[Show all top banners]

mainepali
Replies to this thread:

More by mainepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Travel Refresh page to view new replies
 KTM via Delhi,in my experience
[VIEWED 7673 TIMES]
SAVE! for ease of future access.
Posted on 01-02-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा धेरैले दिल्ली यात्राको बारेमा(बिशेष गरी sajha travel centerma)सोधेका रहेछन ।
केही ट्राभल एजेन्सीहरुले पनि दिल्ली भएर न जाउ झन्झट बेहोर्नु पर्छ भनेर झुक्काएर अर्कै रुटबाट पठाएँर पैसा खान खोजेको हो कि जस्तो लाग्यो ।
म ३ पट्क भन्दा बढी त्यही बाटो भएर काठमाडौं गै सक्ए तर मैले त्यस्तो कहिले पनि बेहोर्नु परेको छैन ।
बरु हामी विद्यार्थी हरुलाई सस्तो अनि फाईदा जनक हुन्छ यो यात्रा किनकी दिल्ली, युरोप र अमेरिका का प्राय ठाउँबाट दैनिक उडान हरु छन
र आजकाल निकै सस्तोमा E-ticket हरु पाइन्छ ।यस्तो टिकेट हरुसिधै airline को वेबसाईट बात किन्दा फाईदा हुन्छ ।
मेरो बेस्ट मा lufthansa पर्छ जस्मा आफ्नो प्लानिङ अनुसार केही दिन पहिले बूकिङ गर्दा राम्रो सिट , सस्तोमा दिल्ली सम्मको टिकेट पाइन्छ र excellent service on board।
यसरी टिकट लिंदा दिल्ली सम्मको मात्र लिदा फाईदा हुन्छ ।
दिल्ली देखि काठमाडौं सम्मको टिकट दिल्लिमै सस्तो मा किन्न पाईन्छ,
छानी छानी, किनकी काठमाडौं दिनको ५ वटा फ्लाईट जान्छन्,दिल्लिबाट ।
अहिले त झन एयरलाइन्स को यती competition छ कि एक तर्फी काठमाडौं -दिल्लिको टिकट पहिला बूक गरे नेपाली रु२५०० सम्म पाउन सकिन्छ ।
यदि तपाईं इष्टर को बिदामा काठमाडौं जाने हो भने केही फेब्रुअरी को मध्य तिर एअरलाइन्स् हरुले
special offer निकल्छ्न त्यही भएर अहिले नै हतार मा टिकेट न लिइ हाल्नुस्,फेब्रुअरी तिर मात्र लिने गरी बस्नुहोस् ।


अब मेरो दिल्ली यात्रा अनुभब ।

सन २००३,जुलाइ
KLM बाट राती २३:२० मा दिल्ली एअरपोर्टमा ओर्लिए । म ईन्डिया पहिला गएको थिइन
मनमा डर लागिरहेको थियो । मैले india को बारेमा निकै निगेटिभ कुराहरु सानै देखि सुनेको ले मेरो ईन्डिया प्रती निकै निगेटिव सोच थियो,
जस्तै ईन्डिया चोरै चोर को देश हो,पुलिश पनि एउटा बिडिमा बिक्छन्,५ रुपैयाँ को लागि मान्छे मारछन्,ठगै ठग छन आदी ।
मलाइ सब भन्दा चिन्ता क को थियो भने दिल्ली सम्मको टिकेत बहेकोले म ट्रान्जीट मा बस्न पाउदिन र बहिर राती खतरा हुने भो भनेर

इमिग्रेशन मा मेरो पालो आयो
मैले मेरो राह्दनी र भरेको फर्म दिए ।
"कहाँ बाट आउनुभयो" अधिकारिले सोधे ।
एम्स्टरड्याम बाट्, मैले भने ।
कहाँ बस्नु हुन्छ?
होटेलमा,मैले भने ।
कुन होटेल?
"मलाई नाम त थाहा भएन मेरो साथीले reservation गरेको"मैले ढाटें,
मलाई संका थियो कतै पैसा खान को लागि किच किच गर्ने हो कि भनेर । मैले होटेल बूक नगरेको कुरा भनेको भए शायद, यती राती कहाँ जान्छस् भनेर,किचकिच् गर्थ्यो पनि होला।
मैले मेरो एक जना नेपाली साथी यही दिल्ली युनिभर्सिटी मा पढ्छ उसैले होटेल बूक गरेको बताए ।
"ल त तपाईं लाई दिल्लिमा स्वागत छ", भन्दै जाने अनुमती दियो ।
बाहिर निस्केर पहिला पैसा साट्ने निधो गरे । १०० डलर साटे ।नेपालमा ५०० भारुको नोट न चल्ने भएको ले सबै १०० को नोट साटे ।
१०० डलरको ५००० जती भारु ,सबै १०० को नोटमा मोटो गद्दी भयो मैले पैन्टको
अगाडिको गोजिमा राखेको थिए,जुन बाहिरबाटै पुक्क उठेको देखिराथ्यो
बाहिर arrival hall मा निस्केको त टन्नै धोती हरु उभिराथे सबैले मलाई हेरेजस्तो लाग्यो,
मेरो पैसा राखेको गोजी तिर हेरे जस्तो लाग्यो,मैले त्यही सम्झे,चोर ,५ रुपैयाको लागि ज्यान ।
तर मलाई खै किन हो ,पहिला जस्तो डर लागेन

।कहाँ जाउ भनेर सोच्दै थिए, त्यही छेउमा फोन बूथमा एउटा होटेलको बिज्ञापन टाँसेको देखे,म बूथ तर्फ गए ।
त्यहाँ एक जना पहीले देखि फोन गर्दै थियो । उसलाई मैले फ्लाईट मा देखेको थिए । उसले पनि होटेल बूक गर्न लगेको मैले थाहा पाए ।
उ सँग एकजना बच्चा र आईमाई पनि थिइन । उस्ले फोन राखी सके पछि मैले उस सँग मलाई पनि होटेल चाँहीएको कुन र कुन होटेल राम्रो छ?
भनेर सोध्दा उसले आफु बस्न लगेको होटेलमा बस्ने सल्लाह दियो र उसैले फोन गरी दियो । उसको परिवार र म ट्याक्सी चढ्नको लागि टेर्मिनल बाहिर निस्कियोउ ।
बाहिर निस्केको त ,बाँ-बाँ कस्तो गर्मी ,थर्मस मा पसे जस्तो ।५ मिनेटमै मेरो त पुरै कपडा पसिना ले निथ्रुक्कै भिज्यो ।जीवनमा यस्तो गर्मी कहिले भोगेको थिइन ।
म र उसको परिवार एउटै ट्याक्सीमा होटेल गयोउ ।
एयरपोर्ट मा प्री पेड् ट्याक्सि पाइदो रहेछ जुन अरु ट्याक्सिको तुलनामा सस्तो हुदो रहेछ।

होटेल अलि महँगो भए पनि सबै सुबिधा रहेछ ।
म सँग आएको मान्छे डाक्टर रहेछ र न्यूयोर्क मा बस्दो रहेछ ।
उसले भोलिपल्ट हैद्राबाद जाने बताउदै थियो ।

राती मजाले होटेलमा सुतियो ।बिहान ८ बजे मलाई उठाउँनको वेक अप कल आयो ।ब्रेक्फास्ट पछि सिधै एअरपोर्ट गए
।१:३० ईण्डियन एअरलाइन्सकको टिकेट लिए,३००० IC जती पर्‍यो । दिल्लीबाट काठमाडौं १घण्टा ३० मिनेटमा पुगिने रहेछ । काठमाडौं मा ओर्लिदा
निकै सितलो भयो,किनकी कम गर्मी थियो । यसरी मेरो पहिलो दिल्ली यात्रा पुरा भयो ।

फर्किदा खेरी इन्डियन एअरलैन्स मै फर्किए । दिल्लीमा
कारीब ४ बजे झरे ,आफ्नो फ्लाइट भने राति १२ बजेको थियो।त्यति बेर के गर्ने भनेर सोचि रहेको थिए,दिल्लि घुम्न जने मूड आयो।तर लगेज
काँहा रख्ने भन्ने चिन्ता।एअरपोर्ट मा एउटा फास्ट फुड रहेछ त्यहाँ छिरे ।कफी अर्डर गरे,वेटर ले कफी लिएर आए पछि उसलाई यहाँ कतै लकर छ
समान राख्न को लागी भनेर सोधे ।उसले यही पर्किङ मा लकर हल छ भनेर बतायो ।मैले दिल्ली घुम्न जाने योजना उसलाई सुनाएर कहाँ जाँदा ठीक
होला भनेर सोध्दा,उस्ले मेन दिल्ली सेन्टर त टाढा छ यही नजिकै वसन्त बिहार भन्ने ठाउँ छ त्यहाँ जाने सुझाव दियो साथै सिनेमा हल MC-Donald
सहित शपिङ हल हरु भएको बतायो ।उस्को information लागि १०० ic टिप दिएर लकर हल तिर लागे । अचम्म को लकर हल रहेछ ।
एउटा घर रहेछ जहाँ साँचो को ब्यबस्था नै थिएन । थियो त केबल एउटा गार्ड । मैले समान राख्न आएको भने पछि उसले समान राख्यो र मलाई एउटा रसीद
थमायो ।मलाई पहिला त समान हराउने हो कि भन्ने डर लागेको थियो । तर पछि खैरे हरुले पनि क्यामेरा लगाएत महङो समान हरु त्यही राखेको देखे र
गार्ड पन्जाबी भएकोले बिश्वास गरे,मैले सुनेको थिए कि सरदारहरु इमान्दार हुन्छन भनेर । मैले लकर त एअरपोर्ट भित्र न राखेर किन बहिर राखेको भनी सोध्द
,पहिला भित्र नै थियो,सेप्टेम्बर ११ को घटना पछि कसैले बम झोला मा राख्छ कि भनेर बाहिर राखेको बतायो । भित्र राख्यो भने एअरपोर्ट नै उड्ला भनेर यहाँ
राखेको,किनकि यहा उडे भने म मात्रै उदछु! भनेर जोक मै साँचो कुरा बतायो ।
म प्री पेड ट्याक्सी मा लागे वसन्त विहार तर्फ ।त्यहाँ निकै रमाइलो थियो ।सानो सेन्टर ,सबै सुबिधा हरु रहेछ,cyber cafe,shopping
complex,bars ,restaurents,movie theatre आदी । केही बेर साईबरमा बिताएपछि,सिनेमा हेरे Charli's
Angels । सिनेमा हल निकै राम्रो रहेछ,युरोप को जस्तै तर छिर्ने बेलामा गार्ड ले दुनियाँ चेक गरेर झन्झटिलो तरिका ले छिराउने रहेछ,शायद पाकिस्तानी
आतंकबादी को डर ले होला । पुरा एअरपोर्ट मै छिर्न लागेको जस्तो चेक,जे होश आफ्नै सुरक्षा को लागी त हो जस्तो लाग्यो ।
सिनेमा हेरी सके पछि Mc-Donald मा गए । एउटा कुना मा स्टील को बोर्ड मा Beef & beef items are not sold here
लेखेको रहेछ,रमाइलो लाग्यो ।मनमनै सोचे युरोप मा पनि यस्तै भए आफु लगाएत सबै नेपालीको को हिन्दू धर्म जोगीने थियो होला ।त्यहाँ खाना खै सके पछि १०
बजिसकेको थियो,ट्याक्सी मा एअरपोर्ट गए,लकर बात समान लिएर ,बिना झन्झट दिल्ली बाट उडे' ।

यो यात्रा मा मेरो सबै खर्च मिलाउदाँ,जस्तै दिल्ली काठमाडौं को दुई तर्फी टिकेट ,दिल्ली - लण्डन दुईतर्फी टिकेट ,दिल्ली को होटेल खर्च ,ट्यक्सी खर्चहरु हिसाब गर्दा ,
ट्राभल एजेन्सी ले मलाई काठमाडौं - लन्डन को सबभन्दा'सस्तो' टिकेट को मुल्य भन्दा कम पर्‍यो । त्यस्तै ५-६००० नेपाली रुपैया कम परेको थियो । साथै यात्रा पनि
enjoyable थियो ।

अर्को E-ticket को यात्राको बारेमा पछि लेखौला ।

to be continued.......
 
Posted on 01-02-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good to know this !!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters