मैले
मात्र टाउको हल्लाए , हिजो देखि शब्द निकाल्दा भकभकाउन थालेको छु उसको अघि !!शब्दहरु
कतै गहिरो ठाउँ बाट उचालेर निकाल्नु पर्ने जस्तो भएका छन् !
“किन बोलाइस्येको ,यति सानो कुरामा त्यति टाढाबाट आयो गयो
,बिचरोलाई नसुनाएकै भए हुन्थ्यो !”
“मान्दै मानेन !”
मैले छोटैमा कुरा टुंग्याएँ !
कसरी
भनौँ उसलाई यो सानो कुरा हैन भनेर ।डक्टरले तिन महिना छ ,फाइनल स्टेज हो , बिरामीलाई
यो कुरा भनेकै राम्रो भन्यो तर सुधालाई सुनाउन आँट आएन । बिस्तारै उसलाई थाहा
भइहाल्नेछ , म उसलाई भन्न सक्दिन । उसलाई हेरेँ , हेरिरहेँ आफ्ना आँखाहरुलाई
सकेसम्म सुख्खा राख्ने असफल प्रयास गर्दै अनुहार दुब्लाएको थियो तर पनि शालिन थियो
सँधै जस्तै कहिल्यै नरिसाउने , कसैलाई हाँस नउठ्ने मेरो जोकहरुमा पनि मुसुक्क
मुस्काइदिने । उ उत्तिनै राम्री थिइ , मानौँ उसले आफ्नो सुन्दरता को लागि समय
रोक्ने सामर्थ्य राख्छे ।अहँ होइन , सक्ने भए म उसलाई नै भन्ने थिएँ अब समय रोकौँ
,यात्रा रोकौँ अर्को मोडमा दोबाटो आउँदैछ तिम्रो र मेरो साथ छुटाउने ! टिलपिल हुन
थालेका आँखालाई अन्ततिर मोडेँ ।
“म चिया खाएर आउँछु तलबाट !”
“हुन्छ दाई त्यतिखेर सम्म म बस्छु !”
भाइले
मेरो कुरा बुझ्यो । मलाई थोरै समय चाहिएको छ सामान्य हुनलाई । उ मलाई समय दिन
चाहन्छ । तर सामान्य कुरा म अब कहिलै सामान्य हुन सक्दिन । मेरो एक्लो जीवन सुधा
बिनाको सामान्य हुन सक्दैन !
“दिक्षा कहाँ छे ?” मैले भाइलाई सोधेँ
“बाहिर !”
उसले मलाई
नियाल्दै जवाफ फर्कायो । उ हिजो देखी रोइरहेकी छे ।म उसलाइ नहेरी भर्यांग बिस्तारी
ओर्लिएँ । छेउछाउका मलिन अनुहारहरु , भिजेका आँखाहरु नियालेँ । चिनेका आँखा कसैका
नपरुन् भनी प्रार्थना गरेँ ।
हिजो
निदाउन नसक्दा मैले एकचोटी सोचेँ पनि दिक्षाले धेर रुनु पर्ने हो वा मैले ? फेरि
सोचे म किन दाँजिरहेको छु ! म स्वार्थि बन्न पाउन्न , मैले सुधालाई सकेसम्म
राम्ररी बिदा गर्नु छ । उसको हात सुमसुम्याएको थिएँ , उ तिस बर्ष अघि जस्तै कोमल
थिइ !
“किन नसुतिस्येको ?” उ निदाएकी थिइन
“त्यत्तिकै !”
“बिरामी कुर्न आउनुभएको आँफै बिरामी पर्नुहोला ,प्रेशर पनि लो
छ खानपान मिलेको छैन हफ्ता दिन देखी !”
उसले
बिस्तारी रोकिँदै रोकिँदै बोलि !उसलाई कसरी भनौँ म अब कहिल्यै ठिक हुन्न । मेरो
मुटुको टुक्रा झिक्दैछ भगवानले ।मुटु नै नभए के को प्रेशर ?
“डक्टरले थोरै बोल्नु भनेको छ तिमीलाई सुत अब !”
मलाई उसको हात छोड्न मन लागेन ।
अचानक हात
पोल्यो ,गिलासको चिया हातमा धेरै बेर भएछ । सुरुप्प पारेँ !
सुधा चिया
मिठो बनाउँछे । बिहानको पत्रिका सुधाको चिया बिना पढ्न रमाइलो हुँदैन थियो ! मैले
जहाँ पायो त्यहिँ छोडेको चश्मा पनि कहाँ छ सुधालाई थाहा हुन्थ्यो । यो चिया मलाई
तितो लाग्यो अचानक !
“भाइ चिनी हाल्न बिर्सेको हो ?”
“हालेको थियो त दाजु !”
चिया पसलेले अचम्म मान्दै मलाई
हेर्यो ,
“थपौँ त ?”
“भइगो !”
मलाई त्यो चियामा कुनै मतलब थिएन !
दिक्षा थोरै सम्हालिएकी थिइ !
“ आमाको अघि नरो है !” मैले कुनामा लगेर उसलाई सम्झाएँ !
उसले पनि टाउको मात्रै हल्लाई !
“रुपेशले कल गरेको थियो ,कोरिया ट्रान्जिटमा छ रे !”
“नआत्तिइ आइज भनिस् ?”
दिक्षा फेरि झ्याल तिर फर्की ! मलाई
थाहा छ उ आँशु लुकाउन खोज्दैछे । म पनि त्यस्तै गर्छु !
“तेरो अफिस जाने बेला भो होला !” मसँग भाइसँग गफ गर्न
टपिक्सहरु छैन !
“हुन्छ दाइ म बेलुका आउँछु ।“ उसले आफ्नो हेलेमेट
उठायो !बेलुका रुंग्नलाई केटा मान्छे चाहिन्छ दिक्षा सुतेकी छैन तिन दिन देखी आज
सुतोस् , निदाउन सकी भने !
“दिक्षा कता गइछे ?”
“तिमी सुति राख न , बाहिर निक्लेकी होली आइ हाल्छे नि !”
“यो स्लाइन कतिन्जेल दिनु पर्ने हो ?” उसले आफ्नो हात
हेर्दै प्रश्न राखी !
“ठिक नहुन्जेल !”
सुधा
मलाई ज्वरो मात्र आउँदा पनि मेरो निधार त्यहि हातले छाम्ने गर्थी , अनि मलाई सँधै
ज्वरो आइराखोस् जस्तो लाग्थ्यो । जो सँग मैले आजसम्म आफ्ना कुराहरु लुकाएको छैन
,आज उसैको मृत्यु म उसँग लुकाउन खोज्दैछु । मान्छे किन यति विवश हुन्छ ? शायद
अन्तिम शक्ति कोहि आफूसँग राख्न चाहन्छन् शक्ति सन्तुलनको लागि !
“एक छिन यता आइस्यो न !”
म बिस्तारै उसको छेउमा गएँ । मलाई डर
पनि थियो उसले म भित्रको आँशु देख्छे !
उसले मलाई अनायसै अंगालो मारी , सँधै
जस्तै न्यानो थियो !
“नढाँटीकन भनिस्यो त कति दिन भनेको छ ,डक्टरले ?”
उत्तर दिन कता कता घाँटिमा शब्दहरु
अड्किए , चाहेर पनि आँशु रोक्न सकिन । म यो कथाको अन्त्य चाहन्न !!!!
“ आमाको अघि नरो है !” मैले कुनामा लगेर उसलाई सम्झाएँ !
उसले पनि टाउको मात्रै हल्लाई !
“रुपेशले कल गरेको थियो ,कोरिया ट्रान्जिटमा छ रे !”
“नआत्तिइ आइज भनिस् ?”
दिक्षा फेरि झ्याल तिर फर्की ! मलाई थाहा छ उ आँशु लुकाउन खोज्दैछे । म पनि त्यस्तै गर्छु !
“तेरो अफिस जाने बेला भो होला !” मसँग भाइसँग गफ गर्न टपिक्सहरु छैन !
“हुन्छ दाइ म बेलुका आउँछु ।“ उसले आफ्नो हेलेमेट उठायो !बेलुका रुंग्नलाई केटा मान्छे चाहिन्छ दिक्षा सुतेकी छैन तिन दिन देखी आज सुतोस् , निदाउन सकी भने !
“दिक्षा कता गइछे ?”
“तिमी सुति राख न , बाहिर निक्लेकी होली आइ हाल्छे नि !”
“यो स्लाइन कतिन्जेल दिनु पर्ने हो ?” उसले आफ्नो हात हेर्दै प्रश्न राखी !
“ठिक नहुन्जेल !”
सुधा मलाई ज्वरो मात्र आउँदा पनि मेरो निधार त्यहि हातले छाम्ने गर्थी , अनि मलाई सँधै ज्वरो आइराखोस् जस्तो लाग्थ्यो । जो सँग मैले आजसम्म आफ्ना कुराहरु लुकाएको छैन ,आज उसैको मृत्यु म उसँग लुकाउन खोज्दैछु । मान्छे किन यति विवश हुन्छ ? शायद अन्तिम शक्ति कोहि आफूसँग राख्न चाहन्छन् शक्ति सन्तुलनको लागि !
“एक छिन यता आइस्यो न !”
म बिस्तारै उसको छेउमा गएँ । मलाई डर पनि थियो उसले म भित्रको आँशु देख्छे !
उसले मलाई अनायसै अंगालो मारी , सँधै जस्तै न्यानो थियो !
“नढाँटीकन भनिस्यो त कति दिन भनेको छ ,डक्टरले ?
उत्तर दिन कता कता घाँटिमा शब्दहरु
अड्किए , चाहेर पनि आँशु रोक्न सकिन । म यो कथाको अन्त्य चाहन्न !!!!
पढ्दा पढ्दै आधा पुगेक्ची फेरी सुरु देखी पढेँ। एक्छिन त घुमायो, शायद सानो मगज भएर होला, बुझ्न गार्हो लाग्यो। धेरै पछी देखा परीयो। वेल्कम ब्याक! यो पाली अली धेरै बस्नु हुन्छ भन्ने मान्या छु
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 07-05-11 6:18
PM [Snapshot: 1645]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
Fuchhey-keta ji,
man nai chasakka bho antya ma , aakha rasaye mera. sarai ghat-lagdo , choto ra meetho bhasa ko katha, dohorawodai padhey. Keep it up, keep it coming.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.