[Show all top banners]

planet10
Replies to this thread:

More by planet10
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उ
[VIEWED 8352 TIMES]
SAVE! for ease of future access.
Posted on 12-14-08 1:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो समय मै नजिकिएकी थि उ म सँग। उ अक्सर भन्थी हामी बीच को केमिस्ट्री गजब को छ भनी। “ खै म तिम्रो केमिस्ट्री को कम्प्लिकेटेड कुरा बुझ्दिन” म मेरै किसिम को जवाफ दिन्थे। मलाई उसको बौद्दिकता ले निकै प्रभावित गर्‍यो। राजनीति, स्पोर्टस र देश्-बिदेश का कुरा हरु को जानकारी राख्दथी उ। हाँसो-ठट्टा गर्न उ खप्पिस नै थि। जस्तै जटिल स्थिती लाई ह्यान्डल गर्न सक्ने क्षमता थियो उ सँग।

 उ सँग को मेरो सम्बन्ध को पृष्‍ठभूमी पनि अजीब छ। त्यस दिन म कुनै काम ले ठमेल गएको थिए। थिएँ। सन्चय कोष भवन नेर पुग्दा-नपुग्दै अचानक पानी पर्न थाल्यो। हत्त-पत्त सडक छेउ मा मोटर साईकल रोकेर नजिकै को क्याफे भित्र छिरेँ। कुनै टेबल खाली थिएन। 
दाँया तिर को कर्नर मा एउटा कुर्सी खाली रहेछ। सामुन्ने को कुर्सी मा एउटी युबती बसेकी थियिन्। उ नजिकै पुगेर असजिलो मान्दै “ मे आइ सिट्?’ को प्रश्नपूर्ण सँकेत गरेँ। उनले  ओके को भाव मा टाउको हल्लाइन। 

मैले कफि अर्डर गरेँ। उ कुनै किताब पढ्न मा ब्यस्त थि।
कफि को चुस्की सँगै मेरा जिज्ञासू नजर उ तिर गइ रहे। उ किताब भित्र केही खोजिरहेकी थि शायद। 
केही बेर को शुन्यता पछी उसले कुराकानी शुरु गरी। उ नेपाल घुम्न आएकी रहिछ। उसलाई काठमाडौं नजिक का ट्रेकिङ स्थल हरु को बारे मा जानकारी चहिएको रहेछ। मैले ककनी,नगरकोट,सुन्दरिजल,चिसापानी जाने सुझाब दिएँ। हामी बीच को वार्तालाप यस्तै कुरा हरु मा केन्द्रित रह्यो।
मलाई अलि हतार् थियो। मैले उ सँग बिदा मागेँ। छुट्टीनु अघि हामीले फोन नम्बर र ईमेल आड्रेस शेयर गर्‍योँ।
 करीब दुई हफ्ता पछि उसको फोन आयो। उ फर्की सकेकी रैछ। उसले आफ्नो काठमाडौं भ्रमण का रमाइला र तिता-मिठा अनुभव का कुरा गरी। मैले गरेको सहयोग को लागि धन्यवाद दिदै उसले कुरा टुँग्याइ।

उ मलाई सधैं-जसो ईमेल र फोन गरि रहन्थी। उ सँग कुरा नगरेर गुज्रेको साँझ अधुरो र खल्लो लाग्थ्यो। उसका कुरा हरु सुनी रहूँ जस्ता हुन्थे। उ भन्थी कम्युनिकेसन को निरन्तरता नै हरेक सम्बन्ध को मेरुदन्ड हो।

“ तिमी मलाई भेट्न आउँदैनौ बिपुल्?" एक दिन उसले भाबुक स्वर मा भनी।
 “ म तिमी सँगै त छु नि। तिमी ले फील मात्र गर। म सँधै तिमी सँग छु नम्रता” मेरो यो जवाफ उसको लागि नौलो थिएन।
 “ कहिले आउछौ भन” उसले स्पस्ट जान्न चाहि।
 “ वेरी सून, योर हाइनेस्” दुई बर्ष देखी मैले ऊसलाई दिँदै आएको रूटिन जवाफ दोहोर्याए। 
उ केही बोलिन। चुपचाप बसि रही। म राम्ररी बुझ्न सक्थेँ आज उ मेरा गोलमोल कुरा बाट सन्तुस्ट हुने मुड मा छैन।
 “ यस पटक को जाडो मा अवश्य आउछु एक महिना को समय लिएर।” 
“ प्रोमिश?” उ खुशी र आश्चर्य ले लगभग चिच्याइ।
 त्यो साँझ उ निकै प्रफुल्लित थियि। धेरै बेर कुरा गर्‍योँ फोन मा। 
 
अर्को दिन उसको शहर मा आतँकी हमला भएको कुरा समाचार को हेडलाईनस मा आयो। अत्याधुनिक हतियार बाट केही नकाबधारी ब्यक्ती हरु ले अन्धाधुन्ध चलाएको गोली बाट सैकडोँ निर्दोश हरु ले ज्यान गुमाएछन।
 
मैले हत्त-पत्त उसको नम्बर डायल गरेँ। लागेन। 
धेरै चोटि ट्राइ गरेँ। लाग्दै-लागेन। 
त्यस पछि ईमेल गरेँ उसको कुशलता को कामना र तुरुन्त रिप्लाई को अनुरोध गरेर। 
 
दिन् हरु बोझिल भएर बित्दै गए। उसको कुनै खबर आएन।
********* 
 
Posted on 12-14-08 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ko "u" bhanya ta?

hamro bhai po raicha yaha ta.

ramro cha lekhai, arko pani padhna man cha malai.

arko story chahi tragic nahos hai maile bhandya chu ni.


 
Posted on 12-14-08 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau na k bho aba aatankakari hamala ma!!! la na chhitai aayos!!! lov the way u start.

 


 
Posted on 12-16-08 2:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks CL for ur comment

thx ...also for calling me bhai..sounds good ke

thx mahilo bhai ...

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters