तिका:
Replies to this thread:
What people are reading
Subscribers
Please log in to subscribe to तिका:'s postings.
:: Subscribe
|
ज्ञानेन्द्र र प्रचण्डका २० समानताहरु
|
[VIEWED 8748
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
तिका:
Please log in to subscribe to तिका:'s postings.
Posted on 01-05-09 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
१. दुवैजना अधिनायकवादका अनुयायी हुन्। बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थालाई सखाप पार्न दुवैजना उद्यत छन्। २०४६ सालको उपलब्धिलाई चुनौती दिन यी दुवैका बीच धेरैपटक सहकार्य भएको कुरा प्रचण्डले स्वीकारिसकेका छन्। हाल नेपाली कांग्रेसलगायतका लोकतान्त्रिक शक्तिलाई दुश्मन मान्ने जुन घोषणा माओवादीले गरेको छ, त्यो पनि दुवैको एकै खाले रणनीति हो। २. दुवैलाई जनताको माला लगाउने शोख रहेको छ। पहिले ज्ञानेन्द्र जिल्ला घुम्दा जनताले दिएको माला लगाउनमा नै मख्ख पर्थे भने अहिले प्रचण्ड सोही कार्य गर्दै हिंडेका छन्। ३. दुवै सैन्यबलमा विश्वास राख्छन्। जसरी ज्ञानेन्द्रले सैन्यबलको आधारमा शासन चलाउने जमर्को गरेका थिए, हाल प्रचण्ड पनि सोही आधारमा शासन चलाउन लागिपरेका छन्। ज्ञानेन्द्रले जगत गौचन जस्तो हत्यारालाई मन्त्री बनाएका थिए भने प्रचण्डले पनि व्यक्तिहत्यामा संलग्न पार्टीका कार्यकर्ता तथा नेताहरुलाई मन्त्री बनाएका छन्। ४. दुवैलाई अधिनायकवादमा अघि बढ्न सहयोग पुर्याउने सल्लाहकारहरु एउटै भएबाट पनि ज्ञानेन्द्र र प्रचण्डबीच सहकार्य रहेको पुष्टि हुन्छ। रमेशनाथ पाण्डे जस्ता चरम लोकतन्त्रविरोधी व्यक्ति र उनका पृष्ठपोषक हीराबहादुर थापाको सल्लाहमा विदेशनीति सञ्चालन गरिरहेका छन्। ५. ज्ञानेन्द्रले पनि लोकतान्त्रिक विचारधाराका कर्मचारीवर्गलाई राजनीति गरेको भन्दै निजामती सेवा ऐनको प्रावधानविपरीत अतिरिक्त समूहमा लाने, क्षेत्रीय प्रशासकलाई प्रयोग गरी सयौं कर्मचारीलाई सरुवा गरेर आतंकित पारेका थिए भने अहिले प्रचण्डले पनि सोही काम उही शैलीमा गरिरहेका छन्। गृह, स्थानीय विकास आदि ठाउँबाट सहसचिवदेखि अधिकृतसम्मका ५० भन्दा बढी कर्मचारीलाई अतिरिक्तमा पठाइनुले यो कुरा पुष्टि हुन्छ। ६. उग्र राष्ट्रवादको नारा लगाउने र एक छिमेकीका विरुद्ध अर्को छिमेकीको कार्ड प्रयोग गर्ने विषयमा पनि दुवैको समान धारणा रहेको छ। ७. हरेक जनताको भावनाको कदर गर्नुको साटो आफ्नो फरक मत राख्नेलाई विभिन्न बहाना बनाएर पीडा दिनु दुवैको समान व्यवहार हो। ८. विदेश सयर गरी राष्ट्रिय ढुकुटी रित्याउने विषयमा दुवैको शैली एकै बन्यो। ९. दुवैले जनताको दुहाइ दिने गरेका छन् तर दुवै जनताप्रति संवेदनशील नभएको कुरा मिल्दछ। माओवादीले लोकतान्त्रिक शक्तिविरुद्ध हत्या आतंक मच्चाउँदा ज्ञानेन्द्र कानमा तेल हालेर अफ्रिकाको भ्रमणमा गई राष्ट्रिय ढुकुटी सिध्याए। प्रचण्डले कोशीपीडितहरुको अवस्था दर्दनाक हुँदा चीनको बेइजिङमा आयोजित ओलम्पिक खेल हेर्न ४७ लाख खर्च गरे। १०. दुवैले संसारको भन्दा भिन्न किसिमको प्रजातन्त्रको वकालत गरेका छन्। तर व्यवहारमा भने कसरी प्रजातान्त्रिक शक्ति र संस्थाहरुलाई निर्मूल गर्न सकिन्छ भन्ने ध्याउन्नमै लागेको पाइन्छ। दुवैका भाषणमा प्रजातन्त्र भन्ने शब्द कहिल्यै छुट्तैन, तर व्यवहार भने दुवैको एकदलीय शासनअनुसारको रहेको छ। ११. दुवैले विश्वव्यापी रुपमा प्रतिपादन भएको मानवअधिकारको अवधारणालाई आफ्नो देश सुहाउँदो नभएको भनी गलत व्याख्या गरेको र जनताका आधारभूत मौलिक अधिकारलाई कुल्चिन खोजेको पाइन्छ। १२. दुवैले गैरसरकारी क्षेत्रको भूमिकालाई लत्याउन खोजेको पाइन्छ। ज्ञानेन्द्रले गैससको क्रियाकलापमा आचार–संहिताको नाममा रोक लगाउन खोजेका थिए भने प्रचण्डले पनि सोही कार्यलाई निरन्तरता दिँदै बजेट भाषणमार्फत् गैससउपर नियन्त्रण गर्ने भनेर घोषणा गरेका छन्। समाजसेवाको केन्द्र समाजकल्याण परिषद्लाई विघटन गरेर लामो समय शून्यमा राख्नु अर्को उदाहरण हो। १३. देश–विदेश भ्रमण हुन् कि संघ–संस्थामा नियुक्ति– दुवैले आफ्ना श्रीमती र छोराछोरीको लागि राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्न लागिपरेको अवस्था बारम्बार सार्वजनिक भैरहे। १४. प्रेस–स्वतन्त्रताको सवालमा दुवै समान रहे। ज्ञानेन्द्रले संविधान मिचे। संविधान मिचियो भन्दा प्रेसमाथि आक्रमण भयो। प्रचण्डले शासनमा धेरै विकृति–विसंगति उब्ज्याए, प्रेसले त्यस्तो विकृति–विसंगतिको भण्डाफोर गर्दा प्रेसमाथि आक्रमण भयो। १५. ज्ञानेन्द्रले हिन्दू राजाले संविधान मान्नुपर्दैन भन्ने बहस गरेबापत त्यस्ता वकिललाई सडकबाट टिपेर सर्वोच्च अदालतको न्यायाधीश बनाए तथा प्रधानन्यायाधीशलाई आफ्नो शासनको पक्षमा राजनीतिक भाषण नै गर्न लगाएका थिए। प्रचण्डले पनि सर्वोच्च अदालतमा कार्यकर्ता नियुक्त गर्न खोजेको कुरा न्याय, कानुनमन्त्रीबाटै सार्वजनिक भयो। न्याय, कानुनमन्त्रीले न्यायपरिषद्का सदस्यसँग राजीनामा मागेको विषयलाई बार एशोसिएसनले विरोध नै गर्यो, जस्तो पहिले राजाको समयमा भएको थियो। १६. राजाले दलबाट मान्छे चोर्ने, चोरिएका व्यक्तिलाई मन्त्री बनाउने आदि काम गरी दलभित्र अन्तरद्वन्द्व सिर्जना गरेर तिनलाई कमजोर पारेर शासन गर्थे। प्रचण्डले पनि दल फुटाउने, अन्तरद्वन्द्व सिर्जना गर्ने र शासन टिकाउने काम गरे। त्यसका लागि प्रमुख प्रतिपक्षी दलका वरिष्ठ नेता शेरबहादुर देउवालाई ५ लाख रुपैयाँ नै दिए। एमालेबाट त चुनावमा पराजित व्यक्तिलाई तानेर उपप्रधानमन्त्री नै बनाइए। चुनाव हारेकालाई पद नदिने नीति फेरियो। चुनाव हारेकै व्यक्तिलाई संविधान निर्माणको मूल समितिको अध्यक्ष पद प्रस्तावित भयो। मालेलाई फुटाएर त्यसका केही व्यक्तिलाई सरकारी सुविधा दिन थालियो। १७. राजाले आफ्नो शासनको औचित्य पुष्टि गर्न देशविदेशका साना–ठूला कुनै पनि मञ्च छाडेनन्। आफूले प्रजातन्त्रका लागि शासन लिएको भनिरहँदा त्यो कतै पनि पत्याइएन। प्रचण्डले पनि त्यस्ता मञ्चहरु त्यसरी नै प्रयोग गरिरहे र प्रजातन्त्रका विरुद्ध आफू नलाग्ने बताइरहे। तर यो कुरा उनका व्यवहार र देशभित्रका अभिव्यक्तिले कतै पनि पत्यारलाग्दो भएन। १८. पञ्चायत जनताको सर्वस्वहरण गरेर शुरु भएको व्यवस्था थियो। पञ्चायत अवधिभर जनताका ती सम्पत्ति फिर्ता भएनन्। माओवादीको शुरु पनि सर्वस्वहरणबाटै भएको थियो। माओवादीको शासनको यो पाँच महिने अवधिमा लुटिएका सम्पत्ति फिर्ता भएका छैनन्। १९. राजाका वरिपरी रहेकाहरुलाई राज्यको कानुन लाग्दैन थियो। माओवादीको समय पनि यसका वरिपरि रहेकाहरुलाई कानुन लाग्ने गरेको छैन। त्यसका उदाहरणहरु अनगिन्ती नै छन्। राजपरिवारलाई हतियार खुला थियो। माओवादीहरुलाई पनि हतियार खुला नै छ। २०. राजा ज्ञानेन्द्रले भैरवनाथ गणलाई सर्वसाधारणको चिहान बनाएका थिए। पछिल्लो अध्ययनबाट त्यो पुष्टि भैसकेको छ। प्रचण्डले आफ्नो शिविर शक्तिखोरलाई त्यस्तै चिहान बनाए। त्यो शिविरभित्र एक सर्वसाधारणको हत्या भएको पुष्टि भैसकेको छ। थप अध्ययन हुन बाँकी छ। अपहरणपछि हत्या गरिएको अर्को घटना धादिङ काण्ड पनि हो।
http://weeklynepal.com/index.php?option=com_content&task=view&id=17756
|
| |
|
|
|
|
तिका:
Please log in to subscribe to तिका:'s postings.
Posted on 01-07-09 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लगता है नेपालीओने ज्ञानेन्द्र और प्रचण्डके समानताको जानता है । शुभकामना, आपलोगोको एक ठकुरी राजाके बाद बाहुन राजाके शासन मिलगया और देशमैं बाहुनराज होने के कारण यह बहुत सुन्दर शान्त और बिकसित राज्य बनगया है । आपलोग बहुत हि भाग्यशाली है । अगला चुनाव मै माओबादीको अत्याधिक बहुमत दे दिजियगा ।
|
| |
|
|
Trishul
Please log in to subscribe to Trishul's postings.
Posted on 01-07-09 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो लेखाइ र भुस्साहा कुकुरको भुकाइमा के फरक छ ?? एउटा गिद्दे बुढोले देश मारेर सिनो खान लाई जंगल बाट हुँडार को फौज लिएर आयो। पछी भाग लगाउने बेलामा हुँडार ले आफ्नो असली रुप देखायो र गिद्द लाई लखेट्यो। अनी देशमा हुडार् को ब्रम्ह लुट हुन थाल्यो, गिद्देले थुक निल्नु बहेक केही पाएन। अझ, गिद्देले सिनु लुछेर बाँकी रहेको हड्डी खान पाइेला भनेर गिद्दे का पछी लाग्ने भरौटे भुस्साहा कुकुर हरु बहुलाउन थाले , अनी ताल न सुर को प्रोपोगान्डा साझामा आएर भुक्न थाले। अस्तु ..............
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| TPS to F1 Status. |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Any input on remote jobs(IT related or Sales or Marketing)? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| Nepal Likely to Get 60-Day TPS Notice |
| Nepal TPS has been Extended !!! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| #MAGA#FAFO is delicious |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|