[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 घर

[Please view other pages to see the rest of the postings. Total posts: 137]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 104532 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 02-27-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर

अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो।  मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। "घर जान ला?" संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। "अँ" भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी "कस्को घर?"

बाउले उ त्रि-चन्द्रमा हल्लिदै गर्दा उस्लाई र दाईलाई छुट्टाईदिएका थिए। बस्न त सबै त्यति बेला एउटै घरमा बस्थे तर उस्को र उस्को दाईको छुट्टा छुट्टै घर थियो। दुईटै घरहरु भाडामा दिएको थियो। त्यसबाट आउने भाडा पनि दाजु भाईकै जिम्मा लगाईदिएका थिए बाउले।

"आखिरी ढिलो चाँडो यो दिन आईहाल्छ --" भन्दै बाउले त्यति छिट्टै किन अंशबण्डा  गर्देको होला भन्ने जिज्ञासुहरुको टिप्पणीलाई सम्बोधन गरेका थिए।

त्यो भागबण्डाले प्रकासलाई मात्रै हैन घर परिवारमा कसैलाइ केही असर परेको थिएन। अंशबण्डा कागजी रुपमा भएको थियो। त्यत्ति हो।

केही महिना पछि उस्को दाजु, किरण, राजशाही कलेज पुगेको थियो। प्रकास अझै त्रि-चन्द्रमै हल्लिदै थ्यो। प्रकासले जिन्दगीलाई सायद बेग्लै हिसाबले बुझेको थ्यो। उ महत्वाकांक्षी पटक्कै थिएन। उ एउटा आदर्श मान्छे बन्न चाहन्थ्यो -- कसैले औला उठाउन नसक्ने चरीत्रलाई उस्ले जिवन्त गर्न चाह्न्थ्यो। त्यत्ति हो। त्यो बाहेक जिन्दगीमा यस्तो गर्छु भन्ने सोचाई थिएन उस्को। भोलीको लक्ष्य भनेर पनि केही थिएन। भाडामा आएको पैसा ब्यान्ङ्कमा जम्मा हुन्थ्यो। त्यो पैसा चलाउने उस्लाई आबश्यकता पनि थिएन। बाउ-आमाले दिएको पैसा नै उस्लाई पर्याप्त थ्यो।

बिग्रीएका बाटाहरुमा उ जान चाहेको भए सबै बाटाहरुमा उस्ले स्वागत द्वार देखेको थियो तर उस्ले ति बाटाहरुमा आफुलाई कहिल्यै लगेन। उस्का साथिहरु पनि खासै कोही थिएनन।

बाउले आर्की आईमाईलाई बालाजुमा भब्य घर बनाएर राख्नु अघि देखि नै आमाको आँखामा लागेको बादल र बेला बेला पर्ने ती झरीहरुले उस्को मनमा गहिरो छाप छोडेका थिए। उस्ले आफै सँग बाचा गरेको थियो "म मेरी श्रीमतीलाई कहिल्यै दु:खी बनाउँदिन -- मेरा छोरा छोरीले उनीहरुको आमाको आँखामा उर्लिने बाढीहरु मैले जस्तो कहिल्यै देख्नु पर्ने छैन।"

प्रकासलाई बिदेस जाने रहर कहिल्यै भएन। उ घरमै बस्न चाहन्थ्यो। बाउ बाहिर भनेर बेला बेला बालाजु तिर हराउँथे। त्यस्ता बेलाहरुमा उस्ले आमालाई दु:खी हुन नदिन सधैं कोशिश गर्थ्यो।

किरण पढाइसकेर आयो। उस्को भब्य बिहे भयो। बालाजुकि आईमाई पनि आईन। बिहे पछि किरण चाबेलको घर सर्यो। प्रकास बाउ आमा संगै थ्यो। अचेल उ जागिरे थियो बिदेशी ब्याङ्कमा।

"प्रकास सोझो छ। सोझो पनि अत्ति नै। अचेलको जमानामा त्यस्तो मान्छ्या काम छैन। बाउले घर देकै छन, गाँठ टन्नै छ, तोर्पे लक्कि त लक्कि हो। पर्कासे ठीस त सन्किनलाएछ नी था पाईस? हामी दुईटैले यत्ति तरुनी देख्छम न दिनमा मन ठेगानमा न रातमा, त्यो ट्याबेको चार चार वटा आँखा छन अनि कुस्त गाँठ उस्तै झन कसरी मन थामेको होला--- " यस्तै यस्तै कुराहरु हुन्थे उस्को बारेमा।

उस्को आँखा सानै देखी कमजोर। चस्मा तिन कक्षा पढ्दै देखि लाउँथ्यो। चार-आँखे दर्जा पाएको पनि त्यै बेला देखि उ उस्ले। अचेल त झन पावर बढेर बिना चस्मा सबै धमिलो देख्थ्यो। एक दिन लन्चमा यसो बैंकका सहकर्मीहरु सँग दरबारमार्गमा लन्च खाएर फर्किदै थ्यो कताबाट हो एक्कासी आएको आक्रोसित जुलुसाँ परेर चस्मा खस्यो। खस्नु के थ्यो टुक्रा टुक्रा भैगो। धन्न सहकर्मीहरु साथै थिए। मौकाको कुरा त्यै बेला टोलको एउटा सोमले  हात हल्लाउँदै अभिबादन गरेछ पर्कासेलाई। उस्ले देख्या हैन। सोमले अनि प्रकासे बौलाउन लागेछ क्यारे भन्ने निष्कर्ष निकालेछ र उस्को निष्कर्ष अरु साथिभाईहरु सँग बाँडेछ। साथिभाईहरुले पनि त्यस्मा आ-आफ्नै बिश्लेषण थपेर समाचारलाई अलि मनोरन्जनात्मक बनाए। यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु।

घरमा प्रकासको बिहे छिट्टै गर्दिने कुराले अचेल निक्कै गति लिएको थियो। किरण सात समुद्र पार जाने करिब करिब पक्का भएको थ्यो। प्रकासलाई घराँ "तेरो कोई छ भने भन" भनेको सुनेर उ छक्क पर्या थ्यो। को हुनु उस्को? उस्लाई मन परेकाहरु उस्लाई देखेर झस्किन्थे, उस्लाइ मन नपर्नेहरु भने उ देखेर मस्किन्थे।

आखिर प्रकासेकी फुपुकी जेठीसासुले भनेकै सँग बिहेको कुरा अगाडी बढ्यो। उनीहरुकै जस्तो राम्रो आर्थिक स्थिती भएको परिबार, केटी स्वदेस र बिदेसमा पढेकी तर असाध्यै घरेलु रे भन्थे -- सबै राम्रो रे भन्ने कुरा भो। नामै सुकिर्ती बानी पनि किर्ति नै राख्ली जस्तो छ भन्थिन फुपुकि  जेठी सासु।

प्रकासलाई "अब एक चोटी भेट केटीलाई" भन्दा अलि असजिलो मानेर "पर्दैन" भन्यो उस्ले। त्यै पनि भेटाउने भए फुपुको घरमा। सुकिर्ति भेटने अघिल्लो रात देखिनै उस्लाई उकुस मुकुस भयो।

सुकिर्तिको सुन्दरतामा प्रकास पहिलो हेराईमै पराजित भयो। कौसीमा उस्लाई र सुकिर्तीलाई छोडेर अरु तल ओर्लिए। प्रकासले धेरै बोलेन। सुकिर्तीले धेरै कुरा गरी। सबै राम्रा कुरा। प्रकासले जे जति भन्यो, सुकिर्तीले ति सबै कुराहरु, उस्का सबै आदर्सबाणीहरुको मुक्तकण्ठले प्रसंसा गरी। उस्ले सोचे जस्तै, कल्पना गरे जस्तै पाई रे उस्ले प्रकासलाई भनी। उ मन्त्रमुग्ध झैं भयो।

बिहे हुने भो।

 

 

अब एक हात बिसाम क्यारे ---


 
Posted on 02-27-08 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho deep ji, dherai din pachi darshan paaiyo ni. kya ramro padhda padhdai sakiyeko ta thahai bhayena, aba arko bhaag kahile ta...


 
Posted on 02-27-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro,
Daami chha, its very different from your regular BANGE, SUPARI TWAAK story and enjoying a lot. Dheari nai ramro lagyo.. tara Prakash ali sojho bhayo yaar heheheh

 
Posted on 02-28-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकिर्तीले उस्लाई बाहिरिदै गरेको देखी ......."कस्तो निरस मान्छे होला --" उस्को मनमा यही सोच ओर्लियो तर गीत र नृत्यको झंकारमा त्यो सोच धेरै टिक्न भने सकेन उ फेरी नाँचमा मग्न भई।

प्रकासले घरमा आमालाई आउन अलि ढिलो हुने कुरा सुनायो। उ घर भित्र नआई आमालाई निन्द्रा लाग्दैन भन्ने थाह् थ्यो उस्लाई।

"यत्ति राती भैसक्यो बाबु --धेरै राती राती हिन्नु हुन्न --समय ठिक छैन" आमाले चिन्ता ब्यक्त गरीन अनि सोधिन "तिमीहरु के गर्दैछौ अझै? भोज सकिएन र? खै त सुकिर्ती?"

खै किन हो उस्ले "सुकिर्ती नाँच्दै छे" भन्न सकेन बरु उ "कुरा गर्दै छे --अब हामी एक छिनमा हिन्ने" भन्दै कुरा सक्यो। आमा चै ढिलो नगर्न भन्दै थिईन।

प्रकासलाई त्यो नाँचेको ठाउँमा फर्केर जान मन लागेन। "बिनसित्तिको झ्याँउ झ्याँउ" उ यसै झर्कियो। तर नगएर पनि कता जानु?

उनीहरु त्यहाँबाट निस्किदा राती १:३० भै सक्या थ्यो। सुकिर्तीलाई अहिले नाँचको नशा ओर्लेर अघिका गिलासका नसा चढेका थिए। त्यो अघि लाकि हिल जुत्ता प्रकासलाई बोक्न देकी थिई। सुकिर्तीका तिनै श्वास हुन जस्ले प्रकासलाई बेचैन बनाउँथे अहिले क्रुद्ध बनाउँदै थिए। बाउको रक्सी खाने बानीलाई उस्ले सधैं घृणा गर्यो। सुकिर्ती भने उस्को सहारामा पुरै भर परेर "आई लभ यु भन्दै थिई -- प्रकासले होस भनेर एक दुई चोटी "अँ अँ म पनि" त भन्यो तर पछि भन्न छोड्यो। सुकिर्ती भने अंङ्ग्रेजीमा धेरै नेपालीमा थोरै बोल्दै थिई।

"यस्लाई यो हालतमा आमाले देख्नु भो भने?" प्रकास त्यै चिन्तामा पिरोलिएको थ्यो। सुकिर्ती तिर हेरेर उस्ले मनमनै भन्यो "कस्ती जड्याँ स्वास्नी"।

सुकिर्तीको मामाको छोराले पजेरोमा पुर्याईदिने भो दिदी भिनाजुलाई घर। मोटरसाईकलमा श्रीमतीलाई लाने आँट प्रकासको भएन --सुकिर्ती भने "हुन्छ म सक्छु" भन्दै थिई।

बाटा भरी प्रकासले श्रीमतीलाई चुप गराउन खोज्यो तर सकेन। "तिमी कहिलेई ड्रिङ्क गर्दैनउ?" सुकिर्तीले सोधी। "गर्छु कहिले काहीँ" प्रकासलाई त्यो रक्सीको कुरा गर्या मन परेको थिएन। उस्ले गर्ने ड्रिङ्क पानी अनि जुस जस्ता सादा हुन्थे तर नशालु रंगीन हुन्न थे। त्यो उस्ले भनेन।

" अनि अघि मामाघरमा किन नगर्या त? तिमीले बेज्जत गरेउ था छ? सबैले तिमीलाई बाजे भिनाजु भने -- हा हा हा तिमी बाजे भिनाजु हो?" सुकिर्ती बोल्दै गै। प्रकासले केही भनेन। कति बेला घर पुग्ने हो। आमाले देखे के भन्ने हो भन्दै घोरीँदैथ्यो।

"हो भन्या?" सुकिर्तीले उ सँग अरु ढेस्सीदै सोधी।

"के?" प्रकासले पनि सोध्यो।

"तिमी बाजे भिनाजु हो भन्या?"

मामाको छोराले पनि गिलास त रित्याएकै हो क्यार तर गाडी चलाउँदै थ्यो। उस्ले "ह्या सुकिर्ती दिज्जुलाई अलिकति खानु हुन्न लाग्छ फेरी नखाई पनि हुन्न--खाए पछि सधै यस्तै हो -- बोल्या छ बोल्या छ।"

घरको ढोकामा पुर्याएर मामाको छोरा फर्कियो।

"तिम्रो घर त कस्तो टाढा बुझेउ --अहिले आउला नी छैन भरे आउला नी छैन" सुकिर्तीले घरको मुल ढोका तिर लाग्दै भनी। उस्ले आफ्ना दुबै हातले प्रकासलाई अंगालेकी थिइ। प्रकासले भने एउटा हातमा सुकिर्तीको जुत्ता र झल झल झल्किने रातो पर्स समातेको थ्यो अनि अर्को हातले सुकिर्तीको कुम। ( ...फेरी थप्छु--)

 

 


 
Posted on 02-28-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रकाश र सुक्रिती "रब मिलाए जोडी, एक काना और एक कोडी" नै रहेछन   

 


 
Posted on 02-28-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्योले सुकिर्तीको नशाले लागेको बेलाको वार्तालाप पनि कति प्राकृतिक तरिकाले लेख्नुभएको! मलाइ त 
फिलिम हेरे झैं लाग्यो, शब्दचित्र सलबलाइरहे!

अनि सुकिर्तीलाइ चैं थोरै पिएर धेरै लाग्ने रैछ। अझै पिउने पिराउटिस् गर्नु पर्ने देखिन्छ!

अनि यो भागमा चैं तपाइले प्रकाशको बढि सोझोपनालाइ छायाँमा पारेर सुकिर्तीको उच्छृङ्लतालाइ हाइलाइट गर्नु
भएको छ। कथा भनेको कथाकारले जे जस्तो चित्रण गर्यो त्यस्तै हुने हो, र यो तपाइको कथाकारिताको अनुपम कला हो!

Last edited: 28-Feb-08 11:10 AM

 
Posted on 02-28-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu yo part ni sarai ramro lagyo.


 
Posted on 02-28-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कस्ती जड्याँ स्वास्नी"
बिचरा प्रकाश
 
Posted on 02-28-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रकासले भने एउटा हातमा सुकिर्तीको जुत्ता र झल झल झल्किने रातो पर्स समातेको थ्यो अनि अर्को हातले सुकिर्तीको कुम। ...

जे को डर थ्यो त्यही भयो। भर्याङ चढ्दा चढ्दै आमा सँग भेट भो। प्रकास चै त्यहीँ किला ठोक्या जस्तै भो। सुकिर्तीलाई त्यसरी समाएर ल्याएको देखेर आमाले सोधीन "किन के भो सुकिर्तीलाई?"

"के हुनु नी रमाईलो भयो" सुकिर्ती आफैले जबाफ दिई। प्रकासले मौका पाएन केही भन्ने --हुन त पाएको भए पनि भन्ने केही थिएन। "ल हेर मैले भनेको हैन ढिला भा छैन भनेर --आमा त अझै सुत्नु भा छैन रे छ -- यस्सै अघि देखि ढिलो ढिलो भनेर --कति बज्यो--११?" सुकिर्तीले प्रकासलाई सोधी।

चिन्तीत र किम्कर्तब्यमूढ आमालाई देखेको नदेखे झै गरी प्रकास श्रीमती थाम्दै कोठा तिर लाग्यो। उस्लाई आत्मग्लानी भयो आज। सुकिर्ती तर निक्कै रसरंग धुनमा थिई। केही बेर पछि कोठामा त्यो रसरंग भने प्रकासलाई मन पर्यो।

भोली पल्ट उस्ले आमालाई सम्झायो। सुकिर्तीले उठाएको तरङ्गलाई शान्त पार्न खोज्यो।

केही दिन बिते। शुक्रबारको दिन थ्यो -- प्रकास अफिसमा ब्यस्त। सुकिर्तीको फोन आयो। "आज तिमि छिट्टै आउन है?"

"क्लोजिङगको बेला छ काँ छिटो आउनु नी -- बरु झन ढिलो होला जस्तो छ-- तर किन?" उस्ले सोध्यो।

"मलाई पनि तिम्रो अफिसमा काम खोज्देउ न -- तिमी र म सङ्गै क्लोजिङग गर्ने नी।" उस्ले भनी।

हुन त सुकिर्ती जिस्केकी हो, प्रकासलाई थाह थ्यो तर पनि उ डरायो। यसो अफिसका मान्छेहरु सम्झियो। तर्सियो। यस्ता ब्वाँसाहरु भा ठाममा पनि स्वास्नीलाई काममा लगाउन हुन्थ्यो? फेरी आफ्नी स्वास्नीलाई सम्झियो -- उस्लाई को संग के बोल्ने को सँग नबोल्ने केही थाह् छैन। खाली बोल्न पाए पुग्थ्यो। अफिसमा सुकिर्ती सँग सुबास, मल्ल सर, नारनकाजी, देबे, डेनी सबै झुम्मेका देख्यो। प्रकासले "म एक छिनमा फोन गर्छु" भनेर फोन राख्यो।

एक छिन पछि फेरी सुकिर्तीको फोन आयो। "काम खोज्देको हो मलाई?"

प्रकासलाई हिसाब नमिलेर चिट चिट भै रा बेलाँ। "कत्ति फोन गरी रा?" प्रकास अलिकति झर्कियो।

"ल हेर आफु चै एक चोटी फोन गर्नु छैन कहिलै। ब्या गर्यो बिर्स्यो। झन मैले फोन गर्दा पनि उल्टो रिसाउने" सुकिर्तीले गुनासो गरी।

प्रकासले नरम भएर सोध्यो यस पटक "हैन काममा अल्झेको थिएँ क्या--त्यसैले --सरी-- के भन्नलाई फोन गर्या?"

सुकिर्ती एक छिन बोलीन। प्रकासले स्वर अझ नरम पार्यो। बल्ल सुकिर्ती बोली "आज सुधीरदाई कहाँ बोलाको हैन?"

हो त -- प्रकासले सम्झियो। टेबलमा छरीएका कागज पत्र हेर्यो। काम त निक्कै छ। हुन त त्यो भेटघाटमा उस्लाई त्यति जान मन लाग्दैनथ्यो -- अहिले जान्न भने सुकिर्ती रिसाउने पक्का थ्यो। त्यसैले उस्ले सके सम्म मिठो स्वरमा भन्यो --"हेर न बिर्सेछु मैले त---काम टन्नै छ---तिमी जाँदै गर म उही आउँछु। "

"जान्न म एक्लै--मलाई तिमीसँग जान मन लाग्छ" सुकिर्ती मानीन।

प्रकासले संझायो। म टाक टुक सकेर आईहाल्छु। एकै छिन त हो।

बल्ल बल्ल सुकिर्ती मानी। प्रकासलाई राहत भो। उ धमाधम काम सकाउने तिर लाग्यो। ..........

 

 


 
Posted on 02-28-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के भो त्यसपछि दीप ज्यो? दामी जाँदैछ!
खाँदा खाँदै आधा पेटमा खाना खोसिए जस्तै भो यो त! अर्को भाग चाँडै लेख्नुपर्योऽऽ!


 
Posted on 02-28-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कस्तो सलललल बगेको कथा
फिल्म हेर्या जस्तो
धन्यवाद दीप ब्रो



 
Posted on 02-28-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सुकिर्ती तर निक्कै रसरंग धुनमा थिई। केही बेर पछि कोठामा त्यो रसरंग भने प्रकासलाई मन पर्यो।"
रसरँग धुन ले केटा हरु लाई पगाल्दीहाल्छ। बिचरा प्रकाश के गरोस।
रोचक हुँदै छ् अझै, ल ल पर्भो,भोली सम्मा नकुराँउ त यसरी। टाईप गरी सकियो होला नि अब त। टासौ न छिट्टै।
 
Posted on 02-28-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरो !  प्रकासे, मै जस्तो लाटैलाट--बाटैबाट रे'छ।

फरक स्वाद चाख्न पाइयो दीप-जी। अर्को भागको प्रतिक्षा गर्दै छु।


 
Posted on 02-28-08 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी के भयो त त्यस पछी? अरु पनि जावोस न त .....
कथा राम्रो छ! नौ लो छ ।

 


 
Posted on 02-28-08 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow.......... Fabulous

Nice job Deep Broda Keep it up

Desperately waiting for next episode..........

 

 


 
Posted on 02-29-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बल्ल सुकिर्ती मानी। प्रकासलाई राहत भो। उ धमाधम काम सकाउने तिर लाग्यो। -----

प्रकासले जति जति छिटो काम सकाउन खोज्यो उति उति उ ढिलो हुन थाल्यो। पहिल्यै देखि रुजु नभएका हिसाबमा बेरुजु अरु थपिए। त्यसमाथि मल्ल सरले बेला बेला यो र त्यो भनेर झन अलमलाए। हेर्दा हेर्दै आठ बज्यो। प्रकासको काम सकिएन। केही लागेन उस्को। अब यति बेला सुकिर्तीलाई आउन सकिन भनेर फोन गर्न मन लागेन उस्लाई। प्रकासलाई त्यो भोज भन्दा पनि सुकिर्ती सँग साथै हुने अवसरको बढ्ता महत्व थियो।

आखिर उ मल्ल सर कहाँ पुग्यो अनि उ भोली बिहानै आएर काम सकाउने तर अहिलेलाई जाने अनुमति माग्यो। मल्ल सरका आँखिभौ खुम्चिए। सुकिर्तीको फोन आयो त्यै बेला। के भन्ने? उस्ले कुरा गरेन। जति छिटो सक्यो सुधिरदाई कहाँ पुग्न पाए  कुरा सम्हाल्थ्यो भन्ने धुनमा थियो उ। मल्ल सर सँग कारण र स्पष्टीकरणमा अरु केही समय बाटो लागे।

उ अफिसबाट हतार हतार निस्कियो  र बत्तियो मोटरसाईकलमा सुधिरदाईको घर तिर। जमघट पातलीईसक्या हो वा पातलै जमघट हो उस्ले बुझेन। उस्लाई त्यस्को खासै मतलब पनि थिएन। उ त सुकिर्तीलाई खोज्दै थियो। उस्लाई कुन बेला आफ्नी श्रीमतीलाई भेटेर क्षमा याचना गरम जस्तै भएको थियो। औपचारीकताका केही शब्दहरु साट्दै उ सबै तिर पुग्यो। सुकिर्तीलाई देखेन। उस्ले सोध्यो दुई चार जनालाई, कसैले "भरखरै यहीँ थिई" भने कसैले "एक छिन भयो देख्या छैन" भने। कसैले चै "किन तिमीहरु सँगै आ हैन?" भनेर उल्टो सोधे। "ब्या गर्या दुई दिन भा छैन छुट्टा छुट्टै आउन थाली सके" सुस्तरी यस्तो भन्नेहरु पनि नी सुनीए।

सुकिर्ती त गै सकिछ। सुधिरदाईकि बैनीले त्यसै भनी। प्रकासको मन गर्हौ भयो। उस्लाई पनि त्यहाँ बस्न मन लागेन। सुकिर्तीलाई फोन गर्यो। सम्पर्क भएन। फेरी गर्दैथ्यो बिक्रम "के भो स्वास्नी हराई कि के हो?" भन्दै आईपुग्यो। प्रकास फिस्स हाँस्यो मात्रै। उस्लाई कसै सँग भलाकुसारी गर्ने मन थिएन।

बाहिर बाटामा निस्केर घरमा फोन गर्यो। आमाले उल्टो सुकिर्ती त सुधिर कहाँ जान्छु भनेर अघि नै गै सकि-- तँ पनि उहीँ आउने रे भन्थी उ त -- काँ छस तँ?" उस्ले जबाफको लागि फोन गरेको थ्यो प्रस्नहरुको फेला पर्यो। "म पनि सुधिरदाई कहाँ नै छु -- उस्लाई देखीन अनि घर फर्किसकीछ कि फोन गर्या। यतै होली उसो भए -- ल म हेर्छु" भनेर फोन राख्यो। "घरमा फोन गर्न नहुने" उस्ले आफैलाई भन्यो। आमाको बानी उस्लाई थाह थ्यो। सानो कुरा पाउनु पर्थ्यो पीर गर्न खप्पीस।

फेरी सुकिर्तीलाई फोन गर्यो। उही ताल। सम्पर्क भएन। बिक्रमले भन्या जस्तै साँच्चै उस्की स्वास्नी हराई। अब कस्लाई भन्ने के भन्ने? प्रकासको मन डुब्न थाल्यो। सुकिर्तीको माईत तिर फोन गर्ने आँट उस्को आएन। "के भन्ने?" उ त्यहाँ गएकी रहिनछ भने? हल्ला मात्रै बढ्छ। उ अब आफै सँग रिसाउन थालेको थ्यो। सुकिर्ती सँग पनि रिसाउन थाल्यो। कसैलाई केही नभनी उ त्यो जमघट बाट निस्कियो। मोटरसाईकल त कुदायो तर कता जाने हो उसैलाई थाह भएन।

एकछिन मोटरसाईकल यता र उता पुर्यायो। आमाको दुई चोटी फोन आए पछि उठायो। "सुकिर्ती आई" भन्ने सुन्न उ तयार थियो "सुकिर्ती भेटीस?"  सुन्यो। मनमा उस्को चलेको आँधि रोकिएन। "रिसमा मोटरसाईकल चलाउन हुन्न" उस्ले आफैलाई भन्यो र फर्केर सुधिरदाई कहाँ गयो यसो यता उता कतै रिसाएरै गएकि भए पनि सुकिर्ती फर्कि कि भन्ने सानो त्यान्द्रे आश सँगै।

उ भेटीईन बरु "काँ गा यस्सै नखाईकन? अनि खै त सुकिर्ती भेटिई?" भन्ने एक हुल भेटीए। हेर्दा हेर्दै जमघटको शिर्षक नै "सुधीरदाइको भोज--सुकिर्तीको खोज" होला जस्तो भयो। मान्छेहरुले आ-आफ्ना अनुहारमा ल्याएका नक्कली चिन्तालाई प्रकासले सजिलै चिनेको थ्यो। ति सबै मान्छेलाई मुन्ट्याईदिम जस्तो लाग्न थाल्यो उस्लाई।

सुधीरदाईकि बैनी नै हो जस्ले उस्लाई "सुकिर्ती गै सकि" भनेकी थिई अघि। त्यही भएर फेरी उस्ले त्यै बैनीलाई सोध्यो "सुकिर्ती कति बेला गै? को सँग गै? कहाँ गै? के भनेर गै?, किन गै? ---?" बैनीको अनुहारमा ति प्रश्नहरु चिन्ता बनेर छरिएको प्रकासले देख्यो।

जमघटमा गाईगुई चल्दै थ्यो। प्रकास घर तिर हुईँकियो। उस्को मन भित्र त्यो चलेको आँधिले फिलुङ्गो खोज्दैथ्यो। उ भने आँधिको बाटो बदल्न खोज्दै। ----

 


 
Posted on 02-29-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


yo part ni damiiiiiiiiiiiiiii laagyo deep jyu.

 
Posted on 02-29-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला !!! कहाँ गई सुकिर्ती ??? दिपज्यु अर्को भागमा भेट गराईदिनु है, प्रकाश र सुकिर्तीको!!


 
Posted on 02-29-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kata gaichey ta sukriti?
 
Posted on 02-29-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो, कथा त दरो जादै छ। अरु पनि पेलम मौका मिलाएर ।
 
Posted on 02-29-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै गाह्रो गराइदिन्चन ई श्वासनी मान्छे हरु। बिचारो प्रकाश लाई तेत्तिकै अत्त्यैदिएर,कही गाछैन सुकिर्ती,तेसै एक्चिन घुमाईदेकी नि प्रकाश लाई रिस देखाउन। ल ल दिप ब्रो लन्च पछी अर्को भाग हैन त। आज कल दिप ब्रो ले नि टाईम टाईम मा घ्याच झ्याच ब्रेक लौन लौनु भो।
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters