[Show all top banners]

himaliketo
Replies to this thread:

More by himaliketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "बर्षा" The Short Story
[VIEWED 5933 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले उनलाई पहीलो पटक देखेको हु वा उनले मलाई!सायेद हामी दुबैको आखा को मिलन एकै पटक भएको हुनु पर्छ।ट्रैन् बाट घर फर्कदै गर्दा एउटी सुन्दरी रुप,हशीली अनुहार थकीत देखिन्थ्यो।आखालाई एता उता डुलाउदै उनी बसिरहेकी थिइन।म सधै जसो उभिन मन पराउने बसे भने पनी कोही बुढा बुढी चढे हुन्थ्यो भन्ने लग्थ्यो।उनीहरुलाई सिट छाडीदिन मलाई आनन्द लग्थ्यो।म "थे इन् हेरितन्के ओफ् लोस्स् " किताब हात मा बोकेर तेसैको कथामा हराइ रहेको थिए।उनलाई देखेपछी किताबका पन्नाहरु अगाडि बढ्न सकेन।आखाहरु लुकि लुकि उनीमाथी घुमिरहे।उनले कुन बेला कुन बेला मेरो किताब मा आखा डुलाइसकिछिन।अप्रत्यासित रुपमा आखा जुधे पछि म भित्र सपनाका बादलहरुले बिभिन्न रुप आकृती हरु बनाउन थाल्यो।म त्यो आकृतीलाई बिभिन्न रुप ले कल्पना गर्न थाले। तेसपछी का थुप्रै दिन,हप्ता हरु मा मैले उनलाइ देखिन।धेरै दीन पछी ट्रैन् बाट बाहिरिदै गर्दा मैले उनलाइ देखे।उनि अघि म पछि।स्टेसनबाट निस्कने बितिकै मेरो कोठाको ढोका म पुगिन्छ तर म आफ्नो ढोका तिर नलम्केर उनको ढोका खोज्न पछी लागे।उनको हिडाइ मन्द भयो सायेद् मेरो उपस्थिती उनले महसुस गरेको हुनु पर्छ।म अगाडी बडे उनि पछि।फर्केर हेर्छु त उनी आफ्नो घर को ढोका खोल्दै थीइन।म अलि कती अगाडि बडेर आफ्नै ढोका तिर फर्किए।सपना का बादलहरु मडारिरहे। बसन्त रितु को सुरुवात भयेपनी जाडो भागि सकेको थियेन,म हात मा किताब बोकेर ट्रैन् कुरि रहेको थिए।एउती परिचित(परिचित यस् अर्थमा कि हाम्रो देखा देख भएको थियो २,३ पटक)अनुहार मुस्कुराउदै मेरो नजिकै रोकियो।मैले किताब बाट आखा हटाउदै चिने जाने झै गरि सोधे"सन्चै हुनुहुन्छ?"उनले मुस्कुराउदै भनिन"हजुर्"! अब मेरा आखा हरुले किताब भनदा पनि उनलाइ पढ्न थाल्यो।ओ हो!मेरो सपना को बादल घुमि रह्यो वरी परि।उनि नजिकै उभिरहिन!कुरा त सुरु गर्नै पर्यो मैले उन को टोपि को प्रसशा गरे।टोपि(कप्) त मलाई पनी मन पर्छ थरी थरी को-आफ्नो बारेमा धेरै बोल्ने नराम्रो बानि को सुरुवात गरे मैले।हाम्रो कुरा कानी म अबरोध खडा गर्दै ट्रैन आइपुग्यो।हसिली ,रशिली,मिजाशिली ओ हो हामि एउटै सिट मा बसेउ।आखाको कालो चस्मा खोलेर मन उजेलो बनाए।किताबलाइ हातैमा घोप्टाए।कती राम्रो हासेर बोल्ने बानी।रमाइली! कुरा त साधारण षैली बाटनै सुरु भयो।किताब पढ्ने मेरो बानी को प्रशसा गरिन।धेरै अघि मैले पढेको कितब "थे इन्हेरितन्के ओफ् लोस्स्" उनले याद गरेकी रहिछिन।हामी रमाइलो सहित्य को कुरा गर्दै र नेपाली पन को कुर काट्दै अगाडि बडिरहेउ।म भने भित्र भित्र सपना कोसन्सारमा बादल को घर बनाउदै रहे।मैले सोधे "हामी हरु एक अर्को सङ परिचित छौ?"उनले भनिन "येसो २,३ पटक देखा देख भएको हो"।मैले जान्ने भएर आफ्नो नाम बताए"सागर"।आफुलाइ खोतल्ने बानीको दुरुपयोग गर्दै आफ्नो कुरा हरु सुनाउन थाले-उनलाइ आकर्षित गर्न।उनि आकर्सित पनि भैन।उनको कुरा पनी सुने। मैले भने "आइतबार छुटि छ भने मेरो नाटक छ हेर्न आउनु नि!"ओ हो उनी त्यो सुनेर खुशि भैन र भनिन"हुन्छ नि"!मैले नाटक को ब्रोस्चर दिए।उनले मेरो फोन न मागिन।साहित्य र कला प्रती आफ्नो रुचि रहेको बताइन।मलाइ मेरो सपना सकारै होला जस्तो लाग्यो!म भित्र भित्र नाचि सकेको थिए।उनले मुस्कुराउदै भनिन"म परिवार सहित आउछु सिरीमान र छोरा लाई पनि लेराउछु" मैले अफ्ठेरो मान्दै केहि गुमाए जस्तो गरि "हुन्छ नि" भने।मेरो सपनाको बादल कालो भैसकेको थियो। धन्न छुटिने बेला भयो मैले उनको नाम सोधे उनले भनिन"बर्षा"।हामी छुटिएउ।तेसपछि बाटा भरी मेरो सपनाको बादल "बर्षा"म बदलियो र बर्शि रह्यो म सागर जस्तै बगि रहे।
 
Posted on 04-11-07 3:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनले मुस्कुराउदै भनिन"म परिवार सहित आउछु सिरीमान र छोरा लाई पनि लेराउछु"

End of the Story .. !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters