[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 164166 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 11-30-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै । पुन्टेदा को रमेशलै मैले नि पढिराकि छु है :)

जस्लाइ जे हुन मन छ त्यो हुन पाइन्छ । तर समिधाले चै मुखुण्डो उतार्नै पर्छ , नत्र भने चौतारीमा मेरो यो उपस्थिति अन्तिम हुनेछ किनभने धेरै ले अझै पनि समिधा को मुखुण्डो भित्र म( miss_me) भनेर सोचि रहनु भएको छ ।
 
Posted on 11-30-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे म त नेपाल Ready जना छु । लौ पल्लोघर को ठुले रे :O
 
Posted on 11-30-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो होला यो माया पनि
टढा हुँदा झन याद आइरहने
काँचो सुरति
लाउँदै छुटाउँदै गर्ने ले नलाउ पिरति
 
Posted on 11-30-06 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा SSSSSSSSSSSSSSSSSSS ई!!
 
Posted on 11-30-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै चौतारिको सुड्डा सुड्डिहरु, दाजू भाईहरु, दिदि बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई मेरो एउटै डल्लो नमस्ते छ ल।

अर्रको एक जना चौतारिमा सिधा नआए पनि पुन्टे दाईको कथाबाट चौतारिलाई लुक्स दिने सोमलाई नि मेरो नमस्ते छ ल, रम्मेश के, मुला 'लक्कि बा--र्ड' :)

आबो सिम्स र मेरो लभ को कुरा चाहिँ मो नि गर्दा गर्दा क्वाँके भैसके कि आबो गर्दिन। तर मेरो तित्स सालिलाई चाहिँ जिस्क्याउन पाउन पर्छ ल मैले फिरि नत्र रड्डिज हुन्छ हौ, चौतारि त नून नहालेको हल्हलेको साग जस्तो पो हुन्छ नि हौ।
अरु हाम्रो केटाहरुको कुरा गरौँला, हाँडिगाउँको कुरा गरौँला, मिल्यो भने हाम्रो बाङ्गे पाटको लभ स्टोरि नि डिटेलमा खोकौँला नि हौ।

ल माईनस भएँ म।
 
Posted on 11-30-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो,
चौतारी काहा बाट काहा पुगिसकेछ
सारै ढिला भैयो । चित्रेले बनाको चौतारो झुल्किन पनि पाइएन । जे होस् ढिलै भएपनि धन्यबात ।

चियाउन सम्म पनि भ्याको हैन ।

भलाकुसारि चल्दै जाओस है । ओहो मिस ता कस्तरी रिसाउनु भा । हुन पनि हो मिस् माथि लाग्या आरोप जस्तो भो ।
ल है यो मुकुण्डे जात्रा चाँडै टुङ्गियोस् ।

चित्रेले चाइ आफै मुकुण्डो झिक्ने रे? ल मेरो गेस चै गुन्टे हुनु पर्छ चित्रे को मुकुन्डो ।
गेस ता हो हान्दिए ल ।

कति लामो हाईईईईईईईईईईईईईईईइ हो गालब को ?
 
Posted on 11-30-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-30-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त जेन्नी र रमेशको भावनाहरुमा भिन्नता नभएको भन्न सकिन्न – कुनै दुई व्यक्तित्व बीच शत प्रतिशत सहमति हुनु असम्वभ नै हुन्छ। फेरि ऊनीहरु त भिन्न भिन्नै संसार र संस्कृतिमा हुर्केका, जति सुकै मिल्ने “साथी” भए पनि केहि विचारहरु भने ठोकिन पुग्थे ऊनीहरुका। तर उनीहरु दुवैजना एकअर्काका केहि भावनाहरु प्रति असहमत भएपनि ति भिन्नताहरुलाई सहि तरिकाले सम्मान् गर्न जानेका थिए। उनीहरुको सम्बन्ध गहिरिनुमा यो तथ्यको पनि ठुलो भूमिका थियो। समझदारी नै उनीहरुको सम्बन्धको खाँबो थियो।

एक दिन कलेजको माझमा रहेको ठुलो चउरमा Gay and Lesbian Association का सदस्य र समर्थकहरुले ठुलो प्रदर्शन आयोजना गरेको रहेछ, न्यू योर्क स्टेटमा Gay Marriage Bill पास गराईनु पर्छ भन्ने उद्देश्य लिएर। मुस्ट मुस्ट शारिरीक बनौट भएका Lesbian हरु र बोल्दा नि हात नचाई नचाई, मुखै बङ्ग्याई बङ्ग्याई बोल्ने Gay हरु देखेर रमेशले जेन्नीसँग आफ्नो घृणा प्रकट गरेका थिए।

“These people are disgusting to me.”

“Why? I personally wouldn’t care if a person is gay or straight, just as long as he or she is nice to others. After all, what matters the most is the fact that a person does not intend any harm to others, whatever their choice of sexual orientation may be. Being gay or straight is a matter of personal choice, I think,” जेन्नीको यो जवाफ सुनेर रमेश एकैछिन त झस्कियो, मानौं सानो तिनो भिन्नताले पनि जेन्नी बिच्किएली भन्ने ठुलो पिर हुन्थ्यो उसलाई।

“I am sorry, Jenny, I didn’t mean to offend your feelings, but that’s just the way I feel.”

“No, no! You don’t have to be sorry! I totally respect your feelings too. You know, it’s not you, it’s how you grew up. I know Asian societies are much less tolerant of gay people -- they think being gay is abnormal and that being straight is ideal. My parents are like that too. But you don’t have to feel sorry for how you were brought up. I really do respect your thoughts,” जेन्नीको यो समझदारीपुर्ण टिप्पणीले रेमेशमा उनी प्रतिको माया अझै बढेको थियो।

यसरी उकाली ओरालीहरु पार गर्दै हप्तौं बितेछ। तीन महिना पुरा हुन लागेछ उनीहरुको चिनजान भएको पनि – Thanks Giving को बिदा आउन लागेछ। शुरु मै भने झैं, शायद दुवैको बिडम्बना एउटै – आफु भित्र जागेको साँचो रोम्यान्टिक भावना खुलस्त पार्न नसक्ने, तर एक अर्का देखि टाढिन पनि नसक्ने। नेपाली दुलहीको पहिरनमा जेन्नीलाई नसिंगारेको पनि होईन रमेशले, आफ्नै सपनामा, पोखरा लेकसाईड देखि भक्तपुर दरबार स्क्वाईर पनि धुमाउन भ्याई सकेको थियो। रमेशलाई आफ्नो देश र संस्कृतिबारे जेन्नीलाई भन्न, सिकाउन जत्तिको चाहना थियो, जेन्नीलाई सोही कुराहरु सिक्न उत्तिकै रहर पनि। जेन्नीले केहि नेपाली शब्दहरु पनि सिकि सकेकी थिईन्, अनि रमेशले पनि केहि फिलिपिनो।

क्रमश:
 
Posted on 11-30-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु,

लौ कस्ले कस्को मुकुन्डो उतार्ने हो उतारी हालुम बरु। शुभ काम मा के को ढिलाइ। :-)
त्यो लुन्टे चाइ चित्रे को मुकुन्डो हो कि जस्तो लग्यो मलाइ त। खुब चित्र बनाउछ त्यो लुन्टे बजिये ले पनि।

हन मास्टर्नी दिदी ता कस्तरी रिसाउनु भा । हुन पनि हो मिस् माथि लाग्या आरोप जस्तो भो । ल है यो मुकुण्डे जात्रा चाँडै टुङ्गियोस् ।
 
Posted on 11-30-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते मामा....

मुलाइ इंलिच् गीत पोनि गाउनु आउच।

गुन्टे गुन्टे (Johnny Johnny)
एस् मामा
ईटिङ् सुगर?
नो मामा
लिडिङ् बुक?
एस् मामा
टेलिङ् लाइ?
नो मामा
ओपन योर माउत
हा! हा ! हा!

तोपाईको कुथा त मुइले केइ पुनि बुझेन। क्वाँ...क्वाँ....
 
Posted on 11-30-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-30-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई जाओस है जाओस आज चाँहि पुरै सक्नपर्छ, क्रमश: ले अत्त्यायो। पढ्यो पढ्यो अनि ठ्याक्क क्रमश: आइपुग्छ। हे हे हे!!

मैले पून्टेदाई कथा लेखिरहनुभएको अवस्थाको कल्पना गर्या के, उहिले उहिले भए चट्ट मसि र मयुरको प्वाँख अनि ठुलो खाता जस्तो कपी। मसिमा प्वाँख चोप्दै एकछिन सोच्दै अनि लेख्दै। अब त सोँच्दै किबोर्ड खट्याक खुटुक पार्दै। हे हे हे!! बाहिर कसैले कत्ति बजाको त्यो किबोर्ड भनिरा'होला!!

कथा रमाइलो गइरहेको छ दाई, के हुन्छ अब भन्ने खुलदुली सुरु भयो अब!

:-)
 
Posted on 11-30-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नी यार यामे!! निद्रा लाइरा'छ। काम बाँकी नै छ। अनि लामो हा--ई त आउने भैहाल्यो। अनि यतिका दिन कता गायब?

ल पुन्टे दाइ जाओस्! तर रमेश र जेनीको लपको बिचमा अमरिस पुरी भ'र जाने चैं हैन होला नि!

मलाई नि यो लुन्टे चैं चित्रे नै हो जस्तो लाग्या छ।
अनि यो गुन्टे???? गुन्टे चैं पक्का नि निशब्रो उर्फ "...... ....." होला! हैन निशब्रो?
 
Posted on 11-30-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"...मानौं सानो तिनो भिन्नताले पनि जेन्नी बिच्किएली भन्ने ठुलो पिर हुन्थ्यो उसलाई।..."
लास्ट लभ गर्दाको बिबश अवस्था!!

दाम्मिज त पुन्ट्स सुड्डा!

असारै लाग्यो नि सोल्टिनि
खेत बाँझै छ
तिम्रो माया नि सोल्टिनि
मुटु माझै छ

 
Posted on 11-30-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरू!
मेरो मुखुन्डोको सही उत्तर आएको छ, त्यसैले तत्कालै विजयी गाम्लेको नाम घोषणा गरिदिउँ जस्तो लाग्यो। पुरस्कार भने भोलि दिम्ला। ;)

सही उत्तर:-
चित्रे = गुन्टे
र विजयी हुनुभा' छ श्री यामे ज्यू
बधाइ छ यामेलाई!!!

पून्टेदाई, सरी है, तपाईलाई जिस्काउन मन लागेकोले तपाईको भान्जाको मुखुन्डो लिएर आएको हुँ। मलाई थाहा छ तपाईले अन्यथा लिनुहुन्न भनेर। ;) कथा राम्रो गैरहेको छ, उत्सुकता जागिरहेको पढ्ने, लेख्नुस्, लेख्नुस्।

हुन त मास्टर्नी दिदीलाई रीस उठ्नु पनि स्वाभाविकै जस्तो लाग्छ, नभएको आरोप लाग्दा। मैले समिधाको पहिचान गर्न नसकेपनि मास्टर्नी दिदी समिधा होइन भनेर प्रमाणित चैं गरिदिन्छु ल। ;)

ए ठूली, किन हाँसेकी तिमी? तिमीले सोचेकि थियौ म गुन्टे हुँ भनेर?

कुम्ले, गाले, सान्नानी, नेप्चे, यामे, निशे, के छ हालखबर?
 
Posted on 11-30-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे = गुन्टे
 
Posted on 11-30-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच चित्रेस ब्रो, मुकुण्डो उतारिदिएको? :)
मो नि मुकुण्डो सुकुण्डो लुछेर फाल्दिनु भनेको कि, तर यो मुकुण्डोमा लेखेको कुरा मुकुन्ड फालेर लेख्दा मजा नआउने नि त। चौतारि ग्याङ सबले यो मान्छेले लेखेको भन्नने थाहा पाउने कि अन्त कुराको रस नै पशुपतिनगर तल मेचि सुकेको जस्तो हुने नि हौ।
 
Posted on 11-30-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“So, what’s your plan for the Thanks Giving long weekend?,” Thanks Giving भन्दा एक हप्ता जति आगाडि जेन्नीले रमेश सँग सोध्यो।

“I don’t know. I don’t have any plans yet. Maybe eat, drink, sleep, and relax. Maybe if you are free we can go out. You know what? You’ve never come to my place, how about I make some MoMos for you?,” म:म: को बारे जेन्नीले धेरै पटक सुनि सकेकी थिईन्, अनि रमेशले पनि यसपालि चईं एउटा खुड्किलो पार गरेर आँट निकालेछ – पहिलो चोटि उसले जेन्नीलाई आफ्नो अपार्टमेन्टमा आउन निम्तो दियो।

“Aww! That’s really sweet of you, and some day I will definitely try those MoMos, but I have a better idea if you don’t already have a plan. I have a friend in Ithaca, upstate New York, about 5 hours drive from here. You know, we can stay at her place for free. It’s a really beautiful small town with a lot of lakes and water falls. Niagara Falls is near too, so we can go there. I am sure you havn’t been there yet. What do you think?”

रमेशको मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो। हुन पनि ऊ आएको तीन महिना मात्र भएको थियो, आउने बित्तिकै कलेज शुरु भई हाल्यो, अनि New York शहर बाहेक अन्त कतै घुम्न गएको थिएन। रमेशको मनमा हर्षको सीमा रहेन। ५ घण्टाको ड्राईभ रे, फेरि सुन्दै तेस्तो रोम्यान्टिक ठाऊँ रे, अनि हामी दुई जना मात्रै जाने? अलि अलि लाज लागे जस्तो भए पनि, आन्द्रै खसेर पैताला सम्म पुग्ला झैं गरि पेट भित्र काउकुती लाए पनि, हर्षले उसको मुटु भने छाती नै फोडौंला झैं गरि फुल्लियो। लाजले केहि संकोच जनाए जस्तो गरे पनि, नाई भन्ने त कुरै भएन।

“Okay then, it’s all good! We can take my car, and all we’ll have to spend on is gas and food. I will call my friend tonight and tell her we are coming.”

त्यो दिन रमेश यति खुशी थियो कि, घर फर्कंदा सब्वे पनि पिलेन बनेर उडे हुन्थ्यो जस्तो लाग्थ्यो उसलाई, कहिले घर पुगेर रुममेटहरुलाई सुनाऊँ यो कुरा भनेर।

“ए बा! यो मुलाको भाग्या त साँचिकै हरामी रैछ। हैन, यसले जे खान्छ, तेई खान्छम् हामी पनि, तर हाम्रो भाग्यमा किन तेस्तो नलेखेको? मस्ती गर्ने भो काजीले, ल बधाई छ!” एउटा रुममेटले टिप्पणी ग-यो, रमेशको प्लान सुनेर।

अर्को ले ठट्टा ग-यो फेरि, “फेरि छोरै पाएर आउलास् नि, मुला! हामी त राख्दैनौं है यहाँ त्यो रात भर क्वाँ क्वाँ रुने नाबालकलाई, भन्द्या छ नि!”

त्यो हप्ता रमेश जत्तिको हर्षित र उत्सुक थियो, जेन्नी पनि तेति नै। रमेशले त Ithaca को बारे रिसर्च पनि गर्न भ्यायो। Cornell University पनि त्यहीं रहेछ। शायद जेन्नीको साथी त्यहीं पढ्ने पो हुन् कि? दिन को ४-५ पटक त म्याप हेरेरै बिताउँथ्यो होला रमेशले। Ithaca, Niagara Falls, Finger Lakes Region को भौगोलिक स्थानको बारेमा मात्र प्रश्न आउने भए त Who Wants To Be a Millionaire मा साँची कै millionaire नै भइ सक्थ्यो होला ऊ। नयाँ hiking shoes, ज्याकेट, पनि किन्न भ्यायो त्यो हप्ता। यसपाली चईं पक्कै आँट गरेर भन्छु पनि, अनि पक्कै केहि हुन्छ भन्ने आशले, जेन्नीको लागी एउटा गिफ्ट पनि किनेछ, पर्फ्यूम् को सेट।

क्रमश:
 
Posted on 11-30-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हि हि हि!!!
मेलो मुकुन्दो त फुक्लेच।म चित्लेकै चानो औतार हुम्।मुकुन्दो जात्ला‍मा चैं मोज्जा आयो मुलाइ, ओब चुकलेत कानु पल्यो।
:P :P ;)
 
Posted on 11-30-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई जाओस है जाओस आज चाँहि पुरै सक्नपर्छ, क्रमश: ले अत्त्यायो। पढ्यो पढ्यो अनि ठ्याक्क क्रमश: आइपुग्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters