[Show all top banners]

kaile
Replies to this thread:

More by kaile
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 शाही आयोग खारेज
[VIEWED 8734 TIMES]
SAVE! for ease of future access.
Posted on 02-13-06 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रष्ट्राचार नियन्त्रण शाही आयोग खारेज भएको छ। यस विरुद्ध परेको रिट निवेदनमा फैसला गर्दै सर्वोच्च अदालतले आज यो आदेश गरेको हो।
१९ माघ २०६१ मा मुलुकको शासन सत्ता आफ्नो हातमा लिए पछि 'भ्रष्ट्राचार नियन्त्रण'कालागि राजाबाट यस आयोगको गठन भएको थियो।

तर राजाको उक्त निर्णय संविधान विपरित भएको भन्दै अधिवक्ता संतोषकुमार महतो तथा संजीव पराजुलीले दायर गरेको रिट निवेदन उपर आदेश दिने क्रममा अदालतले 'आयोगको गठन संविधान बमोजीम नभएको' बताउदै यसको खारेजीको आदेश दिएको हो।

सर्वोच्चका न्यायाधीशहरु केदारप्रसाद गिरी, मीनवहादुर रायमाझी, रामनगिना सिंह, अनूपराज शर्मा र रामप्रसाद श्रेष्ठको विशेष इजलासबाट भएको आदेशमा भनिएको छ, “२०६१।११।५ को आदेशद्वारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोगलाई निरन्तरता दिन मिति २०६२।१।१६ मा भएको आदेश संविधानको धारा ८४, धारा ८५, धारा ८८(३), धारा ९८, धारा ११५(७) र धारा १२७ को उद्देश्य र भावना विपरित भई संबिधानसंग बाझिएको देखिन आयो।”

आदेशमा अगाडि भनिएको छ, “गठन आदेश र निरन्तरता दिने आदेश संविधानको धारा ७१ को व्यवस्था बमोजिम ऐन वा धारा ७२ बमोजिमको अध्यादेश बमोजिम कानून नभएको अवस्था भएपनि गठन र निरन्तरता दिने आदेशवाट भ्रष्टाचार सम्वन्धी प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीले प्रयोग गर्ने सबै अधिकार, बिशेष अदालत ऐन, २०५९ बमोजिम बिशेष अदालतलाई भएको अधिकार र कतिपय कुराहरुमा अदालतलाई भए सरहको अधिकार प्राप्त गरेको भई कानूनले मात्र प्रदान गर्न सक्ने अधिकार प्रदान गरेको देखिंदा संविधानसंग बाझिने गरी मिति २०६१।११।५ को भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन गर्ने गरेको आदेश नेपाल अधिराज्यको संबिधान, २०४७ को धारा ११५(१) अन्तर्गत जारीभएको संकटकालीन अवस्थाकोे आदेश सोही धाराको उपधारा (११) बमोजिम मिति २०६२।१।१६ मा फिर्ता लिइएको कारणबाट सो मिति २०६१।११।५ को आदेश प्रभावहीन भैसकेको हुदां प्रभावहीन भइसकेको आदेशका सम्वन्धमा अमान्य वा बदर केही बोलिरहनु पर्ने अवस्था नभएबाट क्रियाशील रहेको निरन्तरता दिन भएको मिति २०६२।१।१६ को आदेश संबिधानको धारा ८८(१) बमोजिम आजका मिति देखि अमान्य घोषित गरिएको छ।”

आदेशमा अगाडि भनिएको छ, “ भ्रष्टाचार नियन्त्रण शाही आयोगलाई निरन्तरता दिने गरी भएको मिति २०६२।१।१६ को आदेश अमान्य घोषित भएको हुँदा भ्रष्टाचार नियन्त्रण शाही आयोग कायम रहन सक्ने अवस्था नहुँदा आजैका मितिवाट खारेज गरिएको छ।”

भ्रष्ट्राचार नियन्त्रणको नाममा आयोगले राजाको निरंकुशता विरुद्ध आन्दोलनरत् विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरु विरुद्ध भ्रष्ट्राचारका कार्वाहीहरुलाई अगाडि बढाउदै आएको थियो।

 
Posted on 02-13-06 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र हरु अब ज्ञाने को भबिष्य मा जाने ठाउ कान्हा होला जस्तो लाग्छ ? मलाइ त लाग्छ पारस ले अब यसलाइ मार्छ ।
 
Posted on 02-13-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ye sajhabusaima jee, euta kuro bhandinuhos hai,
yo prachanda lai Gyane le nai paleko ta haina. Natra bbc, kantipur le interview liyera aisakyo, kaha baschha bhanne thaha hudaina?
You sound very analytical, thats why I am asking you.
 
Posted on 02-13-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey dibya you are not child coz u doing PhD RT?
Why are you being like child then?
:D :D :D :D
 
Posted on 02-13-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sher Bhdr gonna be PM again...
Gyane is Gyani and very clever....at least showed the World that the Supreme Court is free of his influence... The present symptoms in Nepal indicates some ploy/play underground. Girija and Makunes are silent /Prachanda sating to consider monarch / Rayamajhi suggesting the Monarch to step back/ Tulsi Giri Silent... There must be some sort of KHICHADI being cooked in the core. Anyway the facts will unveil sooner or later.
 
Posted on 02-13-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dibya Raj Koirala जोतिष जि धन्याबद सम्झनु भएको मा ।
जोतिष जि तपाइ ले भने जस्तै ज्ञाने ले कुनै जमाना मा पालेको हुनसक्छ पर्योग को लागि तर अहिले ज्ञाने राजा भए पछि होइन किनकि पहिला ज्ञाने ले राजा बन्न को लागि हरेक हत्कण्डा प्रयोग गर्यो तर पछि त्यिनै ज्ञाने का दुस्मन भएर निस्के, कति ज्ञाने को समर्थक हरु अहिले आएर उनका बिरुद्ध मा उत्रि सकेका छन, जस्तो राणा राप्रपा गुट।

तर माओबादि को बारे मा एसै भन्न सकिन्न किनकि यिनि हरुले भन्ने कुरा पत्याउन त्यति सजिलो छैन , तिन महिना अघि सम्म गणतन्त्र को कुरा गर्ने यिनि हरु आज राजनिति पार्टि सँग को सम्झौता पछि लोकत्न्त्र गणतन्त्र को कुरा गर्छन। कुनै मेडिया मा हामि ले हिडेका बाटा हरु केहि हद सम्म गलत भन्न झुक्दैनन् भने कहि लोकतन्त्र गणतन्त्र नै गणतन्त्र को लागि खुट्किला बन्न सक्छ भन्न पनि छोडदैनन् ( यो मेरो नितान्त ब्यक्तिगत बुझाइ हो )।


अब हामि ले केहि समय प्रतिक्षा गर्नु पर्छ देस को राजनिति ले कुन मोड लिन्छ र ज्ञाने ले कति सम्म झुक्छ राजनैतिक पार्टि सँग किनकि ज्ञाने लाइ राम्रो सँग थाहा छ नेपालि राजनिति मा केहि राजनैतिज्ञ छन र त्यि भनेका बेस्याजस्ता छन जो र जसले पैसा खुवाउन सक्छन त्यसकै पक्ष मा ढल्कने छन भोलि देखि , न त यिनि हरु लाइ देसको हेक्का छ न त नेपालि जनता र प्रजातन्त्र , जे भए पनि राम्रो कुरा को आसा गरौं, र देस मा चाडै लोकतन्त्र को अपेक्षा गर्यौ।

हुनत के भन्न सकिन्छ , यदि यिनिहरु ले भने जस्तै कस्टिच्युसनल एसेम्बलि बाट गए भने देस अहिले को स्थिति बाट पार पाउन पनि सक्छ हामि दाजु भाइ , दिदि , बहिनि को बिच को युद्ध बन्द हुन पनि सक्छ तर यिनि हरु को हार भयो भने के भन्न सकिन्छ र यिनि हरु फेरि जङ्गल पसेर आतङ्क नम्चाउलान भनेर।


जे भए पनि हामि लाइ शान्ति चाहिएको छ। मुक्ति चाहिएको छ । यो लडाइ यसैको लागि हो , त्यसैले यसमा सत्य कै जित हुन्छ ।

(केहि गलत भए सच्चाएर पढनु होला र यो मेरो नितान्त ब्यक्ति गत बिचार हो त्यसैले तपाइ ले आफ्नो बिचार राख्न पाउनु हुन्छ गालि नगरि र नहोच्याइ कन। धन्याबद)
 
Posted on 02-13-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर जस्ले जे भने पनि मलाई प्रचन्ड गाइ प्राणी लाग्यो । तेस्ले interview मा जे भन्यो भित्री आत्मा देखी भन्यो । मलाई त्यो निकै मन पर्‍यो । बिचरा english मा भन्न आएन भन्दा पनि बाबुराम लाई हेर्दो रहेछ ।
 
Posted on 02-13-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>तर जस्ले जे भने पनि मलाई प्रचन्ड गाइ प्राणी लाग्यो ।

हो त नि. किन अउरेजीमा भन्न प-यो ? मनको कुरो खुलस्त भन्न जे मा सजिलो लाग्छ उसैमा भने भैगो नि. मलाई पनि प्रचण्ड मुन पर्न थालो क्यार्नी हो?
 
Posted on 02-13-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you DRK (dibya Raj) ta Mandale pa rahechha. Sajha ma basera Raja Ko gungan matra gamdo raichha ba.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters