[Show all top banners]

Patan
Replies to this thread:

More by Patan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

tic_tac_toe
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 स्वास्नी नेपालमा, लोग्ने विदेशमा ‘फलानी’सँग
[VIEWED 6680 TIMES]
SAVE! for ease of future access.
Posted on 03-14-12 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येस लेखको बिषयबस्ति समसामयिक लाग्यो| अम्रिका मा बस्नेमा पनि एस्तो हुने सबैलाई अवगत नै छ


स्वास्नी नेपालमा, लोग्ने विदेशमा ‘फलानी’सँग

नेपालमा राजनीतिक व्यवस्थाहरु परिवर्तन भए, नेताहरुको जीवन स्तर सुध्रियो तर सामान्य जनतालाई त्यसले केही पनि असर गरेन। हिजो पनि उस्तै, आज पनि उस्तै। नेपालीहरुलाई रोजगारीको अवसर पाउन विदेश जानु पर्ने बाध्यता भयो। पछिल्ला वर्षहरुमा लाखौँ नेपाली विदेशिएका छन्। देशको अर्थव्यवस्थालाई मध्यपूर्वमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरुको रेमिट्यान्सले ठूलो योगदान गरेका छन्। तर रेमिट्यान्सको पैसासँग मात्र यो सम्बन्धित छैन। यसले कयौँ सामाजिक समस्या पनि निम्त्याएका छन्। पति विदेशिएका पत्‍नीहरु नेपालमा ‘बिग्रिएका’ कयौँ प्रतिनिधि खबरहरु पत्रपत्रिकामा आइरहन्छन्। तर के विदेशिएका पतिहरु चाहिँ सँधै चोख्खै रहन्छन् त ? कसरी टुट्दैछ परिवार, परम्परागत मान्यता- युएईबाट खेमनाथ पौडेलले सुनाएको अनुभव पढ्नुस्, विदेशिएका पतिहरु पनि ‘बाहरवाली’सँग कसरी सल्किएका हुन्छन्।

• यूएईका नेपाली भेटिने प्रत्येक पार्कमा आजकल जोडी बिनाका नेपालीहरु प्रायः कमै हुन्छन्। हेर्दा विवाहित लाग्ने महिलाहरु पनि खुल्लमखुल्ला अंगालो हालेर गफ छाँट्दै छाडा भइरहेका हुन्छन्।
• “के गर्ने हजुर प्रवासमा आएको ८ वर्ष भयो। जवानी कति सुकाएर बस्ने ? वर्षको १ महिना विदा हुन्छ। नेपाल जाँदा त्यतिकै समय बित्छ। प्रवासमा ‘बाहरवाली’ नबनाए त यो जवानी त्यतिकै खेर जाने भयो नि। बाध्यता,” उनले सुनाए।
• फेसबुकबाट एक जना चितवनका साथीले काठमाडौँकी रैथाने केटीलाई साथी बनाए। घरमा श्रीमती तथा छोरा हुँदाहुँदै पनि उनी ती केटीसँग यति नजिक भए कि कम्पनीबाट १५ दिनको विदा मिलाएर नेपाल गए। आउँदा क्यामेरामा अश्लील फोटाहरु देखाउँदै भने, यसपालिको जस्तो मज्जा कहिल्यै भएन। उनी घर हैन नगरकोटको होटलमा रात बिताएर फर्केका रहेछन्।
• अहिले प्रवासिएका प्रायः नेपालीहरु बाहरवालीको खोजीमा बढी तल्लिन रहन्छन्। वर्ष दिनमा विदामा जानु पर्ने भएतापनि बाहरवालीले मन बुझाएपछि घर फर्कन पनि कतिपयले क्यान्सिल गरेको पनि देखिएको छ।


घरवाली नेपालमा बाहरवाली प्रवासमा

-खेमनाथ पौडेल/ यूएई-

गत हप्ता साथीहरु मिलेर अबुधावीबाट अर्को स्थानमा जाने योजना बनायौँ। अलि टाढा भएको हुनाले ट्याक्सीमा जाने योजना भयो। संयोगवस ट्याक्सी ड्राइभर नेपाली नै हुनुहुँदो रहेछ। घर बुटवल रहेछ।

‘ए, नेपाली नै हुनुहुँदो रहेछ हजुरहरु नमस्ते’, उनले भने।
हामीले पनि नमस्ते फर्कायौँ। अनुहारका छालाहरु चाउरी परेका जस्ता देखिन्थे। हेर्दा लगभग चार दशक लाग्थे उनी। तर बोलीमा भने चमक थियो।

गुरुजी घर कहिले जाने? प्रश्न सोध्यौँ। ‘आ, केको घर जानु, सबै कुरा यही सेटिङ्ग भएपछि’ उनको जवाफ।

कुरा बुझिनँ। ‘छोराछोरीहरु क्याम्पस पढ्न थाले। अब घरकी बुढीलाई के हेर्नु, विदेशमा नै ‘बाहरवाली’ भएपछि त के चाहियो?

उनको यो कुराले मलाई कौतुहल जाग्यो। अनि उनको कुरामा कुरा मिलाउँदै अगाडि बढ्यौँ। तपाईँलाई कुन देशकी बाहारवाली चाहियो भन्नु न, रुम तपाईँ मिलाउनुहोस् म बाहरवाली मिलाउँछु- नेपाली, फिलिपिन्स, अन्य देशका। अचम्म लाग्यो।

उनी भन्दै थिए- ‘हेर्नुहोस् हाम्रो पेशा यस्तै छ, कस्ता, कस्ता प्यासेन्जर भेटिन्छ थाहा हुँदैन। कहिले काही त मातेर आउछन् र ट्याक्सीमा चढ्ना साथ सेक्सको कुरा गर्छन्। नेपाली महिलाहरु जानी नजानी, अंग्रेजी र हिन्दीमा कुरा छाँट्छन्।

भर्खरैको घटना सुनाए उनले, “फिलिपिन्सलाई साथी बनाउन अति सजिलो, हाई हेलो गर्दैमा साथी बनिहाल्ने। घरमा तीन छोराछोरीका आमा यहाँ भने कन्या जस्ता देखिन्छन्। कुरा नढाँटी भनेँ- मेरो घरमा छोराछोरी क्याम्पस पढ्न थाले। उसले पनि थपी, ‘मेरो पनि त्यस्तै हो, तर यहाँ त कोही छैनन् नि। तिमी पनि खाली, म पनि खाली। अनि सेटिङ्ग मिलिहाल्यो। तपाईँहरुलाई पनि आवश्यक परे मेरो नम्बर लिनुहोस्। कोठा तपाईँको मैया मेरो।” अचम्म परेँ उनको यो कुराले।

लुलु हाईपर मार्केटमा कार्यरत एक जना मित्र दिउँसोको जागिर पछि बेलुका रुममा नआई अन्तै जाने गरेको लामो समय भयो। एक दिन उनलाई विस्तारै बुझ्दा उनले फिलिपिनो साथी बनाएका रहेछन्। हप्ताको ३ दिन जानै पर्ने तर खर्च गर्नै पर्दैन उसैले सबै सेयर गर्छे। मंगलबार त उसको छुट्टी हुने, रुममा कोही पनि नभएको हुनाले मैले पनि मंगलबार छुट्टी मिलाएर जाने गर्दछु। घरमा छोराछोरी ९, १० पढ्दै छन्। हेर्दा उनको उमेर लाग्थ्यो ३५ काटेको, अनुहार फिलिपिन्सकै जस्तै देखिने कतिपयले पारे पनि भनेर बोलाउने सुनाए।

“के गर्ने हजुर प्रवासमा आएको ८ वर्ष भयो। जवानी कती सुकाएर बस्ने ? वर्षको १ महिना विदा हुन्छ। नेपाल जाँदा त्यतिकै समय बित्छ। प्रवासमा ‘बाहरवाली’ नबनाए त यो जवानी त्यतिकै खेर जाने भयो नि। बाध्यता,” उनले सुनाए।

फेसबुकको माध्यमबाट एक जना चितवनका साथीले काठमाडौँकी रैथाने केटीलाई साथी बनाए। कुरा गर्दै जाँदा उनीहरु एकआपसमा अति नै नजिकिए। घरमा श्रीमती तथा छोरा हुँदाहुँदै पनि उनी ती केटीसँग यति नजिक भए कि कम्पनीबाट १५ दिनको विदा मिलाएर नेपाल गए, तर घरमा हैन, नगरकोटको एक होटलमा। त्यही केटीसँग रात बिताई उनी फर्के। आउँदा क्यामेरामा अश्लील फोटाहरु देखाउँदै भने, यसपालिको जस्तो मज्जा कहिल्यै भएन। तर घरमा थाहा भएन उनी नेपालमा नै बाहरवालीसँग १५ दिन बिताएको।

झापाका भूपू भारतीय सेनाका जम्दार अबुधावी पुलिसमा आएको ३ वर्ष भयो। हेर्दा ३० वर्षे जस्तो देखिने ४० नाघ्नै थालेका रहेछन्। गत हप्ता उनी भौँतारिँदै रुममा अपरिचित तरिकाले आइपुगे। ‘तपाईँ पत्याउनुहुन्न मेरी नातिनी छे’, उनले भने। अचम्म लाग्यो, उनको उमेरले लाग्थ्यो भर्खरै विवाह गरेका हुन्। अचानक उनी नजिकैको अबुधावीको इमिरेट्स प्लाजामा पुगेछन्। नसाले लठ् एक चाइनिजको साथमा रात बिताएछन्। तर बिहान उठ्दा उनको साथमा भएको पर्स, झोला सबै हराएछ। उनले अतालिँदै भने, मेरो कार्डहरु थियो, त्यो पनि हरायो। लाहुरे र ड्राइभरको जिन्दगी यस्तै हुन्छ। उनको भनाई सत्य थियो। घरमा श्रीमती हुँदाहुँदै पनि उनी यसरी प्रवासमा बाहारवालीसँग हप्तै पिच्छे भौँतारिरहेका थिए। चाइनिजहरु विश्वासिला हुन्छन्, उनीहरुले यस्तो काम गर्दैनन्, उनले शंका गरे- चाइनिज मिलाइदिने बंगालीमाथि।

दुवईमा विगत ३ वर्ष सँगै बस्ने एक जना साथीले एक दिन दुवईको रात्री जीवन हेर्न जाउँ भने। नजिकै रहेको अष्टोरिया होटल, रसियन होटल, योर्क होटल आदीका नजिकै झुम्मझुम्म पुरुष महिलाहरु एक आपसमा कुराकानी गर्दै गरेको देखेँ। विभिन्न देशका ती महिलाहरु प्रायः अरबीहरु र गाडी लिएर आएकालाई आँखा लगाई रहेका थिए। तिनै महिलाहरुले अष्टोरिया होटलमा भन्दा आधा रकम कममा अन्य होटलमा मोलतोल गर्दा रहेछन्। नडराई म एक इन्डोनेसियनलाई मोलतोल गर्न थालेँ। गफैगफमा एक रातको १ सय दिह्राममा कुरा फिक्स भयो। लाग्थ्यो उमेरले ३५ काटेकी जस्तो। के गरौँ, कसो गरौँ भयो, चिट-चिट पसिना आयो। कसरी यो केटीसँग छुटकरा पाउँ भन्ने सोच्न थाले। लाजै नमानी उसले मेरा अंग प्रत्यङ्ग छुन थाली। ओहो? मेरो श्रीमती मेरो दीर्घ जीवनको कामना गर्दै ब्रत बस्ने म भने …… उति नै खेर म त्यहाँबाट बहाना बनाएर निस्कन बाध्य भएँ। आखिर म पनि प्रवासमा नजानिँदो तरिकाले बाहरवालीकै खोजीमा थिएँ।

अबुधावीको एक कम्पनीमा कार्यरत नवलपरासीका युवकको विवाह भएको ६ वर्ष भयो तर उनी विदेश आएको भने ८ वर्ष। वर्षको १ पटक नेपाल फर्कने पनि गर्दछन्। एक दिन उनीसँग भलाकुसारी गर्ने मौका मिल्यो। खालेदिया मलमा किनमेल गर्दा त्यहाँ सफाई गर्ने एक नेपाली महिलासँग उनी ठोक्किन पुगे। करिब १ महिनापछि उनले शुक्रबार पारेर उनलाई अबुधावी बोलाए। हामी कोठामा खाना खाइरहेका थियौँ। उनले ती महिलालाई बोलाए, मलाई थाहा थिएन उनी तिनै महिला थिइन् भनेर। साथीहरुले उनलाई १ घण्टाको लागि रुम छोडिदिए। अचम्म लाग्यो आफ्नो रुम अरु कसैलाई मस्ती गर्नको लागि छोड्नु पर्ने। उनले उनी मात्र होइन, अन्य बाहरवालीहरुसँग यसरी नै मस्ती लुट्दा रहेछन्। विदेशमा मात्र होइन, नेपालमा छुट्टीमा गए पछि पनि श्रीमतीलाई ढाँटेर पोखरासम्म पुग्दा रहेछन् तिनै मैयाहरुसँग।

तनहुँका एक जना साथी साउदी अरब गएको करिब ८ बर्ष भयो। ४ वर्षपछि उनी नेपाल फर्के। घरमा छोरी हलक्कै बढेकी थिइन्। उनलाई घरकी बूढीको त्यति माया लागेन। केही समयपछि उनी फेरि साउदी अरब नै फर्के। पछि उनले झापाकी एक महिलालाई प्रवासमा नै बाहरवाली बनाई सकेका थिए।

यूएईका प्रत्येक पार्कमा जहाँ नेपालीहरु भेटिन्छन्, आजकल ती ठाउँहरुमा जोडी बिनाका नेपालीहरु प्रायः कमै हुन्छन्। हेर्दा विवाहित लाग्ने महिलाहरु पनि खुल्लमखुल्ला अंगालो हालेर गफ छाँट्दै छाडा भइरहेका हुन्छन् जसलाई देख्दा अरु नेपालीहरुलाई अप्ठ्यारो परेको देखिन्छ। गत हप्ता यस्तै कृयाकलापका कारण दुबई पुलीसले त्यस्ता जोडीहरुलाई बढी कडाईका साथ निगरानी राख्न थालेको खुल्न आएको छ।

अहिले प्रवासिएका प्रायः नेपालीहरु बाहरवालीको खोजीमा बढी तल्लिन रहन्छन्। वर्ष दिनमा विदामा जानु पर्ने भएतापनि बाहरवालीले मन बुझाएपछि घर फर्कन पनि कतिपयले क्यान्सिल गरेको पनि देखिएको छ। घरवाली वर्षौदिनसम्म श्रीमानको प्रतीक्षामा रहेतापनि श्रीमान् भने बाहरवालीको चक्करमा घरवालीलाई मर्लक्कै भुलेका कतिपय घट्नाले दर्शाउँछ। श्रीमानले विदेशमा बाहरवालीको सहायता लिएजस्तै श्रीमतीले पनि नेपालमा बाहरवालाको सहायता लिए भने कुनै नौलो घट्ना भने लाग्ने छैन हाम्रो समाजमा। महिनाभरीको तलब यसरी बाहरवालीलाई खर्च गरेमा घरवालीले कसरी धान्ने घर?

 
Posted on 03-14-12 12:47 PM     [Snapshot: 199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it is just a piece of shit...tyo ta nepalmai basne manchhe haruma external affair hunchha ni.....

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters