[Show all top banners]

vasudev
Replies to this thread:

More by vasudev
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

Siidd

MN_Nepali

mercynova
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Priye
[VIEWED 6111 TIMES]
SAVE! for ease of future access.
Posted on 08-10-12 4:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रिय ,


कुना
काप्चा सबै खोजे, हिडेको बाटो फेरी नियालेर हेरे, तिमीलाई भेट्ने आशमा अन्धकार मै डुबेर बसेतिम्रो मधुरो तस्बिर पनि बिसतारी मनको पर्दाबाट  मेतिनंह थाल्यो, हट्दै गयो तिम्रो छाया | तिम्रो लागी भनेर छुटाएको ठाउँ नि अब कसैलाई दिने बेला आयो | तिमीलाई एक चोटी भेट्न कस्तो इच्छा थियो , कस्तो रहर तर अब निकै ढिला भैसक्यो | मसंघ अरु केहि उपाय नि छैन | तिमी मौन छौ | सायद तिमीले अब मलाई बिर्सी नि सक्यो होला | मेरो प्रश्नहरु को उतर दिने जरुरि नि ठान्दैनौ होला | तर अझै तिमीलाई सम्झने गर्छु | तिमीसंग रिसाएको नि छैन | केवल एक चोटी तिमीसंग बोल्न चाहन्छु | एक चोटी तिमीलाई भेट्न चाहन्छु |

चिया चुरोट को भरमा कति बाचू | अतितको सुनौला पाना हरु कति पल्ताहू | अधुरो नै छु यो जीवन अर्थहीन नै | सायद मैले मेरो लागि भएनी अरु कसै को लागि भए नि यो जीवन को अर्थ रहोस | कसैलाई खुसि राख्न सकोश | आमा बुबाको नि सपना को कुरा आयो | मेरो सुन्ने  चै कोही छैन | सबै आफ्नो कुरा तर्क अघिराख छन् |मलाई विश्वाश  तिमी भएको भए मेरो कुरा अवस्य पनि सुन थियो होला |

भोलि केटी हेर्न जादै छु | आफ्नै जातको नेवार हो रे | आमाको इच्छा अनुसार राम्रो खानदान को रे | तर साची मलाई निकै अनौठो लागिराको | मनमा कुनै प्रकार को खुसि कुनै संक्कोच | मैले केवल आफ्नो जीमेवारी पुरा गर्नलाको हु | हुन हेर भनेर मलाई फोटो पनि पठाको हो तर मैले वास्ता गरिन | फोनमा चै अलि कुरा गरेको हो तर सायद भोलि भेटेर कुरा गर्दा केहि फरक होला | कोशिश गर्छु उन माथि मैले कुनै नाइन्साफी नहोश भनेर | कसैलाई तराजुमा राखेर तौलन चाहान्न | यदी उनि प्रति इमान्दार भएर प्रस्तुत हुन्छ भने मलाई त्यही नै काफी | बतीस वर्ष को उमेरमा कसैलाई भेट्न जादै छु | अहिले सोच्दा हासो लाग्छ | सोह्र वर्षमा गर्ने काम अब यो उमेर मा पनि गर्नु पर्यो | भोलि तिमीलाई मन पर्ने गुलाबी रंघको शर्त लगाएर जान्छु | सायद हरेक चोटी जस्तै यशपाली पनि सफल हुने छु |

 

तिम्रो वासुदेव

 
Last edited: 10-Aug-12 04:32 AM
Last edited: 21-Sep-12 02:01 AM

 
Posted on 08-10-12 7:40 AM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Vasudev le mann kholera lekheko jasto cha, ki kaso? Anyawys nicely written :) 
 
Posted on 08-10-12 12:53 PM     [Snapshot: 271]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 के हो बासुदेब? कसलाई लेख्या त्यो प्रेम पत्र . प्रेम पत्र हो कि फ्रेम पत्र ??
 
लेखाई राम्रो नै लाग्यो अझ भनुँ राम्रो लेख्न सक्ने सम्भावना ब्यापक छ . हिज्जे  र व्याकरणमा अलि ध्यान दिनु जरुरी देख्दछु . 
 
( अब बासु चा ले मार्ने भयो .. कति जान्ने भएर ल्याउनु पर्ने त्यो ठुल्दाई भन्ने होला, भागो भागो .......)

 
Posted on 08-14-12 6:10 PM     [Snapshot: 525]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

  

म आज उनलाई भेट्न केशर महल गए | मलाई उनको कुरा सुनु थियो | जीवन बारे के विचार रहेछ बुझ्नु थियो | मान्छेहरु धेरै भएको ठाउँमा आफ्ना भावनाहरु व्यक्त गर्न गाह्रो होला भनि मैले नै यो ठाउँ रोजेको हो | ठिक ३ बजे म त्यहाँ पुगे | उनि त्यहाँ पहिले पुगि सकेको रहेछ | रातो कुर्तामा उनि अत्यन्त सुन्दर देखिन थियो | विस्तारी हामी रानासाहेबको बगैचामा गफ गर्न सुरु गरे | पढाईको बारे देखिलिएर संगीतको पनि कुरा गरे | उनि म भन्दा पाच वर्ष सानी रहीछे | मेरी एउटा बहिनी पढ्ने कलेजमा पढेको रहीछे | सायद मेरो बहिनीले उनलाई चिन्छ होला | 

हाम्रो गफ सुरु मात्र भाको थियो सिमसिम पानी पर्न थाल्यो | छानाको खोजिमा कुनाको खाजा पसलमा पसे र दुइ कप चिया मगाए | चियासंग चुरोट सल्काउने बानिलाई आज एक चोटीको लागी अल्प बिराम लाग्यो | हिड्दा हिड्दै कुरा गर्नु र एक अर्काको अगाढी आखा जुदाएर गफ गर्नु निकै फरक रहेछ | आखा त तिमीले भने झैँ आत्माको द्वार नै रहेछ र त्यहा मैले धक्धकाइ रहेको थिए | त्यहाँ बस्न मात्र लागेको थिए उनले टेबल सफा गर्न थालिन | काम गर्ने केटा आयो र भन्यो "दाइ सरी, भर्खर मात्र कोही यो टेबलमा बसेको थियो, सफा गर्ने मौका पाको छैन" | पाएको मौका तर उनले गुमाएन |

येतिकैमा मलाई याद आयो मैले अहिलेसम उनको नाम सोधेको छैन रहेछ | अब कसरी नाम सोध्ने | "तिमीलाई म के भनेर पुकारू ?" | उनको उत्तर छोटो र मिठो थियो "माया" | मैले भने "पहिले सोध्नु पर्ने, म यस्तो कुरामा अलि पछि नै छु | तर उनले भने " सबै चीजको आफ्नै समय हुन्छ |" म उनको उत्तरसंग सहमत थिए | बिस्तारी हाम्रो गफ फेरी अघि बढ्यो | एक अर्कालाई बुझ्ने प्रयासमा विभिन्न प्रस्नहरु सोधियो | उनको प्रस्नहरु निकै सामान्य थियो | अमेरिकामा के काम गर्नु हुन्छ ? त्यहाँ जानु भएको कति वर्ष भयो ? तर मैले अपेक्ष्या गरेको प्रस्न भने उनले अघि राखेनन्  | मेरो अतित बारे उनले केही सोधेनन् | मलाई पनि उनको अतित बारे केही सोध्न मनले मानेन | सायद आज पहिलो भेट भएर पनि होला |

त्यही समयमा हाम्रो छेउको टेबलमा एउटा जवान जोडी आएर बस्यो | भर्खर सोह्र सत्र वर्षको उमेर पुगेको होला | उनिहरु बीचको गफ सुन्दा हाम्रो चली रहेको गफनै बन्द भयो | मन मनै हामी दुवै जाना हासी रहेको थियो | तर त्यो जवान जोडीलाई दुनियाको चिन्ता थिएन | एक आपसको हात समाई मिठो मिठो गफ बुनी रहे | बिना कुनै कुरा उनलाई हेर्दै बस्दा उनको अनुहार कति सुन्दर रहेछ, उनले लगाएको श्रिंगार मेटिन्न लाग्दा  पनि त्यतिकै सुन्दर देखिन्थियो | उनको नाकको बनावट, गाजलु आँखा, आँखाले गर्ने साना साना इशारा, त्यो नसालु नयनमा म बिस्तारी डुब्न लागेको थिए |

 

यतिकैमा छेउको जवान जोडीहरु एक आपसलाई अंगालो मारेर बसेका रहेछन | उनिहरुको खतरनाक क्रियाकलाप देखेर हामी दुवै जनालाई त्यहाँ बस्न उचित लागेन | पानी कम परेको मौका पारी हामी त्यहाँ बाट निस्कियौ | मैले छाता बोकेको थिएन | एउटा छाता मुनि हामी दुवैजना तल बाटो हेर्दै हिड्न थाले | छाता समाउने क्रममा कसरी कसरी एक अर्काको हात पनि समाउन पुगेछ | छाएको खामोसिपनलाई चिरदै उनले भने " एउटा कुरा सोधु?" | "सोध" |

"तपाईलाई म कस्तो लाग्यो ? नधाती भन्नुस |"

मैले हासेर भने " नाम नै एस्तो मिठो रहेछ | खै के भनु |"

   अचानक उनको चेहरामा सुर्यास्त भए झैँ विभिन्न रेखाहरु देखिन थाले | उनले भने " सरी, मेरो पहिले बोइ फ़्रिएन्द छ, घरमा भनेको छैन | मलाई माफ गर्नु होला | तपाईलाई कसरी भनु भईरहेको  थियो | तपाईको समय बर्बाद गर्नु मन थिएन | मिल्छ भने माफ गरी दिनुस |"

 मैले उनलाई केही अरु भने मौका नै पाएन | उनि ट्याक्सी चदेर आफ्नो बाटो लागिन |

यसरी जिन्दगीले मलाई नया उपहार दियो |

सायद मैले उनलाई माफ यो भूल गर्न भन्दा पहिले गरी सकेको थिए होला | जिन्दगीबाट मैले आशा नि अरु के गर्न सक्छु |


 
Posted on 08-14-12 6:18 PM     [Snapshot: 526]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बासु चा , गयो अब
 
Posted on 08-14-12 8:29 PM     [Snapshot: 628]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 arko part chito lekha :D nicely written BTW
 
Posted on 08-14-12 9:30 PM     [Snapshot: 692]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 वाह बासु चा वाह .
अब भने "बासु भाइ "को लेखाइ देखेर पढेर यो "राहुल भाइ" को छाती चौडा भयो, नाक घिरौला जत्रो भयो . 
 

 
Posted on 09-21-12 2:08 AM     [Snapshot: 1001]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कोल्टो फेरे धेरै पटक तर निन्द्रा भने पटकै लागेन | जेटलाग होकि मनको खुलदुली मैले बुज्न सकिन | बिहानीको झिसमिसेमा घरको कुनै मान्छेलाई आवाज नदिइ निस्के | कुनै गन्तब्य थियो मनमा कुनै प्रकारको बोज़ वाह इच्छा | पहिलो पटक यो एक दशकमा काठमाडौँ आउन सफल भए | आऊँन् मन पहिले नि थियो तर कहिले के बाधा अर्चन  आई दिनथियो लाचार भएर हार मान थिए | मनमा एक प्रकारको खुसि नि थियो एक प्रकारको निराशा पनि |

  बिहानको यो समयमा पनि असनको चोकमा फलफूल तरकारी बेच्नेहरुको तेती नै घुइचो थियो | मैले कति कुरा बिर्सी सकेको रहेछ | मानिसहरुको यो भीडभाद होला भनेर आशा गरेको थिएन |हुन जीवनको यो मोड आएर नास्तिक नै भै सकेको थिए तर किन हो आज मैले यो मन्दिरलाई चै दाया पति राखेर परिक्रमा गरे | शायद यो मेरो आस्था भन्दा पनि सम्मान थियो |मन्दिरलाई परिक्रमा गर्ने क्रममा धूप, अगरबती अरु पूजाको सामग्रीको बासना मेरो शासमा प्रवेश गर्दा कति पुराना सम्झनाहरुलाई डाकेको झैँ लाग्यो |मेरो यी प्रति कुनै सिकायत छैन |असनबाट बिस्तारै हिड्दा हिड्दै किलागल पुगे | त्यो सानो कुनामा अझै तेही दिदि को पसल रहेछ | पसलमा साना तिना परिवर्तन देखे पनि धेरै जस्तो चीज उस्तै थियो |मलाई कस्तो ग्वारामरी पो खान मन लाग्यो |तर अफ्सोश दिदिले पसल भर्खर खोलेको रहेछ | दिदि आफ्नै काममा व्यसत देखिन थियो बाहिरै बसेर प्रतिक्षा गरे | वरीपरीका मान्छेहरुलाई नियाल्दै बसे |

त्यही मध्ये मेरो नजर एउटा सुन्दर महिला माथि पुघ्यो | रातो सारीमा सर्लक परेको ज्यू भएको त्यो हिन्दी च्यानेलको सिरिअलको कुनै मुख्य पात्र भन्दा कम थिएन |कस्तो लोभी नजर रहेछ मेरो उनको कमरमा गएर अलझेछ | मैले कति कोशिश गरे उनको अनुहारको प्रष्ट एक झलक  पाऊन् तर त्यो पनि एउटा संघर्ष नै भयो | पनि हार मान्नेवाला थिएन नजिकै गएर मन बहल्याउन अगी बढे | उनको नजिक गइ रहेको थिए उनि  मबाट टाढा हिड्न थाल्यो | दुइ मिनेट को कोशिश पछि उनले फर्केर हेर्यो | उनले भन्यो "वासुदेव" | आफै अचम्भित थिए | यो आवाज, यो मिठो आवाज मलाई निकै कर्ण प्यारो लाग्यो | कहिँ सुने सुने जस्तै लाग्यो दुइ सेकेन्डमा मनमा हजार प्रस्नहरु तेर्सियो | उनि अरु कोइ हैन माया थियो, जसलाई मैले दुई दिन अगि परिवारको इच्छा अनुसार भेटेको थिए | उनमा केही खराबि थिएन तर उनि पहिले मन मनै अरु कसैकी भई सकेकी रहेछिन् | मैले यो कुरा उनको परिवारलाई भन्न उचित लागेन् आफ्नो परिवारलाई भन्न मन थिएन् | तर अफ्सोश यो नादानी को नतिजा को बारे मैले सोचेको थिएन् | माया उनको आमा अब मेरो अगाडी यसरी प्रकट भयो कि मैले लुक्ने मौका पाएन |

 

Last edited: 21-Sep-12 02:11 AM

 
Posted on 09-21-12 2:13 AM     [Snapshot: 1015]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 उनको आमाले कति आग्रह गरे घरमा चियाको निम्ति तर मैले केही कामको बाहाना बनाए |  उनिहरुले धेरै झोलाहरु बोकेको देखेर मैले आफ्नो  हात बढाए | मैले हुन नसकेको सासुमाको हातबाट दुईटा झोला लिए मायाको हातको लिन खोज्दा उनले मसंग चोर पुलिस खेल्न खोजे | तर आमाले स्वीकृति दिए पछि उनले मेरो प्रस्ताव मान्नै पर्यो |

खोइ किन हो आज मलाई उनलाई जिस्काउन निकै रमाइलो लाग्यो | आमाको अगाडी उनले केही बोल्न रुचाएन | आमाले चै मौका पारी भनि हाले " हेर, दुवैजना चुप लागेर बसेको " | मैले नि फर्काइ हाले, " माया सारीमा आज अति सुन्दर देखेकी छे | मैले त्यो भनेको सुन्ना साथ उनले आफुले आफुलाई हेरे सारी मिलाए झैँ गर्यो |

केही क्षण मैले आमा छोरीलाई साथ दिए फेरी त्यही भीडमा मिसे | त्यही भीड जसमा कसले कसैको वास्ता गर्दैन | सब आफ्नो आफ्नो बाटो हिडी रहेको हुन्छ |

Last edited: 21-Sep-12 02:13 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters