[Show all top banners]

lopchanlama
Replies to this thread:

More by lopchanlama
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

lopchanlama
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 नपढेको कथा
[VIEWED 12642 TIMES]
SAVE! for ease of future access.
Posted on 02-01-08 2:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                       नपढेको कथा

आँह कती मिठो सितल हावा। कुम्लो सिरानीमा राखी पल्टिन्छ सिमलको रुख मुनी भरिया। घरि एता पल्टिन्छ घरि उता पल्टिन्छ। जिउ थाकेको , मन दुखेको छ। निदाउन खोज्छ मनमा  कुन्नी के कुरा खेलिरहन्छ। छटपटी हुन्छ। टोलाएर एक छिन भिडी सल्काउछ। लामो- लामो सर्को तानेर धुवा आँकास तिर फाल्छ। पिच्च थुकेर अर्को लामो सर्को तान्छ अनी फाल्छ। सलाई इस्टकोटको दाँया खल्तिमा राखेर आँकास तिर मुन्टो फर्काएर पल्टिन्छ। मनमा नाना-भाती कुराहरु खेल्दै थियो एउटा गौथिली भुर्र उडेर आयर बाँया कानमा आएर बस्छ।

"निदाउन सकेन बाबु। चिन्यौ मलाई? तिम्रो घरमा बस्ने गौथली हुँ। सुत तिमी "

 पखेटाले हम्काउछ।निधार सुम्-सुमाउछ

"अझै निद्रा लागेन "

"सुन तिमीलाई आँज नपढेको कथा सुनौछु।"

"एका देशमा एउटा देश थियो। एउटा राजा थियो एउटा रानी थियो एउटा राज कुमार थियो। यो कथा राज कुमार गाँजा खाएर राजा-रानी मारेको कथा पनि होइन।खगेन्द्र सङ्रौलाको सपनिमा आएर राज कुमार रोएको कथा पनि होइन।

कपाल सुम्सुम्याउदै “माओवादी भिडन्तको कथा पनि होइन कैयौ आमाहरुको कोख लुटेको कथा पनि होइन्।दिदि-बहिनी बिधुवा भएको कथा पनि होइन। भाई-भाई लडेको कथा पनि होइन। माओवादी-सरकार बार्ताको कथा पनि होइन। ठुलदाईको जहनिया शासन को कथा पनि होइन्।करोडौ जनता सडकमा उर्लेको कथा पनि होइन।

“यो संबिधान सभाको चुनाव को कथा हो।"

भरिया घुर्-घुर गरेर निदाउछ।


 
Posted on 02-06-08 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

              लघु- कथा- वार्तालाप

"नमस्कार प्रधानमन्त्रिज्यु"

"नमस्कार बाबु"

"आरामै हुनुहुन्छ।"

"छाती दुख्छ्।खोकी लाग्छ।"

" त्यसो भए स्वास्थ्य ठीक छैन?"

"दम छ। हिदडुल गर्न सक्दिन।"

"प्रधानमन्त्रिज्यु, देशमा शान्ति-सुरक्षा छैन नी।"

" बिरामी छु।"

"प्रधानमन्त्रिज्यु, त्यसो भन्नु भएर भएन, देशमा महगीँ  बड्य-बड्यै छ।"

" बिरामी छु।"

"प्रधानमन्त्रिज्यु,सहरमा दिन्-दाहडै लुट्-पाट मच्चेको छ।यसको बारेमा के भन्नु हुन्छ?"

" बिरामी छु।"

"चुनाव कहिले हुन्छ त प्रधानमन्त्रिज्यु।"

" बिरामी छु।"

"प्रधानमन्त्रिज्यु, त्यसो भए रजिनाम दिनुहोस्। पद त्याग्नुहोस्।"

"चुनाव चैतमा हुन्छ।"


 
Posted on 02-06-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lopchan Ji,

Very realistic satire to Nepal's present political situation. I love both  stories.

Keep it up!


 
Posted on 02-06-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry,

Double posting bhayecha

Last edited: 06-Feb-08 11:57 AM

 
Posted on 02-07-08 3:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rosaline ji, मेरो पहिलो प्रयासलाई मन पराइदिनु भएकोमा धेरै- धेरै धन्यवाद


 
Posted on 02-07-08 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लघु- कथा- यथार्थ

"हो बौलाएँ। पागाल हुँ।हान मलाई ढुङ्गाले।"

" बोक्सी हुँँ। किच्कन्डी हुँँ। पागाल हुँँ। थुक मलाई।" ओरिपरी झुम्मिएका सज्जन भनाउदा पागलहरु तर्फ छाती पिड्दै चिच्चाउछ " जेठो छोरो आर्मिले मार्यो,माइलो छोरा माओवादीले मार्यो कान्छो छोरा एम्बुसमा मारियो।" प्रतेकको आँखा नियाल्दै " श्रीमानलाई  अपहरण गरी गोली हानी मारियो।"

सुक्क सुक्क रुन्छ अनी जोडले हाँसेर् "छोरीलाई आँगनमा लगेर बलत्कार  गरियो।" अली गम्भिर भएर " मेरा
 साना-साना नातिनिहरु स्कुलमा भिडन्तमा मारियो।हो मेरो नातिनिहरु स्कुलमा मारियो। सुन्यौ तिमीहरुले?" प्रश्न गर्दै "मेरो  परिवार सबै मारियो यो कथित जन्-युद्दमा।"

"हो पागल भएँ यि बमहरुले गर्दा,यी बन्दुकहरुले गर्दा प्रचन्ड बाबुरामको नौटन्की जन्-युद्दले गर्दा।"

चिच्च्याई-चिच्चाई झम्टियर " उठ तिमी जाग तिमी, उठ तिमी जाग तिमी, उठ तिमी ,उठ तिमी, उठ तिमी, उठ तिमी,, उठ, उठ ………………….."

झल्ल्यास हुन्छु आफ्नै खाटमा।

"कती सुती राको यो केटो? कलेज जान डिलो भएन? घण्टा देखी चिच्च्याई रहेछु। होइन के देख्यो सपना?"

"आमा मैले  यथार्थ देखें"

 


 
Posted on 03-20-09 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


बन-बास


घोर निन्द्रामा थिएँ। एक्कासी निन्द्रा खुल्यो। सिरानीसंगै राखेको मोबाईल बजेको रहेछ।


बिहान कलेजको पढाई दिन भरिको कामको थकाईले लोलाएका आँखा बिस्तारै उघारी हेरे अन नोन कलबाट फोन आएको रहेछ। नेपालबाट दाईले फोन गर्यो भनी हत-पत फोन उठाएँ। साथीले गरेको रहेछ। सन्चो-बिसन्चो आधान-प्रधान भयो। कुरा-कानिको सिलसिला क्रममा देशको स्थितिकोबारे बेलि-बिस्तार ला’यो।


"हलो! सुनी रा'" उताबाट साथी बोल्यो


"भन" मैले जवाफ दिएँ


"आज-भोली नेपालमा खत्तम "


"हो ? के भयो त्यस्तो? " मेरो  प्रश्न


"कुन बेला बत्ती जान्छ थाहै हुँदैन।दिनमा २० घण्टा बत्ती जान्छ। धारामा कहिले कही मात्र पानी आउछ। हलो ! सुनी रा'"


"हलो! अँ अली ठुलो स्वरले भन। अली सुनिएन"


"हलो! अब सुन्यो"


"हलो! अँ सुने भन"


"स्कुल क्याम्पस बन्द छ। तराइ बन्द भएको हप्ता भयो।राज्-मार्ग पनि बन्द छ। भोली चक्काजाम छ। पर्सी उपत्यका बन्द छ। हलो! सुनी रा'"


"अँ"


करिब मिनट लामो नेपालको खबर पछी सोद्यो


"अँ साच्चै तिमी नेपाल कहिले आउने?"


" बन-बास अहिले नै आउन्न" मैले भने।


यत्तिकैमा कोनेक्सन कट भयो। म फेरी निदाउन खोजे,तर पटक्क निद्रा लागेन। एता पल्टिएँ उता पल्टिएँ। नाना भाती कुराहरु खेल्न थालयो मनमा।जुरुक्क उठेर एक गिलास पानी खाएँ ।अनी फेरी पल्टिएँ। कुन बेला भुसुक्क भयो थाहै भएन।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters