[Show all top banners]

chainpure1
Replies to this thread:

More by chainpure1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बुद्ध भारतमा जन्मिएको देखाउन भारतको प्रयास ‘वालुवामा पानी’
[VIEWED 15742 TIMES]
SAVE! for ease of future access.
Posted on 02-01-11 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आज यो खबर दैनिकी पत्रिकामा देखेर सार्है खुशी लाग्यो र साझावासीमाझ बाँड्न मन लाग्यो। आशा गरौं यो कामको नतिजा नआउन्जेल बिना बाधा बिघ्न पुर्ण होस। काठमाडौं, २ जेठ (दैनिकी) बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ । हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो। बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ । एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ । त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।

source: http://dainikee.com/newsdetail-19929.html#
Last edited: 01-Feb-11 07:23 PM

 
Posted on 02-01-11 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यस्तो समाचार सुन्न पाए पो मन पनि आनन्द हुन्थ्यो ...जैलेई सुन्यो उई उई ..
धन्यवाद 
अनि त्यो लिंक(link) यहाँ टाँसीदिनु भएको भए हुन्थ्यो नि ..


 
Posted on 02-01-11 7:27 PM     [Snapshot: 34]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://dainikee.com/newsdetail-19929.html#

la aba chahin bharat le je gare pani na
sakne bho

 
Posted on 02-01-11 8:56 PM     [Snapshot: 131]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-11 10:28 PM     [Snapshot: 202]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 01-Feb-11 10:33 PM

 
Posted on 02-02-11 1:19 AM     [Snapshot: 328]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is this a credible source? yesta jharpat partrika le jpt lekhidincha. esto news bhaye ta aru newspaper le pani lekhnuparne ho ta.
 
Posted on 02-02-11 10:57 AM     [Snapshot: 499]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo samachar chapiyeko 9 months bhayecha. Khoi ailey samma k k pramarit bhayo ta? JPT samachar.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters