[Show all top banners]

rownyc
Replies to this thread:

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 Solving NEPAL-INDIA Dispute--LIPULEK
[VIEWED 2885 TIMES]
SAVE! for ease of future access.
Posted on 08-05-15 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिल्ली दौडाहामा आएका पुर्व प्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवाले यतिखेर चर्चामा रहेको लिपुलेकसहित कालापानी र सुस्ता नेपालको भूभाग रहेको दावी गरेका छन् । उनले यसबारे 'भारतले गर्ने दावी आफ्नै प्रकारको हुन सक्ने' धारणा राखेका छन् ।

दिल्लीस्थित सरकारी थिङ्क-ट्याङ्क सुरक्षा मामला अध्यन निकाय (आइडीएसए) मा नेपाल-भारत समसामयिक सम्बन्धका बारे शुक्रबार प्रवचन दिंदै देउवाले अहिले विवादमा ल्याइएको लिपुलेक नेपाल-भारत-चीनको त्रिदेशीय नाका भएको यथार्थलाई भुल्न नमिल्ने बताए । "नेपाल-भारत बीच रहीआएको सुमधुर र सहज सम्बन्ध अन्यत्र कहींकतै पनि छैन", देउवाले भने-"आपसमा यदि केही समस्या र विवाद छन् भने द्धैपक्षीय वार्ता र कुटनीतिक समझदारीबाट सहजै हल गर्न सकिने अवस्था हामीबीच छ ।"

देउवाले नेपालमा शान्ति प्रकृया निष्कर्षको बिन्दूमा पुग्नै लागेको भन्दै साउन महिनाभित्रमा संविधान लेखनको काम पुरा गर्न राजनीतिक दलहरुबीच सक्दो संवाद जारी रहेको बताए । "यसबीचमा संविधानको पहिलो मस्यौदा जनतामाझ गएपछि आएको राय/सुझाव आधारमा धर्मका मामलामा धर्मनिरपेक्ष शब्द राख्ने/नराख्ने बारे घनिभुत छलफल भैरहेको छ",उनले भने-"शायद यो शब्दको साटो कुनै उपयुक्त शब्दावलीको चयन हुनेछ ।" उनले आठ प्रदेशमा बन्न लागेको संघीयताको खाकामा मधेशीसहितका सबै राजनीतिक दलहरु सहमत भैसकेको बताउादै पछिल्लो चरणमा सिमांकनसहितको संविधान ल्याउन दलहरुबीच संवाद र परामर्श जारी रहेको बताए ।

देउवाले अघिल्लो चरणमा लिखित मन्तव्य राख्दै भुकम्पको प्राकृतिक बिपत्तीपछि पुर्ननिर्माणको चरणमा रहेको नेपाललाई कठीनाइ परेको बेला भारतले पूर्ण सदासयता र उदारताका साथ सहयोग पुर्याएकोमा खुलेर सहृाअना गरेका थिए । "अहिले पनि बिरुप बनेका र चर्किएका धेरै भवन तथा संरचनालाई भत्काउने प्रविधि नेपालसाग छैन, यसका लागि पनि भारतको सहयोग अपेक्षित छ",उनले भने । देउवाले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको शासनपछि सुरु भएको द्धैदेशीय उर्जा, ब्यापार र अन्य क्षेत्रका सम्झौताहरुले धेरै उपलब्धीपूर्ण परिणाम देखाउन सक्ने भन्दै आफ्नै प्रधानमन्त्रीत्व कालमा सुरु भएको पञ्चेश्वर बहुपक्षीय परियोजना कार्यान्वयनको दिशामा अघि बढेकोमा प्रसन्नता व्यक्त गरे ।

आइडीएसएले आयोजना गरेको प्रवचन कार्यक्रममा नेपालका लागि पुर्व राजदूत केभी राजनले पुर्व प्रधानमन्त्री देउवालाई चुनौती लिन सक्ने नेता भन्दै देउवाकै अग्रसरताका कारण पञ्चेश्वर परियोजनामा सम्झौता हुन सकेको बताए । कार्यक्रममा आइडीएसएका  उपनिर्देशक रुमेल दहिया, नेपाल मामला जानकार एसडी मुनि, अशोक मेहतालगायतको उपस्थिती थियो ।

देउवाले शुक्रबार दिउासो भारतीय जनता पार्टीका बरिष्ठ हिन्दूबादी नेता भगतसिंह कोसियारीसाग पनि लोधीरोधस्थित उनको निवासमा भेटवार्ता गरेका थिए । देउवाले शुक्रबार अपरान्ह भारतीय राष्टपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसाग भेटवार्ता गर्दैछन् ।


 
Posted on 08-05-15 3:46 PM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

While you go to India , bring the right people who knows more on it.
Your visit is not for getting TA and DA.



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
maga got what they voted for
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
where are Hunter Biden and Biden got 40k maga hounds?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters