[Show all top banners]

BostonKtm
Replies to this thread:

More by BostonKtm
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Shameless Moaist Govt. PM and Ministers ...सय दिनमा ३६ भ्रम
[VIEWED 9502 TIMES]
SAVE! for ease of future access.
Posted on 12-10-08 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सय दिनमा ३६ भ्रम

काठमाडौं, मंसिर २४ - गठबन्धन सरकारको मधुमास अवधिमा विदेश सयर गर्ने सबभन्दा भाग्यमानी बनेका छन्, वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साह । उनी यतिखेर पाँचौं भ्रमणमा पोल्यान्ड छन् । दक्षिण कोरिया, इटली, जापान र भारत घुमिसकेका साह 'उच्च स्तरीय बैठक' मा भाग लिन भनेर पोल्यान्डको पोज्जन गएका हुन् ।

विदेश सयर गर्ने उनी एक्लो मन्त्री होइनन् । विदेशी हस्तक्षेपका कारण काम गर्न नपाएको दाबी गर्ने मन्त्रीहरूले सय दिनको अवधिमा विदेश भ्रमणको मौका भने बाक्लै पाएका छन् । भदौ ११ देखि मंसिर ४ सम्म मन्त्रिपरिषद्ले ३६ वटा भ्रमणको अनुमति दिएको छ ।

तीन दर्जन भ्रमणको कूटनीतिक उपादेयताचाहिँ कस्तो रह्यो होला ? अत्यन्त न्यून । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाहेक अधिकांश मन्त्री सभा/सम्मेलन र प्रदर्शनीमा भाग लिन विदेश गएका हुन् । अन्तर्राष्ट्रिय सन्धि, द्विपक्षीय कूटनीतिक वार्ता र मन्त्रीस्तरीय सम्मेलनमा गएका उदाहरण थोरैमात्र छन् ।

साहको पछिल्लो भ्रमणले त मन्त्रिपरिषद्ले बनाएको विदेश भ्रमण निर्देशिकासमेत उल्लंघन गरेको छ । निर्देशिकाले भ्रमणमा बढीमा तीन जनाको सीमा बनाए पनि उनको टोलीमा ७ सदस्य छन् ।

यस अवधिमा विदेश नगएका मन्त्री चार जनामात्रै छन् । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, युवा तथा खेलकुदमन्त्री गोपाल शाक्य, वन तथा भूसंरक्षणमन्त्री किरण गुरुङ र शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दश शर्मा मन्त्रिपरिषद्का अपवाद पात्र हुन् ।

यसबीच प्रधानमन्त्रीले चारपटक, तीन मन्त्रीले तीनपटक, पाँच मन्त्रीले दुई र बाँकी नौ जनाले एकपटक विदेश भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल राजकीय भ्रमण र बिमिस्टेक सम्मेलनमा भाग लिन दुईपटक भारत, ओलम्पिकको समापनका लागि चीन र संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका थिए ।

तीनपटक विदेश भ्रमण गर्ने मन्त्रीहरूमा उपेन्द्र यादव, विजयकुमार गच्छदार र जयप्रकाशप्रसाद गुप्ता छन् । यस्तै दुईपटक विदेश जानेमा बाबुराम भट्टराई, हिसिला यमी, गिरिराजमणि पोख्रेल, लेखराज भट्ट र रामचन्द्र झा छन् ।

मन्त्रीहरूको विदेश सयर सस्तो छैन । होटल, दैनिक भत्ता, पकेट खर्च, भैपरी भत्ताका नाममा राज्यकोष खर्चिने गरिएको छ । मन्त्रीले विदेश भ्रमणमा होटलसहित दैनिक भत्ता करिब १५ हजार ८ सय -२ सय अमेरिकी डलर) पाउँछन् । सुरक्षाका कारण धेरैजसो मुलुकले निश्चित क्षेत्रबाहिर बस्न नदिने हुँदा उनीहरू महँगा होटलमा बस्ने गरेका छन् ।

होटलका लागि करिब ३९ हजार ५ सय रुपैयाँ -५ सय डलर) सम्म भुक्तानी गर्नुपरेको अर्थ मन्त्रालय स्रोत उल्लेख गर्छ । बिलअनुसार होटल खर्च र थप ४० प्रतिशत खाना खर्च रकम उपलब्ध गराइँदै आएको मन्त्रालयका एक अधिकारीले बताए ।

माओवादी नेतृत्वको सरकारले विदेश भ्रमणमा भैपरी खर्च नलिने निर्णय गरेको थियो । यो निर्णय अर्थमन्त्री भट्टराईबाहेक अधिकांश मन्त्रीले पालना गरेका छैनन् । 'मन्त्रीहरूले मन्त्रिपरिषद्बाट पटके निर्णय गरी सरकारी कोषबाट रकम लिएका छन्,' ती अधिकारीले भने । भैपरी खर्चबापत एकपटकमा ५ सय डलर प्राप्त हुन्छ । भट्टराईले यही मंसिरमा कतारमा भएको चार दिने सम्मेलनमा पनि उक्त खर्च लिएनन् ।

खर्चकै कारण रक्षामन्त्री रामबहादुर थापाको चीन भ्रमण विवादित बन्यो । उनी चिनियाँ सरकारको आतिथ्यमा असोजमा चीन जाँदा त्यहीँको सरकारले खर्च बेहोरेको थियो । तर राज्यकोषबाट पनि रकम बुझेपछि भट्टराई

नेतृत्वको अर्थ मन्त्रालयले त्यसबारे प्रश्न उठाएको थियो ।

केही मन्त्री आफ्नो कार्यक्षेत्रबाहिरका कार्यक्रम र मन्त्रीको हैसियतमा जान आवश्यक नभएका कार्यक्रममा समेत गएको उच्च सरकारी स्रोतको दाबी छ । हालै स्थानीय विकासमन्त्री रामचन्द्र झाले भाग लिएको मलेसियामा आयोजित तेस्रो एसियाली दैवीप्रकोप व्यवस्थापन सम्मेलनको निमन्त्रणा गृहमन्त्री वामदेव गौतमलाई आएको थियो । तर उनले कार्यव्यस्तता देखाएर झालाई पठाए । उनी भारतमा भएको मैथिली भाषासम्बन्धी कार्यक्रममा समेत पुगे । सामान्य प्रशासनमन्त्री पम्फा भुसाल पनि कार्यक्षेत्रबाहिरको कार्यक्रममा गएकी थिइन् । प्रधानमन्त्रीसँगै रहेको बालबालिका तथा समाज कल्याण मन्त्रालयमा आएको निमन्त्रणामा ब्राजिलमा भएको यौन दुव्र्यवहारविरुद्धको तेस्रो विश्व सम्मेलनमा उनले भाग लिइन् । ब्राजिल जाँदा अमेरिका पनि निस्कन उनले दिएको भिसा आवेदनचाहिँ स्वीकृत भएन । पदीय मर्यादा ख्याल नगरी मन्त्रीहरू विदेश भ्रमणमा जाने प्रचलन रोक्न एक महिनाअघि परराष्ट्र मन्त्रालयले परिपत्र जारी गरेको थियो । त्यसमा विदेश जानुअघि परराष्ट्रलाई जानकारी गराउनुपर्ने उल्लेख थियो । परराष्ट्रका एक अधिकारीका अनुसार, मन्त्रीहरू विदेश पुगिसक्दा पनि त्यहाँस्थित नेपाली राजदूतलाई समेत थाहा नहुने स्थिति आएपछि परिपत्र गर्नु परेको हो ।

कतिपय अवस्थामा 'प्रोटोकल' नमिल्ने कार्यक्रममा मन्त्री सहभागी भइदिँदा मुलुककै बेइज्जत हुने स्थिति आएको ती अधिकारीले बताए । 'परराष्ट्रलाई पूर्वजानकारी भएमा दूतावासमार्फत मन्त्री सहभागी हुनु राम्रो हो/होइन बुझेर सुझाव दिन सकिन्छ,' उनले भने, 'त्यसपछि मात्रै भ्रमण तय गर्नु राम्रो हुन्छ ।'

परराष्ट्र प्रवक्ता सुरेश प्रधानले परराष्ट्रलाई जानकारी गराएर जाने विषय अन्तर्राष्ट्रिय मान्यताअनुरूप भएको बताए । 'जानकारी नगराई जाँदा के भयो भन्ने थाहा हुँदैन, कतिपय अवस्थ्ाामा त्यसको जवाफ परराष्ट्रले दिनुपर्छ,' उनले भने, 'रेकर्डका निम्ति आवश्यक भएकाले पनि सात बुँदे निर्देशिका जारी गरिएको हो ।'

कुन मन्त्री कतिपटक ?

प्रधानमन्त्री दाहाल  ४

गणेश साह  ५

उपेन्द्र यादव  ३

विजय गच्छदार  ३

जयप्रकाश गुप्ता  ३

बाबुराम भट्टराई  २

हिसिला यमी  २

गिरिराजमणि पोख्रेल २

रामचन्द्र झा  २

लेखराज भट्ट  २

रामबहादुर थापा, कृष्णबहादुर महरा, अष्टलक्ष्मी शाक्य, देव गुरुङ, राजेन्द्र महतो, पम्फा भुसाल, रेणुकुमारी यादव र गोपाल किराँती १/१ पटक

विदेश नगएका ः वामदेव गौतम, गोपाल शाक्य, किरण गुरुङ र जनार्दन शर्मा


 
Posted on 12-10-08 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think Maoists govt. is more shameless than this video.

http://revver.com/video/424949/hot-and-sexy-model/

 
Posted on 12-10-08 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोरीका गाडी माओवादी चढ्दै....
भैरहवा।
सरकारले नेतृत्व गरिरहेको नेकपा माओवादी र उसका भातृ संगठनहरुले भैरहवाबाट सयौं चोरीका गाडी भित्र्याएका छन्। विना भन्सार छलेर नेपाल भित्र्याएका ती गाडीहरु माओवादीका विभिन्न नेता तथा भातृ संगठनका प्रमुखहरुले चढीरहेका छन्। भैरहवाबाट मात्रै भारतीय विभिन्न कम्पनीहरुका मारुती, स्करपीयो लगायत गरी ३ सय ८९ वटा गाडी नेपाल भित्रिएको स्रोतको दावी छ। त्यसैगरी ३ सय ८९ वटा मध्ये ८४ वटा त स्करपीयो मात्र रहेको छ। भैरहवाबाट चोरी र तस्करीका गाडी मात्र नेपाल नभित्रिइ मोटरसाइकलहरु विभिन्न व्राण्डका पनि भारी मात्रामा भित्रिएका छन्।   भैरहवाबाट मात्रै ४ सय ११ वटा मोटरसाइकलहरु भित्रिएको समाचार स्रोतले बताएको छ। पल्सर, यमाहालगायतका मोटरसाइकलहरु रहेका छन्। भारतबाट तस्करी गरी ल्याइएका गाडीलाई नक्कली राजश्व तिरेको कागज बनाउँदै माओवादीले धमाधम वैधानिक बनाउन थालेका छन्। चोरी तस्करीका गाडी चढ्नेहरुलाई भने सरकारले अहिलेसम्म कारवाही त परै जाओस् पक्राउ समेत गर्न सकेको छैन।

w w w (dot)abc(dot)com(dot)np


 
Posted on 12-13-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoists for better Nepal... ha ha.. what a joke.

 
Posted on 12-13-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prachandea.. is planning to go jungle again.. haven't u guys updated with the news.. lol.. i don't know what's next??
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters