नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ । फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस । सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा । देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।
आज को दिन साह्रै खराब........................ नेपालले क्रीकेट पनि हार्यो, फूटबल पनि सुसाइड गोल गरेर हार्यो अनि आजै फेरी चौतारी मा पोस्ट गर्दा काम नै बिगृयो................ खै ...के........................ भाको आज
चौतारीमा भेँडियो देखाउने हो भने भेँडियो राख्नु भन्दा अगाडि माथि यसो क्यै फलाक्नु पर्छ के, अनि चौतारी ढल्किदैन। माथि क्यै नलेखी झ्वाट्टै टाँस्यो भने कुरो बिग्रिन्छ।
पून्टेदा ले नबोलएनि पून्टि भौजुले बोलौनु भ'को थियो के दर खानलाइ। म त दर् नि खाए अनि पून्टि ठुल्भौजु तीजको गीतमा नाचेको पनि हेरेर आए । त्यो के जाति भिडिया नि खिच्यारे'छन् के । म त त्यो भिडिय नि लिएर आ'छु ह्जुरहुरले हेर्निभे'सि हेर्णुस् के
आपताउनगाल: नेपालबाट दाजु(चित्रे)ले शिरबन्दी ल्याएका नेपालबाट दाजु(चित्रे)ले शिरबन्दी ल्याएका किन दिन्थिन् भाउजु(तितौरी)ले लाइन् बरिलै किन दिन्थिन् भाउजु(तितौरी)ले लाइन् बरिलै मेरो तिजको रहर गयो बरिलै मेरो तिजको रहर गयो बरिलै मेरो तिजको रहर गयो बरिलै ...
तितौरी: वर्ष दिनको तिजमा बाबा(पुन्टे बा) लिन आएका वर्ष दिनको तिजमा बाबा(पुन्टे बा) लिन आएका हाम्री बज्यै पापिनीले सारी लुकाइन् हाम्री बज्यै पापिनीले सारी लुकाइन् मेरो तिजको रहर गयो बरिलै मेरो तिजको रहर गयो बरिलै मेरो तिजको रहर गयो बरिलै ...
छ्या, यो दादा पनि के भन्या तेस्तो , चित्रे त मेरो चै दाइ हो नि अनि ठुल्नानि चै बरु हिहिहि हुनेवाला ....... हो के कस्तो सन्सारै उल्टोपाल्टो पारिदिनु भा'होला हरे :( :( :( :( :( :( :( :( :(
फर्मला लम्बर १. मैना = हुनेवाला चित्रीनी २. मैना = आपताउनगाल
कुरो सकियो.
३.तितौरी=कुम्ली
यहाँ २टा and only २टा जोडी छन् क्या!
४. चित्रे neither attracts no repeals तितौरी 5. कुम्ले neither attracts no repeals आपताउनगाल 6. कुम्ले repeals चित्रे (Both North Poles) 7. तितौरी repeals आपताउनगाल (Both South Poles)
अहँ अझ भएन !!! तपाइ लाइ गीत् बनाउन लाइ न हो पख्नुस् म राम्रो फर्मुला भन्दिन्छु - "भौते + जुरेलि" नाम् सुन्दै गीत् गाउ गाउ लाग्ने किन अरु खोज्दै हिन्नुहुन्छ नि :D
हन, यो सर्दि मरेनि बिसेक भएन, गाँठे। झन् झन् चर्किंदै आओ। मिस् ईन् द भिउस् नै दल्न पर्ने हो कि के मुईले नि?
कुम्लेलाई परन गरेको फोटा त भेटिम् के रे। तर ऊ जमानाको, तो डिजिटल सिजिटल नहुँदो बेलाको परो। फोटाको नि फोटा खिचेर चईनि राख्नु पर्च। अब यो राताँ खिच्दा त फेरि फोटाँ फिलास टल्केर आँखै खाने होला के रे, भोलि मत्र टाँसुम्ला।
अलि सन्चो छैन के, सर्दि ला’र। अनि अस्ति अस्ति “मिस ईन द भिउस” को निकै चर्चा भइरा’थ्यो। मेले नै राँरी नबुझ्या हो कि? VICKS दलेर सुत्ने अवस्थाँ पुगेछु के रे, तेसैले “मिस ईन द भिउस” नै दल्दिम, अनि भोलि ज्यान छर्लङ्ग होला भुनेर भनेको। त्यसै त “मिस ईन द भिउस”मा कुनै लुकेको नमीठो अर्थ भा’भे मलाई था’ भएन, कस्सम्!
खै, यतातिर त राम्रैसँग कुरा गर्या जस्तो लाग्छ। मैले पनि बुझिन! http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=241&PageNum=13&forum=271&threadid=34971
पुन्टे दाइ सालीका कुरामा मात्रै दुष्ट हुन्; झन् भौतेले जुरेली जिप्ट्याएदेखि अलि रुष्ट छन्। त्यै भ'र हाम्ले बोराको झोलामा हालेर खोला कटा'का हो। नत्र हुकुमको बास्सा जस्तै खास्साका मान्छे हुन्।
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.