[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 बा हुन, बा होईनन !
[VIEWED 15339 TIMES]
SAVE! for ease of future access.
Posted on 10-01-23 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोह्र श्राद्द सुरु भएछ अनि मेरो घरमा पनि छिर्यो। यो खान हुन्छ त्यो खान हुँदैन मा लहसुन , प्याज , गोलभेडा अनि रातो दाल अनि तरकारी मा भेण्टा कर्कलो हरु अभक्षमा परे। तोरितेल पाइन छोडे पछि भटमास , मकैको तेल र ओलिव तेल प्रयोग गरिन्छ। यी तेल हरु बर्जित भए पछि सुद्द घिउ किनेर ल्याउनु पर्यो। कहाँ र कुन पुराणमा लेखिएका हुन् बुझ्न खोज्दै छु।
मेरा गुरु हुनुभएको भए के चै बार्नु ठिक हो , सत्य कुरा थाहा पाइन्थ्यो , वहाको स्मृति संगै यी कुरा सम्झीए।
मेरा गुरुका पनि गुरु बीच वहा हरुको १५ -१६ बर्सको फरक होला, ज्यादै नै सदहास्यभाव: हुनुन्थ्यो, दुवै एकै टोले भएको कारण भैरब अर्यालका निबन्ध वहा बाटै सुनेको हु । रजनिसको "ए मेरा लगौटिया दोस्त है और यिनका पहने हुए कमिज मेरा है" भन्दा पहिले सुनेको " ज्वाई तपाइको यिनले लगाएको टोपी चै मेरो" सुनेको हु। तेस्तै आलु को नाम कसरि आलु रहन गयो र हामि कसरि बाहुन हुन् गयौ को कथा यस्तो थियो।
गोधुलीको बेला टाढा बाट आउने बा हुन् भन्ने एउटा पर्यो अर्को चै बा होइनन। दुइ दाजु भाइ बीच बा हुन र बा होईनन को हाना थाप हुदा हुदै थियो अरु पनि थपिए। अलिक नजिक हुदै गए पछि वहा जजमानी गुरु हुनु हुदो रहेछ। यी YCL जस्ता झुण्डले जजमानी गुरुलाई देख्ना साथ् तेरा बा हुन् भनि जिस्क्याउन थाले। असल कुराको पछि लाग्ने हरुको संख्या कम र खराब कुराको पछि लाग्ने को संख्या बढ्दै जाने भएको कारण गुरु हरु लाइ देख्ना साथ बा हुन् रहेछन भन्न थाले। पछि सबै गुरु वर्ग लाइ बाहुन प्रयोग हुन् थालिएको कुरा सुनाउनु भएको थियो। वहाले हामि ब्राम्हण नभनी बाहुन जाति हौ भन्नु हुन्थ्यो। कथा आफैले सुनाए पनि बाहुन शब्दलाइ छुद्र बाचक रुपमा लिए जस्तो लागेन।
वहाले बाणारशि बाट शास्त्री र नेपाल बाट नेपालि मा आ ई ए गर्नु भै आफ्ना बि कम र बि एस सी पढ्ने छोराहरुको अंग्रेजी ब्याकारण सुद्दा सुद्दी गरि दिनु हुन्थ्यो।
 
Posted on 11-05-23 9:56 AM     [Snapshot: 421]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा गुरु को थर गौतम थियो तर गुरुका बा गोतामे गुरु बाट चिनिनु हुन्थ्यो | गुरु को भनाइ बोलचाल को भाषा र लेखाइको भाषा एकै नहुनु को कारण किन बोलि खर्चिने भनेर हो वा बोल्दा बोल्दै छोट्टिन गरेको हो | छिमेकी दाइको नाम केदार थियो उनका घरमा केदाई भन्थे | अर्को चै Tramp ले सिकेको हाम्रै चलन हो र हेपाईचे पारा वा अरुलाई सानो बनाए पछि स्वत आफु ठुलो हुने महसुस गर्ने मानसिक-बिकालाग्नी ले गोतामे भान सुरु गरेका हुनु पर्छ | राम लाइ रामे, श्याम लाइ श्यामे बात बोलाइने चलन छ | बिदेस तिर को कुरा गर्ने हो भने विलियम लाइ बिल भन्छन |
किरात जातिलाई मुखियाबा हरुले किरुवा भन्दै आफुलाई ठुला बनाए | तर एउटा किरातीले अर्कोलाई किरुवा भनि सम्बोधन गर्दैनन् रे तर ब्राम्हण हरु खस मुखियाको पछि लागे र गोतामे नै भने |
अर्को कुरा छेत्री र बैस्यले "बहादुर" middle name राख्ने अनि ब्राम्हण जातिले "प्रसाद" राख्ने चलन किन आयो यसको पनि कारण हुनु पर्छ |
हाम्रो हिन्दकुस पर्बत छेत्रमा बस्ने हरुले एक अर्का बीच परिचय गर्दा नाम मात्र भन्यो भने थर के हो नि भनि सोध्ने चलन हजारौ बर्स देखि चलि आयो | खसेत्रो , बाहुन र अछुतको अनुहार हेरेर को कुन जाति को हो छुट्याउन सक्दैनन् तेसैले जात के हो भनि सोध्ने चलन आएको हुनु पर्छ | तेस्माथि बिचमा प्रसाद, टुप्पी आदि इत्यादि ले टाढै बाट चिनोस भन्ने कारण ले पनि हुनु पर्छ |
यहुदीले बुच्चो टोपी लगाउने, इस्लामले जुगा काटेर दाह्री राख्ने, पन्जाबिले कपालमा फेटा गुथ्ने कारण पनि आफ्नो जातीयता चिनाउन को लागि सुरुभएको प्रथा हो | जातीयताको संरक्षण हरेक धर्मले गर्दै आएको छ भने व्यक्तिगत संरक्षण को लागि अप्सनी को चलन पनि छेत्री बाहुनले सुरु गरे | यसको मुख्य कारण कहिँ खाने कुरा बिसादी छ छैन भनि पत्ता लागाउने मेलो बाट सुरु भएको हुनु पर्छ | कहिँ जेठी श्रीमती माथि कान्छी थपे पछि जेठीले पकाएको दालभातमा बिख हालेको त छैन भनि investigation को एक रुप पो होकी ? चलन हरु आउने धेरै कारण हरु छन् | एउटा अर्को चलन :यहुदी र मुसलमानले बंगुर खान बर्जित गरे र धर्म बिरुद्द बनाउने कारण बन्गुरमा टेप वोर्म हुनुको कारणले मानिस हरु मरेका हुनाले यो प्रतिबन्द सुरु भएको हो |
 
Posted on 11-06-23 9:56 AM     [Snapshot: 592]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tak pare tiwari natra gotame bhanchha ni? Bhanepachhi Gautam bhanda tiwari thulo? Tiwari ta Indian hoina ra?

Tan thulo ki ma thulo bhandai jaat ko ghera bata umkina nasakera desh sansarko dherai garib Rastra madhye Ek mai rahirahane bhayo
 
Posted on 11-07-23 9:12 AM     [Snapshot: 766]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होड बाजी एकलाई उचाल्ने अर्कोलाई पछार्ने खेल पुरानो जमानाको फोस्सा मा मनोरंजन गर्ने साधनको एउटा नमुना हो
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters