sangam4u
More by sangam4u
What people are reading
Subscribers
Please log in to subscribe to sangam4u's postings.
:: Subscribe
|
नेपालप्रेम्: एक बिदेशमा बस्ने नेपालीको आँखाबाट
|
[VIEWED 7352
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sangam4u
Please log in to subscribe to sangam4u's postings.
Posted on 10-18-14 7:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
काममा दिउसोको खाजा खाने समय थियो, म र एकजना दाई खाँदै नेपाल बारेमा कुरा गर्दै थियौ। बिदेशमा बसेपनी नेपालमा के भईरहेछ भन्ने जिज्ञासा हुनु स्वोभबिकनै हो।तेतिकैमा अर्को दाई आएर "अमेरिकामा बस्छौ अनी नेपालको कुरा गर्छौ" भनेर जिस्काउनु भयो। हुनपनी हो एकछिन त सोचे ठिकै भन्नु भो भनेर। तर मन मा अर्को पनि प्र्श्न आयो, के नेपाल को हित चाहनको लागि नेपालमै बस्न पर्छ र? हो म नेपाललाई माया गर्छु ,"जननी जन्म भुमिस्च स्वोर्गदपी गरियेसि" भनेझै म जहाँ रहेपनि नेपाली माया, नेपाली रगत म मा सदा बगिरहन्छ। मेरो अस्तित्व मेरो पहिचान भनेको नेपालि नै हो। प्रश्न आउन सक्छ तेत्रो माया भए नेपाल छोडेर किन बिदेश् लागेको त? एस्का उत्तर हरू धेरै आउन सक्छन् ,राम्रो रोजगार देखि लिएर पढाई अथवा अरु कुनै।कोइ बाध्यताले बिदेसिन्छन त कोइ रहरले। बिदेश् जानु राम्रो हो होईन त्यो आफैमा एउटा छलफल को बिषय होला तर मैले भन्न खोजेको चाँही "के बिदेश् जाने बित्तिकै सबै नेपाली ले नेपाल लाई माया मार्छन त, नेपालि परम्परा सस्क्रिती बिर्सछन त? बिदेशि नेपालिहरूलाई नागरिकता दिने नदिने भन्ने ठुलै बहस छ नेपालमा। एउटा मन्त्रीको भनाइ अनुसार त बिदेशमा बस्ने नेपालि त भगुवा हुन रे। दोहरो नागरिकता त दिनै हुन्न रे। तर वहाँले यो चाँही बुज्नुभयेनछकी नेपालि हुनलाई नेपाल् मै बस्नु पर्दैन। समय परिवर्तन्सिल हुन्छ। अहिले को यो सानो संसार मा तपाइले आफ्नो देश् प्रतिको माया दर्सौउन नेपालमै बस्न पर्दैन। माया भन्ने चीज मन बाट आउने कुरा हो। नेपाल् मै बसेरपनी बाहिर मुख बाट देशभाक्तीका ठुला ठुला कुरा गर्ने अनि बेबहारमा चाँही देशलाई टुक्रा टुक्रा पार्ने योजना बनाउने कहीले पनि नेपालि हुन सक्दैन। भलै अहिले म नेपालमा छुइन तर मेरो मन मा नेपाल लाई टुक्रा टुक्रा पार्ने सोच कहीले पनि आएन र आउदैन पनि। कुनै पनि ठाउँ भनेको भौतिक कुरा हो, तर देशप्रेम भनेको भावनत्मक कुरा हो। देश् वा बिदेश् जहाँ पनि हुनुस् ,येदी मन मा देश् प्रतिको माया र आस्था छैन भने आफूलाई जतिनै देशप्रेमी भने पनि त्यो केवल एउटा नौटन्की बाहेक केही हुदैन। नेपाल मा कुनै नराम्रो हुँदा हाम्रो पनि तेतिनै मन दुख्छ जति नेपालमा बस्ने एउटा सच्च् नेपालीको दुख्छ। अहिलेको समयमा संसारलाई भुगोलमा बाड्ने मुर्ख सिवाय केही होइन। के एउटा नेपालिको राम्रो हुनु भनेको नेपालको पनि राम्रो हुनु होईन र? चाहे त्यो नेपाल मा होस् या बिदेशमा continue at http://selroti977.blogspot.com/2014/10/blog-post.html
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| Why Oli must go for the UML to survive? |
| maga got what they voted for |
| Deepak Bhatta could help bring down the three stooges |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|