huippa
More by huippa
What people are reading
Subscribers
Please log in to subscribe to huippa's postings.
:: Subscribe
|
सुनको कचौरा लिएर माग्ने हामी नेपाली !
|
[VIEWED 9062
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
huippa.
Please log in to subscribe to huippa's postings.
Posted on 11-16-18 10:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दुईतिहाइ बहुमत प्राप्त सरकारले बारम्बार ‘समृद्धि’ को राग अलाप्दै छ भने नेपालमा उद्योग र व्यापारमा विकास गर्न विदेशी पुँजीको आह्वान गर्दैछ । ७० लाख पौरखी हातहरूलाई विदेशमा पठाएर आफ्नो देशको ‘समृद्धि’को निम्ति पराइको आशा देखाउने सरकारका सल्लाहकारहरू कस्ता छन् ? भूकम्प पीडित जनतालाई सहयोग गर्न वाचा गर्नेहरूले वचन पूरा नगरेकोमा सरकारले चित्त दुखाउने र भीक्षाटन गर्ने दुवै कार्य नेपाली जनताको भावनाविपरीत छ । युवाहरू अनेक सङ्गीतका कार्यक्रममा गम्भीर भएर गीत गाउँछन्–मुटुमा हात राखेर– “घोटिएर हातपाउ झरिजाओस् औंला तर कोही अगाडि यी हात जोडिन्न” गोपाल योञ्जनको यो गीतले युवाहरूलाई छोएजस्तै सरकारका मन्त्री र सल्लाहकारहरूको मन किन छोइन्न ? अरुको पुँजीको एक टुक्रो रोटी खाएर खुसी हुने यी नेपाली उद्योगपति, व्यापारी र मन्त्री एवं शासक दलका नेता र कार्यकर्ताहरूमा ‘मागेको धोतीले मेरो लाज छोपिन्न’ भन्ने चेत किन आउँदैन ? नेपाली गोर्खालीहरूलाई अरु देशका जनतामाथि गोली र बम बर्साउन दिएर साम्राज्यवादीहरू अर्काको मुलुक र स्रोत–साधनहरू लुट्न लगाउँछन् र त्यसको सानो टुक्रो नेपालीहरूलाई चाख्न दिइन्छ । यसबारे नेपालीहरूमा कहिले चेत खुल्ने हो, हामी गम्भीर हुनैपर्छ । गोपाल योञ्जनले यसरी गीत गाए । खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न… आप्mनो देश र जनताको गौरव र समृद्धिको गीत गाउनेहरूले गोरखा भर्ती र देश लुट्ने साम्राज्यवादीहरूसँग ‘विकास’, ‘लगानी’ र भूकम्प ‘पीडितहरू’लाई सहयोग माग्न लाज लाग्दैन ? लाखौंलाख नेपाली युवाहरूलाई म्यानपावर कम्पनीहरूसँग मिलेर शासक दलहरूले घर–खेत बेच्न दबाब दिएर पैसा खाई नयाँ गल्लावालहरूले चेलीबेटीहरूसमेत विदेशको दास–बजारमा बेचेका छन् । उनीहरू अनेक हण्डरले दुःख खपेर बसेका छन् र कतिले सहनै नसकेर नेपाली दूतावासहरूमा शरण लिएका छन्, भोकभोकै मरेका छन् र असाध्य रोग लागी बिरामी भई देश फर्केका छन् र कति बाकसमा फर्केका छन् । आमा–बाबु र परिवार, बालबच्चाको हविगत के भयो होला ? अमर गुरुङ्गको सङ्गीतमा अगमसिंह गिरीले गाएको गीत आजसम्म नेपाली मन र मुटुमा छापझैं बसेको छ– “नियाली हेर हामीलाई, भिजेको छैन परेला आँसुले गह भिजाए, अरुले निर्धा सम्झेला ?” शासक दलका समर्थक प्राध्यापक, बृद्धिजीवी र सल्लाहकारहरूको खोइ आवाज, प्रतिक्रिया र दृष्टिकोण ? ठेक्का–पट्टा, नाफा, भागवण्डा, भू–माफिया, गिट्टी, बालुवा र क्रसरका अपराधीहरू, सडकहरूमा ध्रराप हालेर पैसा हजम गर्ने हाकिम, ट्रिपरका मालिक, ठेकेदार र मन्त्रीहरू के नेपाली होइनन् ? सायद ‘नाफा’को कुनै राष्ट्रिय सीमा हुँदैन ! अगमसिंह गिरीले सिंहदरबारका घुम्ने मेचहरूमा बस्नेलाई सम्झेर लेखेका होलान्– “बुझ्छ र कसले रोएको मुटुमा काँडा लिएर अरुका सारमा हाँसेको, आँसुका घुट्का पिएर…” भनिन्थ्यो, नेपाली सम्पतिको भण्डारको तालाको साँचो दिल्लीमा छ, नेपाली सवारीका लाइसेन्सहरू, नेपाली जलविद्युत्को प्रसारणको ग्रिड वा ढुकुटी भारतमा छ, नेपाली अपराधी र नेपाली शासकका सल्लाहकारसमेत डिल्लीमै छन् । के अब नेपाली शासकहरू र शासन डिल्लीबाट मुक्त हुनसक्दैनन् ? केहीले भने– नेपाल सुनको कचौरा बोकेर माग्ने मानिसजस्तो छ । सात सय वर्ष अगाडि कोलम्बसले अमेरिका पत्ता लगाउँदा त्यहाँका आदिवासी वा पाषाण युगीन मानिसहरू सुनको ढुङ्गामा बस्थे अर्थात् ती ताम्रवर्णका मानिसहरू सभ्यतामा विकास भई नसक्दा, तिनीहरूलाई सुनको महत्व थाहा थिएन । आज नेपाली व्यापारीहरू युवाहरूलाई विदेश पठाई नेपालीलाई नै ठग्छन् , हिमालको मूल्य थाहा नपाएर ती पर्यटन उद्योगी भन्ने केही ठगहरूले सरकार, स्थानीय निकाय र जनतालाई ठग्दै छन् ।
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|