ्यो।

केही समय बिते पछी मौका गौशाला तिर बाट आउंदै गर्या देखियो। हामि पर्खालमा सचेत उभिएम्। ट्वाकलाइ मौका आउदै गर्या संकेत दिइम् अनि उस्ले पनि मौका तिर हेरेर अफ्नो सहमति भएको संकेत गर्यो। सुपारी अलि ओझेल् तिर थाहानपाउने गरी सर्यो। त्यो अपेक्षित नै थ्यो। बाँदरहरु पनि वरी परी अफ्नो दैनिक गतिबिधिमा लागेकै थिए तै पनि बाङ्गे बाँदर आकर्षित् गर्न तिर लाग्या देखेर सुपारी "ए बाङ्गे ए -- धेरै नजिस्की त बाँदर् संग तँ जान्नी भे र" भन्दैथ्यो।

म र बाङ्गे तयार थिइम्। यत्तिकैमा सुन्दरतामा चुर्लुम्बै डुबेका चार पाँच जना केटीहरु ट्वाकको छेउमै आइपुगे।

बाङ्गेले त्यै मुहुर्तको लागि ल्याको आठ दस वटा जति नरिवलका टुक्राहरु केटीहरुका पाउमा अर्पण गर्या मात्रै के थियो बाँदरहरु चार तिरबाट ती सुन्दर् कोमल पाउहरुमा लडीबुडी गर्न पुगे पर्साद लिन। अकस्मात् त्यसरी बाँदरहरु आफुमाथि आइलाग्दा एउटा सुरमा मुस्काउँदै बाताबरणलाइ मुग्ध गर्नमा लागेका ति केटीहरु आत्तिए। हाहाकारमा पर्या बखतमा सङ्गै उभिन पुग्या ट्वाकलाइ चारतिरबाट चिच्याउँदै समात्न पुगे --- उनीहरुले परिस्थिति बुझ्नु अघि नै ट्वाकले आफ्नो सम्बादले त्यो क्षणलाई बन्दी पारी सक्या थ्यो ---

“राम राम राम के जमाना आयो --- यस्सो पश्पति सम्म जाम् भन्या चारतिर बाट केटीहरुले यस्तो गर्छन् --- खै मन्दिर् सम्म पुग्नै नसकिएला जस्तो पो भो।”
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-22-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep dai,

good one, as always.....ye dil mage more......aha....

 
Posted on 08-22-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त हिन्दि फिलिममा जस्तो पहिल कास्टिङ देखा' र अनि फिलिम सुरु गर्या र' छ। अनि त झन पढम पढम लाग्नी भै' गो।
खतरा छ ल दिप ब्रो।
 
Posted on 08-23-06 2:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछि साझामा आको, कस्तो राम्रो राम्रो कथाहरु पढ्न पाको, दिपजि लाइ धेरै धन्यबाद
 
Posted on 08-23-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्रस्तुतिमाथि समय खर्चिने ब्यक्तित्वहरुलाई आभार प्रकट गर्ने क्रम अधुरै थियो हिजो। आज त्यै क्रमलाई गति दिउँ भनेर यहाँ उपस्थित छु।

Tyra,
लौन के भन्या होला? जुन केटीहरुका एक दृस्टीले हामीहरुलाई दिन भरी खुसि दिने मात्रै हैन जस माथि कोमल नयन मडारीएको ठहर हुन्थ्यो उस्ले हौसलामा औकात हेरेर चिया, जेरी स्वारी, सेल के सक्छ उप्लब्ध गराउने चलन थ्यो। त्यस्ता मन र तनलाई धन्ने गर्ने केटीहरुलाई हामी के भनेर दु:ख दिन्थिम्?

gaalab,
हौसलाको लागि धन्यबाद। ख्वामीतहरुको दुई शब्दले (मीठा हुँदा) त हो नी मैले फुर्किन पाउनी।

Birkhe_Maila,
मेरो प्रस्तुतिमा रमाको सुनेर म त झन रमाएँ।

disco__dancer,
tyautis ta ramrai ho tara ali risky re chha prabho.

Pretty,
अब के गरी हात लाउनी हो सुन्दरीहरुको आशिर्बाद था नभर यसरी हुन्छ की उसरी हुन्छ कि भनेर लाग्या थिम देवी। भक्त धेरै हुँदा प्रतिस्प्रधा अलि चर्को थ्यो के नी ---


ए जिरादाई, अब आफैंलाई सुलि आइलाग्नी कुरो नी यसरी चौताराँ आएर भन्नी हो?

त्याँ गङ्गा मिष्ठान्न भन्डाराँ च्या तान्दै रयाल चुवाउँदै गर्दा हुँदी के गर्या भन्ने प्रश्नमा हैन जेरी देखेर भन्दै बाटाँ अप्सरा हेरी लाल् लाल् नेत्र गरि जटा मिलाएर प्रभोले निकाल्या टयाउटिस् ह्याँ दुनियाले सुने भने के भन्लान?

---

फेरी उपस्थित हुन्छु है --- एक् सुराँ केइ गर्न दिन्नन के ह्याँ फेरी इनकै मात्रै काम गरे हुनी भन्या जस्तो गर्छन के नी ---
 
Posted on 08-23-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिति तिरु यो दिपले के रिप्लाइ गर्छ भन्ने त लाग्या थ्योके मलै ।
त्यै भ'र कथा चै रामाइलो लागे पनि केहि नभनि बसेको म चै।
प्रसंसा गर्दिहाल्नु पर्यो
'आ हा!!!! कति नराम्रो कथा!!'
:D
 
Posted on 08-23-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i only understand Mickey Mouse.
 
Posted on 08-23-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep...

dami chha....ani hehehe last sentence sarai hasayo......

Aneesha
 
Posted on 08-23-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके,
कथा त तुरीइ हाल्यो नी, ट्वाकको सम्बाद पछि। सम्बाद पछि त फेरी अर्कै कथा शुरु हुन्छ।

oys_chill,
सहगाम्ले, के छ हालखबर? खै त डबलीमा भोज गर्नी भन्या?

forget-me-not,
बिर्स्या छैन ल धरोधर्म।

नमरी बाँचे कालले साँचे लेखम्ला नी फेरि।

Dada_Giri,
अभिबादन पर्भो। खै त घोडाको मासुको नी गफै मात्रै भो ---इन्डि हिन्द्यो कता हो?

nepesahila,
के गर्नी --- कैले काइँ यसो भल्न मन लाग्छ के --परदेशमा आइयो, थुक्या गल्लीको माया लाग्छ।

timi_mero_sathi,
गुँदपाक सरी लाग्यो प्रोत्साहनका शब्दहरु।

Poonte,
लौ एक्लै हास्दै त्यो च्यात् चुत् भा कस्को पेटीकोट च्यापेर हिन्या हँ?

miss_ me,
I do मरिजाम । लौ तिजको पहिरनमा क्या छनक्कै छन्क्या मिस् इन् द् भिउस त।

bornfree,
Lau --- I didn't understand Micky Mouse and you did. यस्तै रे छ दुनियाँ --

Amanisha,
लास्टाँ रमाइलो भए सि त भै गो नी --- हौसलाको लागि धेरै धन्यबाद।

अन्त्यमा टिप्पणी नगरी पढने महानुभावहरु प्रति पनि मेरो आभारमा कुनै कमि छैन भन्ने निबेदन गर्न चाहन्छु।
 
Posted on 08-23-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपदाइ को कथा त कथा भैगो, थ्यान्क् यु भन्ने तरिका पनि कति हसाउने के !
 
Posted on 08-23-06 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या, तिरु।
 
Posted on 08-24-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyra र Pretty लाई चिन्या चिन्या जस्तो लाग्छ। के भाको के।

एक चोटी फेरी चिन्न पाए बिर्स्या सबै सम्झिन्थेँ जस्तो नी लाग्छ -- तर चिन्ने पो के गरी?
 
Posted on 08-24-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep, which school, college did you go to? and which batch? :D
 
Posted on 08-24-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्कुल त अब के भन्नी आफ्नो भन्दा अर्कैकोमा धेरै भैन्थ्यो जस्तो ---सम्झियो भने आफु नी महेन्द्र भवन मै पढ्या हो कि जस्तो लाग्छ त्यस्तो थियो ताल् इस्कुलाँ --- कलेजाँ त झन ध्वस्तै भइया थ्यो के नी सम्झिदा नी दिक्क लाग्छ।

बरु त्याँ नक्सालाँ भाडा साइकल लिएर नारानचौरमा सिक्दा हुँदि एउटी सुन्दरताको परिभाषाले समेटनै हम्मे पर्ने केटीलाई आँखाले लखेटनी हुँदा साइकल् एकतिर आँखा अर्का तिर भएसी गुल्टी हालेँ नी। प्रीट्टी चैं त्यै केटी हो कि जस्तो लाग्न थाल्यो अब ---खै के के ---
 
Posted on 08-24-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O हा हा हा महेन्द्र भबन् रे , अनि कलेज् चाइ पद्म कन्या होला दीपदाइ को ।
 
Posted on 08-24-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha tyra PK re?

hya hoina ma tyo. sabaile ma ko ho bhanera guess matra garna thale ba.
 
Posted on 08-24-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyra र मेरो तीँ पद्म कन्या मै भेट भा हो त? होला होला ---पद्म कन्या, अस्कल, टि सि मात्रै हो र शंकरदेवमा नी पढीयो-- त्यै धेरै ठाम्मा पढ्ने हुँदा पाठ झुधेर भन्या सप्पै भद्रगोल्-एकातिरको पाठ अर्को तिर कामै नलाग्नि के नि-- खत्तम भैयो।
 
Posted on 08-24-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्कलको जाँचमा शंकरदेवको उत्तर लेख्नि, शंकरदेवको जाँचमा अस्कलको? तै भ’र पो दिपेको अफिसियल टाईटल, “Chartered Accountant Deep, MBBS” रैछ!
 
Posted on 08-24-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters