[Show all top banners]

chanty399

More by chanty399
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Madhav Kumar Nepal must tell to Nepali People,PM post is important or country?,
[VIEWED 8118 TIMES]
SAVE! for ease of future access.
Posted on 05-09-10 5:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उद्योगी-व्यवसायीसँग प्रधानमन्त्रीको दुई शर्त/'आजै दाहाललाई पत्र पठाउछु'

    कान्तिपुर संवाददाता

    काठमाडौ, वैशाख २६ - सरकार प्रमुखको हैसियतले राजनीतिक समस्याको निकास निकाल्न अनुरोध गर्न पुगेका उद्योगी-व्यवसायीलाई प्रधानमन्त्री माधवकुमार नेपालले दुई शर्त राखेका छन् ।  

    'विगतको सम्झौता पालना गर्न लगाउनुस । सेना र अर्ध सैनिक संरचनाको अन्त्य गर्न लगाउनुस । यि दुई कुरा माओवादीलाई गर्न लगाउने जिम्मा लिनुस ।  समाधान दिन  तयार छु ।' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सरकार प्रमुखकको हैसियतले राजनीतिक समस्याको समाधान गर्न अनुरोध गरेपछि प्रधानमन्त्रीले भने, 'यी दुई कुरा पूरा भए अरु दलको जिम्मा म लिन्छु । समस्या समाधानको बाटो खुल्छ ।'

    जोशीले माओवादीले आम हड्ताल फिर्ता लिए प्रधानमन्त्रीले राजीनामा दिने कुरा आफूहरुले सुनेको नेपाललाई बताए लगत्तै उनले राजीनामाको कुरै नउठेको दाबी समेत गरे । जोशीले माओवादीले बल सरकारको कोर्टमा छ भनेकाले प्रधानमन्त्रीले छिटो सहमतिको बातावरण बनाउन अनुरोध गरेका थिए । उनले मुलुक भयानक दुर्घटनामा फस्ने सम्भावना देखिएको भन्दै त्यो अकल्पनीय दुर्घटनाबाट ब्यापार-व्यवसाय मात्र नभइ मुलुककै भविष्यमा प्रश्न उठेको प्रधानमन्त्रीलाई सुनाएका थिए । तर प्रधानमन्त्रीले माओवादीले सहमतिको कुरा गरेर धम्की र हिंशाको तरिका अपनाएको भन्दै माओवादीले दलहरुको विश्वास जित्नुपर्ने बताएका थिए । उनले शिविरमा रहेका माओवादी लडाकुहरुलाई राज्यले सधै पालिरहन नसक्ने भन्दै ब्यवसायीहरुलाई ब्यंग समेत गरे । उनले भने, 'कि उनीहरुलाई पाल्ने ,राख्ने जिम्मा तपाईहरु लिनुस । उनीहरुको लागि उद्योग छुट्याउनुस ।' जवाफमा जोशीले सहमति बने उनीहरुलाई रोजगारको व्यवस्था गर्न उद्योगी-व्यवसायीहरु तयार रहेको बताएका थिए ।प्रधानमन्त्रीले नयाँ यात्रा प्रारम्भ गर्ने हो भने सबै बिषयमा खुल्ला बहस गरेर शक्ति बाँडफाँडमा छलफल गर्न सबै तयार हुनुपर्ने बताए । जोशी सहित उद्योगी- व्यवसायीहरुको एक टोली सहमतिको लागि दवाव दिन आइतबार प्रधानमन्त्री निवास पुगेको थियो ।  यसैबीच राष्ट्रिय समाचार समितिले उक्त भेटमा प्रधानमन्त्रीले आजै आफूले विपक्षी दलका नेता पुष्पकमल दाहाललाई पत्र पठाएरै वार्ता र सहमतिबाट समस्या समाधान गर्न आग्रह गर्ने जानकारी गराएको उल्लेख गरेको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार कुनै पनि समस्याको समाधान संसदभित्रबाट खोज्नुपर्नेमा जोड दिदै प्रधानमन्त्री नेपालले सडकका अगाडि आफूले घुँडा नटेक्ने स्पष्ट पारे ।

    'हामी मुठभेडमा जान चाहादैनौ'- प्रधानमन्त्री नेपालले भने 'यदि चाहेको भए बल प्रयोग गर्न सकिन्थ्यो होला । भीड पन्छाएर सिंहदरबार जान सकिन्थ्यो होला । तर, मैले मन्त्रीहरूलाई भने- 'बरु बिहानै जानूस्, मन्त्रालयमै बस्नूस् वा निवासमै बस्नूस् । तर, मुठभेड नगर्नूहोस् । त्यसलाई प्रतिष्ठाको विषय बनाउनु हुादैन । मैले मुठभेड रोक्न यस्तो निर्देशन दिएको हुँ ।'

     


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    NRN card pros and cons?
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    TPS To F-1 COS
    TPS to F1 Status.
    Nepal TPS has been Extended !!!
    legal Query for married nepali girl now have taken US citizenship
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    2020 : Why No Trump !
    #MAGA#FAFO is delicious
    TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    Democrat lies revealed
    Nepal TPS decision
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
    TPS Sakiyo Tara Case is in Court.
    Medication from Nepal to USA
    Supreme Court allows Trump to end TPS for Venezuelans
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters